騙す
1. 〔あざむく〕 cheat; trick; deceive; छल्नु ; ढाँट्नु ; ठग्नु ; धोका दिनु ; छकाउनु / छक्याउनु ; उस्काउनु ; बहकाउनु ; भर्माउनु ; छल (/ छलछाम / कपट) गर्नु ;〔うまく横領して / 騙し取る〕 embezzle; पचाउनु ; पच्नु ; पच पार्नु ; हजम (/ पाचन) गर्नु ; फिर्ता नदिनु ;〔騙される〕 be cheated; be deceived by~; छल गरिनु ; झुक्याइनु ; ठगाइनु ; छकिनु / छलिनु ; छकाइमा पर्नु ; झुक्किनु ; जिल्लिनु ; बहकिनु ; ~ को लहैलहैमा लाग्नु ;〔騙すこと〕 cheating; deceiving; ढाँट ; झुट ; लहैलहै ; ठग ; ठग–विद्या ;
騙す人
छलुवा ; ठग ; ठगाहा / ठगाहार ; ढँटुवा ; झेली (/ छली) मान्छे ; धोकेबाज
騙し取る少年
चोर (/ हडप्ने / ठग्ने) केटो
騙されやすい人
छलिने व्यक्ति ; सजिलै ठगिने (/ झुक्याइने / वञ्चित हुने) व्यक्ति
やつから騙された!
म उसबाट छकिएँ (/ झुक्किएँ / छलमा परेँ) ।
真面目な人を騙して金を奪う
सोझालाई छकाएर (/ अलमल्याएर / झुक्याएर) पैसा धुत्नु
女に騙され友人を裏切った
केटीले सु्याएर (/ उक्साएर / उकासेर) उसले साथीलाई धोका दियो ।
彼の甘言に見事に騙された
म त उसको चापलूसीले गर्दा पूरै झुक्याइएँ (/ बहकिएँ) ।
病気だと騙して学校をさぼった
ऊ बिरामी भएको छलेर (/ बहाना गरेर / निहुँ बनाएर) विद्यालय गएन ।
彼の口先にかかるとみんな騙されてしまう
ऊ सबैलाई चिप्ल्याउन (/ फुस्ल्याउन / लोलोपोतोमा पार्न) सक्छ ।
騙され彼の土地は奪われた
छलछाम (/ छलकपट) गरेर उसको जग्गा हडपियो ।
欲しいだけ金をやると騙した
उसले मागेजति पैसा दिन्छु भनेर मलाई ढाँट्यो (/ झुक्यायो / छकायो) ।
彼らは王をまんまと騙した
तिनीहरूले राजालाई पूरा झुक्याए (/ छल गरे / वञ्चित गरे) ।
嘘に騙された
झूटबाट छकिएँ (/ छलिएँ) । ; झूटले ठगिएँ (/ झुक्याइएँ / वञ्चित भएँ) ।
彼に騙された気がした
मलाई उसले ठगेको आभास (/ झझल्को / भान) भयो ।
悪賢い連中に騙された ’
उनी धूर्तहरूको छलकपटमा (/ धोकामा / ठगीमा) परे ।
ボーイフレンドの目を騙して他に目配せした
केटो साथीको आँखा छलेर अर्कालाई आँखा झिम्क्यायो ।
まんまと騙された
मैले उसबाट सिर्फ (पूरा) धोका पाएँ (/ खाएँ) । ; म त पूरा छलिएँ (/ छकिएँ / झुक्याइएँ) ।
彼はまがい物にも騙されなかった
तिनी नक्कलीबाट पनि झुक्किने थिएनन् ।
2. 〔なだめる〕 ~ सित शान्ति कायम गर्नु ; फकाउनु ;
子供を騙して寝かせた
बच्चालाई फकाएर (/ खुशी बनाएर) सुताइदिएँ ।
3. 〔上手にあやつる〕 ~ लाई आफ्नो कठपुतली बनाउनु ; ~ को हक जमाउनु ; धुर्त्याइँ गर्नु ;
霊媒師は見る人の目をうまく騙した
जादुगरले दर्शकका आँखा छल्यो (/ छल गऱ्यो / भ्रममा पाऱ्यो) ।