間
1. 〔はさまれた部分〕 between; a distance; बीच ; माझ ; मध्य ; अन्तर ; अन्तराल ;
建物の間へ入る
भवनभित्र पस्नु
間に入る道はこれです
भित्र जाने बाटो यही हो
彼は荷物の間に隠れていた
तिनी सामानहरूका बीचमा लुकिरहेका थिए ।
行と行の間をつめる
रेखा–रेखाबीचको अन्तरलाई सानो बनाउनु
熊の歯の間にあったあばら骨 ’
भालुका दाँतहरूको बीचका करङ
囲いの間で牛を飼っている
तिनीहरू घेराभित्र गाईवस्तु पाल्दछन् ।
彼の家は二つの山の間にある
उसको घर दुई डाँडाको चेपमा (/ खोचमा) पर्छ ।
木の葉の間から陽がもれていた
पातको बीचमा घामको प्रकाश आउँदैथियो ।
二人の間で会話がなされた
दुईजना बीच कुराकानी भयो ।
カトマンズとポカラの間をバスが通っている
काठमाण्डौं र पोखराबीचमा बसको सेवा छ ।
この二つの間に際だった違いはないようだ
दुईमध्य सुस्पस्ट भिन्नता देखिन ।
ここからキロの間は道が悪い
पाँच किलोमिटर अघाडि बाटो खराब छ ।
2. 〔期間〕 for; during; between; ~ मा ; पख ; ~ को समयमा ; अवधिमा सबीचमा ; भित्रमा ; हुँदै र छँदै ; भएर ; ~ को दौडान ;〔現在から未来にかけて〕 ~ को खण्डमा ; ~ को खण्ड - खण्डमा ;〔間の時間〕 meatime; interim; मध्यकाल ; बीचमा ;
しばらくの間
केही समयमा ; केही समयसम्म
ある程度の間
समयको दौडान
何年もの間
धेरै वर्षसम्म
日の間(以内)に
५ दिनमा ; ५ दिनभित्रमा
夕方の間
साँझपख
生きている間
जन्मभर ; बाँचुञ्जेल ; नमरूञ्जेलसम्म ; आमरण ; मरणोपरान्त
何世紀もの間
शताब्दीयौदेखि ; बर्षाउ शताब्दीमा ; शताब्दीयौको दौडान
君が知らない間
तिमीलाई थाह नहुने हुँदा
討議されている間
छलफल गरिंदा
私が間違っている間
म गलत छँदम छँदै
時間もの間待たなくちゃいけない
म दुई घण्टासम्म पर्खनेछु ।
今時と時の間です ’’
अहिले एक र दुई बजेको बीचमा (/ माझमा) छ ।
私はご飯を食べる間ラジオを聴く 以下順に時間が短くなる
म खाना खाँदा र खाँदाखेरि रेडियो सुन्छु । ; म खाना खाँदै रेडियो सुन्छु। ; म खाना खाँदा(खाँदै रेडियो सुन्छु । ; म खाना खाँदा खाँदै रेडियो सुन्छु ।
僕が読む間彼女は歌った
जब मैले पढेंउसले गाई ।
彼はそこに年の間とどまった
ऊ २ वर्ष त्यहाँ बसिन ।
夜の間ずっと強風が吹いていた
रातभरि बतास लाग्यो ।
彼らは一時期の間そこの留まることが許された
तिनीहरूलाई केही समयको लागि रहन दिइयो ।
何世紀もの間の写字生たちによる過ち ’
प्रतिलिपकहरूले शताब्दीयौबीच गर्दै आएका गल्तीहरू
彼女が休んでいる間の繋ぎに彼を雇った
तिनीहरूले ऊ बिदामा हुँदा उसको सट्टा तिनलाई काम दिए ।
丸日の間に
पूरा तीन दिनमै
週の間に件の事故が起きた
दुई हप्ताको अन्तरमा (/ दुरीमा / अन्तरालमा) तीनवटा दुर्घटना भए ।
彼は戦争の間に死んだ
उनी युद्धको अवधिमा मरे ।
見ている間に動物は死んだ
मैले हेर्दा हेर्दै त्यो जन्तु मारियो ।
見ている間に子供が誘拐された
हेर्दाहेर्दै बच्चाको अपहरण भयो ।
年の間に結婚しよう ’
