溢れる
1. 〔こぼれる〕 overflow; बगेर निस्कनु ; बाहिर बग्नु ; भरिनु ; पोख्नु ; हल्लिनु ; टन्नै (/ भरिपूर्ण) हुनु ;〔氾濫する〕 flood; be inundated; उर्लनु ; बाढी आएर बग्नु ;〔形容詞として〕 superfluous; overflowing; ओइरोपहिरो ; भरिएको ;
涙を溢れさせる
आँसु तरक्क चुहाउनु
目に涙が溢れた
मेरो आँखा रसायो (/ चुहायो) । ; मेरो आँखा रसाएर (/ चुहाएर) आयो ।
彼女の目には涙が溢れていた
उसको आँखामा आँशु भरिँदैथियो ।
バケツが溢れている
बाल्टिनबाट भरिएर पोख्दैछ ।
ビールがコップの縁から溢れた
बियर गिलासको किनाराबाट (/ घेराबाट) पोखियो ।
豪雨で川が溢れ出た
झरीले (/ झरी परेकोले) नदी उर्ल्यो (/ सीमा नाघी बगेर निस्क्यो) ।
金で溢れている
उनी धनले चुलिएका छन् । ; उनी पैसाले भरिपूर्ण (/ टन्नै) छन् । ; उनीसँग पैसा भरिपूर्ण (/ टन्नै) छ ।
部屋は荷物で溢れている
कोठामा सामानहरू खचाखच (/ ठेलमठेल / टनाटन) छन् ।
外国製品が溢れている
बजारमा बिदेशी सामान उर्लेर आएछ (/ सामान असीमित रूपले बढेछ) ।
広告を溢れるほどに浴びせられる
विज्ञापनको चित्रहरूको ओइरो लगाइनु
そう言う話は世の中に溢れている
त्यस्ता कथाहरू संसारमा छ्यासछ्यास्ती पाइन्छन् ।
人の歴史は憎しみや戦争で溢れている ’
मानिसजातिको इतिहास घृणा र युद्धले भरिएको छ ।
水が溢れるほどの
जलजलाउँदो ; पानी नै पानी भएको ; टिलपिलाउँदो
コップに溢れるほど酒を注ぐ
गिलासमा रक्सी टनाटन (/ टम्म / अटाईअटाई / पोखिने गरी) हाल्नु (/ भर्नु / भरी पार्नु)
袋に溢れるほど米を詰めた
उसले बोरामा धान ठसाठस (/ खाँदाखाँद / कोचाकोच) कोच्यो ।
商業界は溢れるほどの娯楽用品を提供してきた
व्यापारीहरूले प्रशस्त मनोरञ्जन सामग्री उपलब्ध गरेका छन् ।
栄養豊かな食物が溢れるほど得られるだろう
प्रचुर मात्रामा स्वस्थकर भोजन उपलब्ध हुनेछ ।
2. 〔人が一杯になる〕 टन्न भरिनु ; भरिनु ; ज्यादा भएर फैलिनु ;
会議室は人で溢れた
सभाकक्षमा मानिसहरू खचाखच (/ ठेलमठेल / टनाटन) भरिए ।
通りは人で溢れた
सडकमा मानिसहरू खचाखच भए ।
3. 〔感情 / 特質で一杯になる〕 गदगद (/ ओतप्रोत) हुनु ; गदगद गर्नु * 喜び / 歓喜にだけ。哀しみ / 悲嘆には使わない; भरिनु ; भर्नु ; छाउनु ;〔にじみ出る〕 झल्काउनु ; दर्साउनु ; देखिनु ;
溢れる悲しみ
तीव्र (/ गहन / गहिरो) दुख
溢れる学識
अथाह (/ अगाध / अपार) ज्ञान
溢れる愛情
अगाध (/ ज्यादै बढी) स्नेह (/ माया)
溢れる若さ
मस्त जवानी ; जवानीमा डुबेको अवस्था
母の優しさが溢れる手紙
आमाको माया झल्काउने (/ दर्साउने) चिठी
考えの洪水のように溢れた
विचारको बाढी (/ ठूलो प्रवाह / खोलो) लाग्यो ।
この話には彼の研究が溢れている
उनको भाषणबाट उनको खोज–अनुसन्धान झल्काइएको (/ दर्साइएको) छ ।
彼の家は慰めと安全で溢れている
तिनको घरमा सान्त्वना र सुरक्षा छाएको छ ।
彼の心は愛(篤信)で溢れている
उहाँको मन प्रेमले (भक्तिभावले) ओतप्रोत (/ भरिपूर्ण / परिपूर्ण / व्याप्त) छ ।
心は悲しみで溢れた
मेरो मन बेस्सरी दुखित भयो ।
心に溢れていることがらを口は語る ’
हृदयमा भरिएका कुरानै मुखले बोल्दछ ।
心は喜びで溢れるだろう
हृदय आनन्दले गदगद हुनेछ ।