人
1. 〔人類〕 human beings; man; जन jan ; मानव ; मानवजाति ; मानिसजाति ; मानव समाज (/ समुदाय) ; सहमानवहरू ; जगत् ; लोक ;
人は水がなければ生きられない
मानिस पानीविना बँच्दैन ।
人から人へ感染しない菌
मानिसबाट मानिसमा नसर्ने किटाणु
盆地や川沿いに人が住む場所が集中している
उपत्यकाहरू र नदीका छेउछाउमा बस्तीहरू छन् ।
人の歴史
मानवजातिको (/ मानिसजातिको) इतिहास
人の歴史は憎しみや戦争で溢れている ’
मानिसजातिको इतिहास घृणा र युद्धले भरिएको छ ।
人の必要を満たす
मानव समाजको आवश्यकता पूरा गर्नु
2. 〔個 々 の人〕 a person; a human being; मानिस (/ मान्छे) * 主に動物と分けて; मानव * 前者とほぼ同じ意味だが , 基本的には霊者 / 怪物に対する反意語。最初に創造された人間の子孫としての人; जना *जन と混同しない; मनुष्य ; मानव ; व्यक्ति * やや敬意がこもる; मनुष्य ; मनुष्यत्व ;〔男〕 a man; पुरुष ; लोग्ने ;〔女〕 a woman; स्त्री ; स्वास्नी ;〔不特定の人〕 someone; somebody; कुनै मान्छे (/ व्यक्ति) ; फलानो ; जो ~ त्यो ; कोही ; कोही मान्छे (/ मानिस) ;
若い人 はより丁寧
जवान मानिस *जवान व्यक्ति
裕福な人たち
धनीहरू
未熟な人
कोरा (/ आलोकाँचो / सिकारु / अव्यावहारिक) मान्छे (/ मानिस / व्यक्ति)
大学出の人
विश्वविद्यालयको स्नातक ; विश्वविद्यालयमा पढिसकेको व्यक्ति
家の人 〔貸家の〕女
घरधनी ; घरपटी ; घरबेटी ; घरवाला ; घर–मालिक ;घर–मालिकघर–मालिक्नी
稲を束ねて抱える人
अँगाले
人の群れ
भीड
あなたを知らない人たち の方が敬意がこもる
तपाईंलाई नचिन्ने मानिसहरू (/ व्यक्तिहरू) *व्यक्तिहरू
小さいバスにいっぱい人を詰める
सानो बसमा थुप्रै मान्छे कोचार्नु (/ अटाउनु / खाँदाखाँद राख्नु)
何て人だ
कस्तो मान्छे (/ मानिस)
人はだれだって不完全だ
कोही पनि सिद्ध छैन । ; मानिस असिद्ध (/ त्रूतिपूर्ण) हुन्छन् ।
あの家に住んでいる人は私の友達だ
त्यो मानिस जो त्यो घरमा बस्छ मेरो साथी हो ।
あの人とは一面識もない
त्यो मान्छे मलाई अपरिचित छ । ; म त्यो मान्छेलाई केही चिन्दिनँ ।
彼はそんな事をするような人ではない
उहाँ त्यस्तो काम गर्ने व्यक्ति हुनुहुन्न ।
人を遠ざけて話をしたい
म अरूहरूबाट अलि टाढै बसेर तपाईंसित कुरा गर्न चाहन्छु । ; म तपाईंसँग गोप्य (/ गोप्यमा) कुरा गर्न चाहन्छु ।
人は好き好き(すきずき)
सबैको रुचि फरक हुन्छ ।
人は死ぬと存在しなくなる
मानिस मरिसकेपछि उसको अस्तित्व रहँदैन ।
彼は非常に信心深い人だった
उनी असाध्यै धर्मकर्म गर्नुपर्ने व्यक्ति थिए ।
牛田と言う人と一緒にポカラに行った
जो उसिडातिनी सित म पोखरा गएँ ।
人の考え 知識に重きが置かれる; 〔人間的世俗的な考え〕
मानविकी *मानवको विचार ;/मानवीय सोचाइ
人の心
मानवीय (/ मानवी) धदय
人の口に戸はたてられぬ
