怪しい
1. 〔変な〕 strange; अनौठो ; असाधारण ;〔不思議な〕 mysterious; रहस्यमय ; रहस्यपूर्ण ;
彼は怪しげな死をとげた
उसको अनौठो (/ विचित्र / असाधारण) मृत्यु भयो ।
彼女は怪しげな微笑を浮かべた
उनले रहस्यमय (/ रहस्यपूर्ण) मुस्कान देखाइन् ।
彼は怪しい男に連れて行かれた
उसलाई नौलो (/ अनौठो / अपरिचित) मान्छेले लगेछ ।
怪しげな男が彼の家に出入りしている
शंकास्पद (/ अनौठो) मान्छे उसको घर धाइरहेको छ ।
2. 〔疑わしい〕 questionable; dubious; fishy; शंकालाग्दो ; शंकाजनक ; शंकास्पद ; सन्देहात्मक ;〔信用できない〕 suspicious; अविश्वासनीय ; अविश्वासिलो ; विश्वास नलाग्ने ;〔当てにならない〕 doubtful; unreliable; suspicious; अनिश्चित ; सन्दिग्ध ; शंका लागेको ;
怪しい道
जोखिमपूर्ण (/ भर पर्न नसकिने) बाटो
怪しい娯楽
शंकास्पद मनोरञ्जन
怪しい話だぞ
त्यो कटा मलाई विश्वास (/ पत्यार) लाग्दैन । ; त्यो कथा म पत्याउन सक्दिनँ ।
あの連れの女が怪しい
ऊसँगै आएकी (/ उसको साथमा बसेकी) त्यो महिला नै शंकास्पद छे ।
彼の信頼性に疑問の余地がある
उसको भरपर्दोपन प्रश्नबाचक छ । ; उसको भरपर्दोपन प्रश्न उब्जाउने खालको छ ।
彼の正直さを怪しく思ってしまう
मलाई उसको इमानदारीको शंका लाग्छ (/ उठ्छ) ।
3. 〔おぼつかない〕 clumsy; awkward; भद्दा ; बेढंगको ; ढंग नपुऱ्याएको ;〔不確かな〕 uncertain; टुटेफुटेको ; अशुद्ध ;
怪しい日本語で話す
टुटेफुटेको (/ अशुद्ध) जापानी बोल्नु
ネパール語は疎か日本語だって怪しくなってきた
नेपालीको त कुरै नगरौं मेरो जापानी समेत अनौठो हुदैछ । ; नेपाली त किन नहोस् जापानी पनि अनौठो हुन लागेछ ।
彼の算数は怪しい ’
अंकगणितमा ऊ अलिक कमजोर छ ।
4. 〔悪く変わりそう〕
怪しい雲行き
कालो (/ हुरीबतास आउला जस्तो देखिने) बादल
怪しいことになってきた
कुरा त शंकास्पद मोड लिन थाल्यो ।