不意
1.
不意を打たれる
पक्क (/ छक्क / अवाक् / अचम्भित / जिल्ल) पर्नु
不意の死(支出/休み/奉仕)
आकस्मिक (/ भइपरी आउने / अत्यन्त जरुरी) मृत्यु (खर्च / बिदा / सेवा)
不意の検査
आकस्मिक (/ अचानक परेको) निरीक्षण
不意の訪問客
सोच्नै नसोचेको पाहुना ; आशै नगरेको पाहुना
不意の出来事 〔突然の〕
सोच्दा पनि नसोचेको घटना ; काकतालीन्याय ;काकताली ; संयोग ; भैपरी आउने घटना ; एक्कासी घट्ने घटना ; अपर्झट
不意に現れる
मुल्किनु ; मुलुक्क देखा पर्नु
不意に生じる事態に対処する
अपर्झट आइपर्ने अवस्थालाई संभाल्नु
不意に泣き崩れる(笑い出す)
एक्कासि रून (हाँस्न) थाल्नु
両陣営が辻で不意に出会った
दुई समूहका बीच गौंडामा जम्काभेट (/ मुठभेड) भयो ।
不意に降ってきた富には欲もあまりわかない は「努力なしで」
अनायास (/ विनाप्रयास / स्वतप्राप्त धनमा लोभ पनि कम हुन्छ । *अनायास
彼女の手から不意に雑誌を掴み取った
उसले उनको हातबाट पत्रिका स्वाट्ट तान्यो ।
どこからともなく彼が不意に現れた
कतैबाट ऊ झल्याकझुलुक देखा पऱ्यो ।
バスが不意に止まった
बस एक्कासी (/ झ्याप्प) रोक्यो ।
泥棒はこっそりと不意にやってくる
चोर सुटुक्क र नचिताएको बेलामा आउँछ ।
彼女の息子は不意に病死した
उनको छोरा अकस्मात् बिरामी परेर मऱ्यो ।
その者たちは不意にどっと入って来た
तिनीहरू समूह बनाएर एक्कासि कोठामा घुसेर आए ।
彼は夜中の時に不意に目が覚めた ’
ऊ राति दुई बजे अचानक उठ्यो ।