मान्छे बोल्छ । ; मानिसको मूख थुन्नसक्दैन ।
ええあなたはいつも自分のことばかり考えているんじゃない人のことはお構いなし ’’
ए तिमी खालि आफ्नैबारेमा मात्र सोच्छौ हगि अरूको त वास्तै छैन ।
人の状況はそれぞれ異なるので各自が自分の状況に応じて目標を定めることができる
सबैको आ–आफ्नै परिस्थिति हुन्छ । त्यसैले हरेकले आफ्नो परिस्थितिअनुसार विभिन्न लक्ष्य राख्न सक्छन् ।
3. 〔世間の人 々 〕 people; मानिसहरू ; जनहरू janaharu ;〔他の人たち〕 others, other people; समाज ; अरू (/ अरूहरू) ; छिमेकी ;
人は何と言うだろう
अरूले के भन्छ होला
人に頼っては駄目だ
अरूहरूमा भरपर्नु हुँदैन ।
彼は人をだます人だ
ऊ धूर्त मानिस हो ।
まったく人に頼って生きる
आफ्नो सारा जीवन सम्पूर्णतया अरूमाथि निर्भर भएर बिताउनु
人が自分にして欲しいと思うことはみな同じように人にもしなければならない
मानिसहरूले तिमीहरूलाई जे जसो गरून् भन्ने तिमीहरू चाहन्छौतिमीहरूले पनि तिनीहरूलाई त्यसै गर्नू ।
人の目が恐い
अरूको नजरसित म डराउँछु । ; म अरूसित डराउँछु ।
彼女は一日中人の噂して過ごす
ऊ दिनभरि अर्काको कुरा काटेर (/ अर्काको बिमति जनाएर) बस्छे ।
自分の益ではなく人の益を求めよ
आफ्नै होइनतर आफ्नो छिमेकीको भलाइ खोज ।
人のことに手を出すな ’’
अर्काको कुरा वास्ता नगर । ; अर्काको कुरामा हात नहाल । ; अर्काको कुरामा हस्तक्षेप नगर । ; आफ्नो कुरा मात्र विचार गर ।
4. 〔人材〕 an able man; जनशक्ति janashakti ; मानिस (/ मान्छे) ; मानवीय साधन ;〔人力〕 human power (/ strength); मानवस्रोत ; मानवसंसाधन ; मानवीय शक्ति ; जनशक्ति ; कर्मचारीहरू * 「労働者」;
人不足
कर्मचारीको कमी ; मानवसंसाधनको (/ मानवस्रोतको) कमी
工場における人不足
कारखानामा जनशक्तिको अभाव (/ खाँचो)
部門には必要な人が揃っていない
विभागमा कर्मचारीहरू चाहिँदो संख्यामा छैनन् ।
5. 〔人柄〕 character; personality; स्वभाव ; स्वरूप ; चरित्रबल ; व्यक्तित्व ; मनुष्यत्व ;
外なる人内なる人
बाहिरी मनुष्यत्वभित्री मनुष्यत्व
人ができた男 〔人格者〕〔円熟した人〕
सज्जन ; चरित्रबलका व्यक्ति ; राम्रो स्वभावको व्यक्ति ;परिपक्व व्यक्ति
彼はどんな人ですか
ऊ कस्तो किसिमको मान्छे हो
彼は人を見る目がある(ない)
उहाँ मान्छे चिन्नुहुन्छ (चिन्नुहुन्न) । ; उहाँ मानिसलाई छुट्याउन सक्नुहुन्छ (सक्नुहुन्न) ।
6. 〔来客〕 a visitor; आगन्तुक ; अध्यागत ; भेट्न आउने मान्छे (/ अतिथि / पाहुना) ;〔使い〕 a messenger; दूत ;
うちには人が来ない
हामीकहाँ मान्छे आउँदैनन् । ; हामीलाई भेट्न आउने कोही छैन ।
医者を迎えにだれか人をやりなさい
डाक्टरलाई बोलाउन कुनै मान्छे पठाऊ ।
7. 〔自分〕
人を何だと思っているんだ
मलाई के भन्ठानिस्