-程
1. 〔 … くらい / の程度〕 जति ~ त्यति ; जसो ~ त्यति ; जस्तो ~ त्यति ;
それ程高くない
त्यति महँगो छैन ।
思った程怖くなかった
त्यत्ति डर त लागेन । ; मलाई सोचे जति त डर लागेन ।
あと3人程手が欲しい
अर्को तीनटा हात चाहिन्छ । ; अर्को तीन जनाको मदत चाहिन्छ ।
彼は彼女のことを病気になる程思い詰めた
उसले यत्तिसम्म तिनको बारेमा सोच्यो कि ऊ बिरामी भयो । ; ऊ यत्तिसम्म तिनमा लीन भयो कि ऊ बिरामी भयो ।
町の中では大勢が祈る程,流血が繰り広げられている
शहरभित्र यतिबिघ्न रक्तपात छ कि धेरै मासिहरू प्रार्थना गरिरहेका छन् ।
バスで2 時間程も掛からない
बसबाट गए पनि दुई घण्टाभन्दा बढी त लाग्दैन ।
どれ程生き延びるか
कतिञ्जेल बाँच्ने?
「まあまあってとこかな」「と言うことは思った程ではなかったのかい」
“ठीक–ठीकै ।” “भनेसी सोचेजस्तो छैन?”
私はあなたが想像すらできない程平安な気持ちでいます!
मैले यस्तो शान्ति पाएको छु, सायद तपाईं कल्पना पनि गर्न सक्नुहुन्न!
その希望について彼と同じ程強い確信を抱いているべきだ
त्यो आशाबारे हामी पनि उहाँ जत्तिकै निश्चित हुनु पर्छ ।
彼は我々の嘆願が聞けない程お高くとまっているわけでない
हाम्रो माग सुन्नै नसक्नेगरी उहाँले आफूलाई टाढा अथवा उच्च स्थानमा राख्नुभएको छैन ।
自分が望む程直ぐには彼の約束は果たされなかった
आफूले चाहेजस्तो उनका प्रतिज्ञाहरू त्यति छिटो पूरा भएनन् ।
なぜ今目覚めているのがこれ程緊急なのか
अहिले किन जागा रहनु यत्तिको जरुरी छ?
彼らの助け無しには担げない程重たい荷だった
तिनीहरूको मदतविना उठाउनै नसकिने अत्यन्त गह्रौं भार थियो ।
からしの種粒程の~
रायोको गेडा जत्रो मात्र ~
彼には一億ルピア程の資産がある
उससित दस करोड रूपियाँको सम्पत्ति छ ।
彼女について彼程の知識がある人はいない
उनीबारे उहाँसित जत्तिको ज्ञान अरू कसैसित छैन ।
この状況故に私たちがしたい程の仕事はできないかも
यस्ता परिस्थितिहरूले हामीलाई हाम्रो हृदयले चाहे जति काम गर्न नदिन सक्छ ।
弟は父程の背丈はない
भाइ बुबाजति अग्लो छैन । ; जति बुबा अग्ला हुनुहुन्छ भाइ त्यति अग्लो छैन ।
考えられていた程の絶滅の危険はない
जति लोप हुन लागेका भन्ठानिएको थियो तर त्यत्तिको नाजुक त छैन ।
彼は原野を走る鹿程に早かった
ऊ मैदानमा कुद्ने मृग जत्तिकै छिटो थियो ।
彼はその人を怪我させる程に怒りに任せて打ち叩いた
उसले तिनलाई चोट पुग्ने गरी रिसको झोकमा चाबुक लायो ।
溢れる程に滋養豊かな食物が手に入るだろう
प्रचुर मात्रामा स्वस्थकर भोजन उपलब्ध हुनेछ ।
それ程までに配布されている書籍は歴史上他にない
ती जत्तिको वितरण भएको पुस्तक इतिहासमा अरू कुनै छैन ।
暴虐はかつてない程までに達した
पहिला कहिल्यै नभएको तहसम्म हिंसा चर्कियो ।
彼女は絶えられない程までになり外に飛び出して泣き出した
सहन नसक्ने जतिसम्म पुगेकोमा उनले बाहिर निस्कँदै रुन थालीन् ।
2. 〔おおよその数量〕
頭程のパンダがいると見積もられていた
११०० जति पाण्डाहरू छन् भन्ने सोचाइ थियो ।
彼らは毎日30キロ程は歩いた
तिनीहरू दिनहुँ ३० किलोमिटर जसो हिंड्थे ।
3. 〔おおよその場所〕
町の中程にお寺がある
शहरको मध्यतिर एउटा मन्दिर छ ।
4. 〔 「… すればするほど 」 の形で / 程度の進行を表して〕
多ければ多い程難しい
जति धेरै छ त्यति गाह्रो छ ।
難しい程満足も大きい
जति गाह्रो छ त्यति सन्तोष हुन्छ ।
早ければ早い程いい
जत्ति छिटो त्यत्तिकै राम्रो ।
行けば行く程道は狭くなった
जति गयो बाटो त्यत्तिकै साँघुरो पर्यो ।
身振りは自然で自動的であればある程良い
इशारा जति स्वाभाविक तथा आफसेआफ आउँछ त्यति नै राम्रो हुन्छ ।
5. 〔 「… 程 … はない 」 の形で , 強調を表して〕
我が家程いいところはない
हाम्रो घर जत्ति राम्रो छ त्यस्तो अरू कुनै छैन ।
彼程例えを巧みに使った人はいない
उहाँजस्तो दृष्टान्तहरू चलाउन पोख्त व्यक्ति अरू कोही छैन ।