比較
comparison; तुलना ; अनुपात ; दाँज / दाँजो ;
比較できない〔形容詞として〕
अनुपम ; अजोड ; अद्वितीय
去年のその月との比較では
गत वर्षको सोही महिनाको तुलनामा (/ अनुपातमा / दाँजोमा)
去年との比較で今回の米の収穫は増加する見込みがある
गतवर्षको अनुपातमा (/ दाँजोमा / तुलनामा) यसपालि धानबाली सप्रने लक्षण छ ।
時計とは比較にならない複雑な太陽系
घडीभन्दा कति गुणा जटिल सौर्य-मण्डल
彼がやっていたことは,以前と比べれば比較にもならなかった
उहाँ जे–जति गर्नुहुन्थ्यो ती कुरा उहाँले पहिले गर्नसक्ने कुराहरूको तुलनामा एक छेउ पति थिएन ।
他で得られるどんなものも,ここで働く喜びとは比較にもならない
यहाँ काम गर्दा पाइने आनन्द अरू कुनै पनि कुराले दिन सक्दैन ।
比較すると
तुलनात्मक हिसाबले ; तुलना गर्दा
自分を人と比較する
आफूलाई अरूसित दाँज्नु
それと比較するなら,飲酒を完全に絶つことも決して高すぎる代価ではない
त्यसको तुलनामा रक्सी चटक्कै छोड्दा चुकाउनुपरेको मोल कुनै ठूलो कुरा हुनेछैन ।
彼は我々に完全を期待したり,他と比較したりしない
उहाँले हामीबाट सिद्धताको आशा गर्नुहुन्न, न त एक—अर्कासित दाँज्नुहुन्छ ।
彼は比較的新しい
ऊ तुलनात्मक रूपमा नयाँ छ ।
*これはかなり固い表現.通常 अलि नयाँ छ だけで十分
ここは比較的涼しい
यहाँ अन्तभन्दा अलि शीतल छ ।
その方法は比較的容易で効果的だ
त्यो तरिका अलि सजिलो र प्रभावकारी भएको छ ।
当時,地中海世界では紛争の比較的少ない時代が続いていた
त्यतिखेर रोमी प्रान्तहरूमा अरू ठाउँहरूको तुलनामा (/ दाँजोमा) शान्ति छाएको थियो ।
当時その地方は,比較的平穏な状況にあった
त्यति बेला त्यही इलाकामा केही हदसम्म शान्ति छाएको थियो ।
去年より今年は,比較的雨が降った
पोहोर सालमा भन्दा यस वर्ष अपेक्षाकृत (/ दाँजोमा / तुलनामा) वर्षा भयो ।