駄目
1. 〔役目を果たさないこと〕
あいつは何をやらせても駄目だ
उसको केही पनि काम लाग्दैन ।
何をやっても駄目だ!
केही (काम) लागेन!
何やっても駄目だから自分を責めた
जेमा पनि असफल भएकोले उसले आफैलाई धिक्कार्यो ।
料理のことはからきし駄目だ
म खाना पकाउन एकदमै जान्दिनँ ।
このペンでは駄目かしら
के यो कलम काम नलाग्ने हो कि?; के यो कलमले काम गर्दैन कि?
買った品物が駄目になっている
किनेको माल खराब परेछ (/ भएछ / बनेछ) ।
君の仕事も駄目だが私の仕事はもっと駄目だ
तिम्रो काम नराम्रो छ तर मेरो काम झन् नराम्रो छ ।
お前ってやつは駄目だな
तँ भने कत्ति धिक्कार छस् ।
自分のもっと駄目な部分を話さなくてはならない
मेरो अझ नराम्रो कुरा भन्नु छ ।
何だ,駄目な
बेकार!
*この場合は人を指すが,物の場合は,अनर्थ!
靴下を履きすぎて駄目にした
मैले मोजा (ज्यादा लगाएर) फटाएँ ।
長い乾季が土地を駄目にした
लामो, सुखा समयले जमीनलाई बरबाद गर्यो ।
君が植物を駄目にした
तिमीले बोटबिरुवा मार्यौ ।
頭が駄目になる
दिमाग खुस्कनु (/ बिग्रनु / खराब हुनु)
服(靴)が駄目になった
लुगा (जुत्ता) फाट्यो (/ थोत्रियो / च्यातियो) ।
ご飯が駄目になった
भात बासी भयो ।
小麦が駄目になる
गहूँ मासिन्छ ।
火事で多くのものが駄目になった
आगलागीमा धेरै सामान नष्ट (/ विनाश / खेर) भयो ।
すぐに駄目になる(すぐには駄目にならない)タンカ(塗装/裁縫)
कच्ची (/ धेरै दिन नटिक्ने / कमजोर) (पक्की / बलियो / चाँडै नबिग्रने) टाँका (रंरोगन / सिलाइ)
安い靴はすぐに駄目になる
सस्ता जुत्ता चाँडै फाट्छन् ।
2. 〔むだ〕 बेकार ; व्यर्थ ;
駄目にする
व्यर्थ गराउनु ; बेकार बनाउनु
招待客があまり来なくて料理が駄目になった
निम्तारुहरू कम आएकाले खानेकुरा त्यसै बिग्रियो (/ नासियो / बरबाद भयो) ।
彼に教えても駄目だ
उसलाई दिएको अर्ती व्यर्थमा खेर जान्छ । ; अर्ती दिनु व्यर्थ छ ।
この旅は駄目だった
म यो यात्रामा व्यर्थै निस्केछु ।
奴と喧嘩しても駄目だ
उससित बहस गरेर फाइदा छैन ।
彼に何を言っても駄目だよ
उसलाई सम्झाउन व्यर्थ छ ।
3. 〔望みがないこと〕 hopeless; आशा नभएको ; सफल हुन नसक्ने ;
それでも駄目なら
त्यसले सफलता भएन भने
もう駄目だ
कुरा सिद्धियो । ; मलाई खतम भयो ।
彼の手ぬるい態度は子供たちを駄目にした
उनको उदासीन (/ बेवास्ता गर्ने / असंलग्न) व्यवहारले केटाकेटी बिग्रिए ।
あらゆる手段を尽くしたが駄目だった
मैले जे–जति सबै उपाय अपनाएँ तर केही भएन ।
その失敗で彼の人生は駄目になった
त्यो भूलले उसको जीवनलाई खति गर्यो ।
楽しむ時間を持つのが駄目だと言っている訳ではない
रमाइलो गर्नुलाई समयको बरबादी भनिएको छैन ।
母親の過保護で子供たちが駄目になった
आमाको पुलपुल्याइले (/ लाडप्यारले) केटाकेटी बिग्रिए ।
4. 〔不可能なこと〕
これらすべてにどう対処したらいいんだ。駄目だ,できない
यो सब कुराको सामना कसरी गर्ने, अहँ म सक्दिनँ!
もう駄目だ!
ज्याँदै गह्रुङ्गा पर्यो!
5. 〔いけないこと〕
駄目!
हुन्न!
*हुँदैनより強い
けんかしちゃ駄目だぞ
झगडा हुन्दैन!
今行っては駄目だ
अहिले जानु हुँदैन ।
川に行っては駄目。溺れるわよ
खेलामा नजाऊ है, डुबिएला!
あなたは自分のやり方に人も合わせないと駄目なんでしょ?
तिम्रो इच्छामा अरू चल्नुपर्ने, हैन त?
人々がいつも僕にあれも駄目これも駄目と指図するんだ
मान्छेहरू मैले यो गरेको ठीक छैन, ऊ गरेको ठीक छैन भनिबस्छन् ।
ここにいると息苦しく感じるよ。あれ駄目これ駄目,ああしろこうしろ!何をやっても決まりばっかり!
मलाई यहाँ उकुसमुकुस हुन्छ । यो नगर, त्यो नगर! यसो गर, उसो गर! पाइलैपिच्छे नियमै नियम!