एक वर्ष भित्रमै बिवाह गरौं ।
若い間に好きなことをしなさい
जवान छदै मनपरी गर ।
彼らが午前中の間に来なければ私が行って見て来よう ’
बिहानपखसम्ममा पनि तिनीहरू आएनन् भने म हेर्न जाऊँला ।
彼は彼らが食べている間かたわらの木の下に立っていた
उहाँहरूले खाई नसकुञ्जेल तिनी उहाँहरूकै नजिक उभिरहिन ।
ほんの年ほどの間に交通や通信その他の科学技術の面で著しい進歩が見られた
बितेको ७०/८० वर्षभित्रै मानिसहरूले सवारीसाधनसञ्चार माध्यम र अरू प्रविधिका क्षेत्रहरूमा निकै उन्नति गरिसकेका छन् ।
3. 〔中間〕 middle; बीच ; माझ ; मध्य ; अन्तर ; अन्तराल ;
つの山の間
दुई पहाडको मध्य (/ अन्तराल / बीचको अन्तर)
彼女はケーキを間から分けた
उनले केक ठीक आधा पारीन् ।
間の部分
मध्यभाग ; माझको (/ बीचमा पर्ने) भाग
間の状態
मध्यम (/ साधारण / सामान्य / नबढी वा नघटीको) अवस्था
間のレベル(高さ)
मध्यम (/ मझौलो) स्तर (/ उचाइ)
間の道を行く
मध्यम मार्गमा जानु ; बीचमा पर्ने बाटोमा जानु
これは間の娘です 娘三人の中の真ん中なら
यो मेरो मध्यम छोरी हो । ; *माहाली
間にテニスコートのある二つの建物
जहाँ दुइटा घर छ त्यसकोबीचमा टेनिस कोर्ट छ
小さな子を呼んで彼らの間に置いた
उहाँले एउटा सानो बालकलई बोलाएर त्यसलाई तिनीहरूका माझमा राख्नुभयो ।
4. 〔関係 / 間柄〕 ~ मध्ये ; मा ; बीच ; बीचको ;
親子の間の良い会話
आमाबाबु र छोराछोरीबीचको असल कुराकानी
私たちの間を裂いた
उसले हामीबीचको सम्बन्धलाई तोड्यो (/ फुटायो) ।
二人の間の関係はすでにぎくしゃくしていた
उनीहरूबीचको सम्बन्ध अघि नै बिग्रिसकेको थियो ।
~の間で意思が通う ~
बीच राम्रो खुलस्त कुराकानी हुनु
夫婦の間で摩擦が生じた
पतिपत्नीबीच ठाकठुक पऱ्यो ।
我の間で一番偉いのはだれだ
々हामीमा सबैभन्दा ठूलो को हो त नि
社の間で協定が結ばれた
तीनवटा कम्पनीबीच सम्झौता गरियो ।
彼らの間では結婚する話までされていた
उनीहरूबीच विवाह गर्ने सम्मको कुरा भइसकेको थियो ।
この青年と女の子の間で婚約が成立した
यी भाइ र बहिनीबीच मगनी भयो ।
二人の上司の間に挟まれた
म दुइटा हाकिमको चेपाइमा (/ चेपो) परेँ ।
彼は日本人とネパール人の間に生まれた
ऊ जापानी र नपालीबीच जन्मियो ।
あなたがたのように木の切り方を熟知した者は私たちの間に一人もいない
तपाईहरूजस्तै काठ काट्ने हाम्रा कुनै सिपालु मानिस यहाँ छैन ।
5. 〔あるグループの人たちの範囲〕
その男たちの間に女が人混じっていた
ती पुरूषहरूमाझ (/ पुरूषहरूको माझमा) दुई जना स्त्री थिए ।
彼らの大半の間には誠意が見られなかった
तिनीहरूमध्ये अधिकांशमा निष्कपटताको कमी थियो ।
あなた方の間でこの手紙が読まれます
तपाईहरूको बीचमा यो चिठी पढिन्छ ।
我の間で一番偉いのはいったいだれだ
々हामीमा सबैभन्दा ठूलो को हो त नि
その歌手は十代の少年少女の間で人気がある
यो गायक किशोरहरूमाझ लोकप्रिय छ ।
彼らの間にそれほど共通点はなかった ’
तिनीहरूबीच मिल्ने कुरा धेरै थिएन ।