ぼろぼろ
1. 〔破れている様子〕
ぼろぼろにする
मकाउनु (/ मक्काउनु) ; ध्वस्त (/ थोत्रो) पार्नु ; घस्टाउनु ; थोत्त्त्राउनु ; मैल्याउनु
ぼろぼろになる
थोत्रो पर्नु (/ हुनु) ; मकिनु (/ मक्किनु) ; घस्टनु
靴がぼろぼろになった 〔ぼろぼろになっている〕
जुत्ता फाट्यो (/ थोत्रियो / खिइयो) । ;जुत्ता फाटेको (/ थोत्रो भएको) छ ।
靴下を履きすぎてぼろぼろにした
मैले मोजा (ज्यादा लगाएर) फटाएँ (/ घस्टाएँ) ।
ぼろぼろの車
थोत्रो (/ जीर्ण / पुरानो) गाडी
ぼろぼろの体
जीर्ण (/ गलेको / बूढो) शरीर ; नष्ट (/ नाश भएको / बिग्रेको) शरीर
ぼろぼろのカバン
थोत्रो (/ घस्टिएको) झोला
ぼろぼろの枕
भुतुल्लो सिरक
ぼろぼろの服をまとった(人) (
थाङ्ने ; झुत्रेझाम्रे
老婆は貧しくぼろぼろだ
बुढी गरिबीले झुत्रेझाम्रे छे ।
2. 〔もろく砕ける様子〕
ぼろぼろの寺(家)
थोत्रो (/ मक्किएको / झुत्रोझाम्रे / जीर्ण) मन्दिर (घर)
ぼろぼろの土(石)
फस्को (/ फस्स फुस्कने / खुकुलो) माटो (ढुङ्गो)
壁の土がぼろぼろ落ちた
भित्ताको माटो फसफस (/ फुसफुस) झऱ्यो ।
3. 〔粒状のものがこぼれる様子〕
チウラがぼろぼろ散った
चिउरा छर्र (/ छरर) छरियो ।
米が袋からぼろぼろ落ちた は埃などの微小なものが大量に落ちる様子
बोराबाट चामल बुर्र झऱ्यो । *बुर्र
涙がぼろぼろ零れる
आँसु तररर (/ तरतर) खस्नु ; पिलपिल रुनु
4. 〔次 々 現れるさま〕
鶏がぼろぼろ死んだ
कुखुरा पटापट (/ धमाधम / भटाभट / एकपछि अर्को गरी) मरे ।
ぼろぼろと問題が生じている
एक समस्या पछि अर्को आइपर्दछ ।
5. 〔疲れたさま〕
彼との付き合いに身も心もぼろぼろになった
उसितको सङ्गतले उनी साह्रै थकित भइन् ।