UNOES日ネ辞書日本語⇄ネパール語辞書

どうにか

1. 〔何とか〕 somehow; केही न केही ; कुनै न कुनै तरिकाले ; जसरी भए पनि ; जस्तोसुकै होस् (/ भए पनि) ; कुनै पुकारले ; येनकेन ; कसो–कसो ;

  • どうにかこうにか今日一日を過ごさなくては

    जसोतसो आजको दिन बिताउनु छ ।

  • 私はこれまでどうにか生き延びてきた

    मैले अहिलेसम्म जसोतसो गरी बाँचेकि छु ।

連語
どうにかする
  • どうにかして彼を明日来させていただけますか

    कसै गरी (/ केही गरे पनि) उसलाई भोलि पठाइ दिनुहोला ।

  • 道中あなたに必要なものは私たちがどうにかしますよ ’’

    बाटोमा तपाईंलाई चाहिने कुराको बन्दोबस्त हामी मिलाईदिन्छौं ।

2. 〔やっとのことで〕 जसोतसो ; मुस्किलले ; छेउमा ; आखिरमा ; बल्ल ; बल्लबल्ल ; केवल ; मात्र ; मात्रै ; झन्डै ; मुश्किलले ;

  • どうにかこうにか学校は出た

    उनले सकीनसकी (/ कनीकुथी / जसरीतसरी / बल्लातल्ल) पढाइ सकाए ।

  • どうにかあの女と手が切れた

    जसोतसो (/ कसो–कसो) गरेर बल्लतल्ल त्यो आइमाइबाट हात झिक्न सकेँ ।

  • 人生浮き沈みがあってもどうにかなるものさ

    जीवनमा माथितल भए तापनि मिलिहाल्छ ।

  • どうにか夕方までにチャオジャハリに着いた

    बल्लबल्ल यसरी बेलुकासम्ममा हामी चौजहारी पुग्यौँ ।