あれ/あれま/ありゃま
〔驚き / 疑問〕 hey; oh; why; what the...; हरे / अरे ; आबुई ; छया : ; लौ ; आम्मामामा ; हाय ; एइ ; उफ् ; अहा / ओहो ; बाबै ; आप्पै / आम्मै ;
あれま,傘を忘れた!
ज्याहै (/ लौ / लौ खा), छाता छुटेछ!
あれま,かつらをかぶるの忘れてた!
एहे (/ आबुई), मैले नक्कली कपाल लाउन बिर्सेछु त!
それにさあ・・・,あれ,彼らだ
अनि अँ – अरे यिनीहरू यहाँ!
あれ,しまったなあ!
ओहो (/ अहा) मैले झन गडबड गरेँ (/ पारेँ) यसलाई!
あれえ,何て高いの
उफ्, कत्ति महँगो रहेछ त!
あれ,君はこれをどうしたの
हरे (/ अरे), तिमीले यो के गरेको!
あれま,一つ(大事なことを)すっかり忘れてるわよ。聞いてるの
हत्तेरी! एउटा कुरा त भुसुक्कै बिर्सेछु नि! सुन्नुभो भन्या?
ありゃあ,何やったの
बाबै, के गरेको?
あれ,どうしたんだよ? お前の親父にがみがみ言われたのか? それとも他の連中に?
अरे, के भो? तेरो ड्याडले कचकच गर्यो कि? अरूहरूले?
あれっ,何て良い車なんだ
ओहो, कस्तो रामरो गाडी रहेछ!
あれま,今晩は集会に行かなくちゃならないんです
ल्हा! आज त सभा जानुछ सर ।