埃
1. 〔ごみ〕 dust; धुलो / धूलो ; धुलोमैलो ; छारो ; चूर्ण ; कसिङ्गर ;
土埃
धूलो ; धूलोभूलो ; कसिङ्गर
はかりにくっついた埃
तराजुमा टाँसेको धूलोको पत्र
埃のかかった本
धुलोले ढाकेको (/ छोपेको) किताब
埃を払い落とす ぽんぽんとはたいて
धूलो झार्नु ; टकटक्याउनु *
机の埃を払う
डेस्क टकटक्याउनु ; डेस्कको धूलो झार्नु
埃が上からぱらぱらと落ちた
धुलो माथिबाट बुरबुरायो (/ बुरबुर झऱ्यो) ।
テーブルには埃が積もっていた
टेबल धूलोले धपक्कै ढाकेको थियो । ; टेबलमाथि धूलैधूलो भएको थियो । ; टेबलमा धूलोले ढाकेको थियो ।
ほうきで埃が舞った
उसले कुचो लगाउँदा धुलो उडायो (/ हावामा बहायो) ।
トラックの一隊が走ると埃が舞い上がった
ट्रकको एक टोली दौडँदा बाटामा धुलो उड्यो ।
埃っぽい道(生地)
धुलाम्मे (/ धूले / धूलो उड्ने / धूलोले ढाकिएको / धूलैधूलो भएको) बाटो (कपडा)
埃だらけの荒地
धुलीमैदान ; धुलीमाटी
埃まみれの足
धुलाम्मे (/ धुलैधुलो भएको) गोडा (/ खुट्टा)
部屋中埃だらけだった
कोठा धुलोले भरिएको थियो ।
車が埃まみれですよ
तपाईंको गाडी धूलैधूलो भएछ । ; तपाईंको गाडीलाई त धूलोले छपक्कै ढाकेछ ।
2. 〔悪事〕
彼も叩けば埃が出る体だ
उसको अतीतलाई जत्ति जाँचिन्छ त्यत्तिकै मैलिएका कुराहरू निस्कँछन् ।