余る
1. 〔残る〕 be left (over); remain; रहनु ; बाँकी (/ शेष) रहनु ; बच्नु ;〔食べ物が〕 उब्रनु ; बच्नु ;
余った品
बचेको (/ बचेखुचेको / रहलपहल / बाँकी रहेको) सामान
余った食べ物
रहलपहल ; निथारपिथार ; बचेखुचेको (/ उब्रेको / बाँकी रहेको) खानेकुरा
余るほどの御馳走
भतेर ; भातको रास ; बढ्ता भात
余った仕事
कामको शेष (/ बाँकी) ; बाँकी रहेको काम
余った金
पैसाको बाँकी ; उब्रेको (/ बचत भएको / किफायत भएको) पैसा
余った従業員
फाल्तु (/ महत्त्वहीन / बेकम्मा) कर्मचारी
ご飯がたくさん余った
धेरै भात उब्रियो (/ शेष रहयो) ।
そうすれば月々2,000は余る
त्यसो गर्नाले मासिक रूपमा २-२ हजार उबार्नेछ (/ उब्रिनेछ) ।
二人だけの家族ではこれだけの米を炊いても余らせてしまう
दुई जनाको जहानमा यति मात्र चामल पकाउँदा पनि भतेर बन्छ ।
*जहान は「食卓を共にする人たち」
余ったくずを拾うと十二の籠が一杯になった
उब्रेका टुक्राहरू तिनीहरूले बाह्रवटा डालामा भरे ।
時間,どれくらい余っていますか
कति समय बाँकी रहेछ?
余った時間なんてない
मलाई फुर्सत नै छैन । ; मसित समय नै बाँकी रहँदैन ।
9を2で割ると商は4で1が余る
९ लाई २ ले भाग गर्दा हल ४ निस्केर १ शेष रहन्छ ।
2. 〔まさる〕 surpass; उछिन्नु ; ~ भन्दा राम्रो गर्नु (/ हुनु) ;〔力が及ばない〕 be beyond one's power; आफ्नो क्षमताभन्दा बढी हुनु ;
この子たちは手に余る
बच्चाहरू नयन्त्रणमा छैनन् । ; बच्चाहरू मेरा हातमा (/ अधिनमा / डरमा / काखुमा) बस्दैनन् ।