家
1. 〔人が住む建物〕 a house; घर ; आश्रय ; गृह / गेह ; महल ; छें * ネワール語; निवास ; वतन ; घरायस ;
部屋が5つある家
पाँचकोठे घर ; पाँच कोठा भएको घर
村のてっぺんの家
सिरानघर ; पहाडी गाउँमा सबभन्दा उपल्लो ठाउँमा रहेको घर
砂の(トランプでできた)家
बालुवाको (तासको) महल (/ घर)
身障者の家
अपाङ्ग–घर
できたての家
भर्खर बनाइएको (/ सिद्धिएको) घर
窮屈な家
साँगुरो (/ घचिलो / सङ्कुचित / धेरै नअटाउने) घर
丸屋根の家
घुमाउने घर
家丸一軒
सिङ्गो घर
家とその周り
घर र आँगन
*आँगन は,家の前の平たい場所や広場
家と家畜小屋
घरकटेरो
家と土地
घरखेत ; घरजग्गा ; सर्वस्व
家がない人たち
घर नभएका मानिसहरू ; घरबारविहीन (/ बेघर) मानिसहरू
家にばかりいる人
घर नछोड्ने मानिस
家で飼われている猫
गृह (/ पाल्तू / घरेलु / घरपालुवा / घरपाला घरमा पालेको) बिरालो
家を建てる
घर बनाउनु (/ निर्माण गर्नु)
家を持つ
आफ्नै घर राख्नु
家を貸す
घर भाडामा दिनु
家を借りる
घर भाडामा लिनु
家をきちんと管理する
घरलाई सफासुग्घर राख्नु ; घरलाई राम्ररी हेर्नु ; राम्रो घरजम (/ घरधन्दा) गर्नु
家を売り飛ばした
उसले घर बेचिदियो ।
家にはだれもいない
घरमा कोही छैन ।
彼は午前中は滅多に家にいない
बिहान ऊ घरमा प्राय: बस्दैन । ; धेरै जसो ऊ बिहान घरमा बस्दैन ।
その家は来月出来上がる
त्यो घर अर्को महिनामा बनाइन्छ (/ तयार हुन्छ) । ; त्यो घरको निर्माण अर्को महिनामा पूरा हुन्छ ।
その子は家を描いた
बालकले घरको चित्र लेख्यो (/ कोर्यो) ।
小さな家が軒を連ねている
सा–साना धरहरू एउटै लाममा देखिँदारहेछन् । ; सा–साना घरहरू एकै लाममा पँक्तिबद्ध रहेछन् ।
あの家に住んでいる人は私の友達だ
त्यो मानिस जो त्यो घरमा बस्छ मेरो साथी हो ।
家を抵当にして500万ルピア借りた
मैले घर बन्धक राखेर ५० लाख रूपियाँ उधारो (/ सापट / ऋण) लिएँ ।
彼の家を競売にかけた
मैले उसको घर लिलाम गरेँ ।
彼が自分の家を会場に提供した
उहाँले आफ्नो घर सभाभवनको लागि बन्दोबस्ती गर्नुभयो (/ मिलाउनुभयो / उपलब्ध गराउनुभयो) ।
家にいらっしゃるんでしょ?では彼に電話させましょう
घरमै हुनुहुन्छ नि? त्यसो भए उहाँलाई फोन गराइदिन्छु ।
暴徒たちが家を取り囲んだ
मानिसहरूको हुलले घर रिङ्गै घेर्यो ।
「あなたの家は何処ですか」「私の家はパタンです」
तपाईंको घर कहाँ छ?" "मेरो घर त पाटनमै छ ।"
*現在の住まいを尋ねている
「あなたの家は何処ですか」「私の家は日本の千葉です」
तपाईंको घर कहाँ हो?" "मेरो घर चिबा, जापान हो ।"
*実家を尋ねている
いつか全ての人に家があるようになると思いますか
के कुनै दिन सबैको आफ्नै घर होला जस्तो तपाईंलाई लाग्छ?
彼女は家にこもりきりだった
उनी प्राय: घरमा चूप लागी बसिरहेकी थिइन् ।
家の人 〔戸主〕〔貸家の〕女
घरधनी ; घरपटी ; घरबेटी ; घरवाला ; घर–मालिक ;घर–मालिकघर–मालिक्नी
家の仕事
घरधन्दा ; घरजम ; (घरेलु / घरभित्रको) कामकाज ; घरबार ; घरव्यवहार
家の土地
घरखेत ; घरजग्गा
家の番をする人
गृहरक्षक
家の中で
घरभित्र ; घरको भित्र
家の外で
घरबाहिर ; घरको बाहिर
家の近くで職を見つけた
उसले घरपायकमा (/ घरनजिकमा / घरको छेउछाउमा) जागिर मिलायो । ; उसले घरबाट धाउन सकिने ठाउँमा जागिर मिलायो ।
家の修理に相当の金がかかる
घर मर्मत–सम्भार गर्न थुप्रै पैसा लाग्छ ।
家なしの
बितरा ; घरविनाको ; घर न थरको
*「家も身寄りもない」;
家なしの子供たち
बितरा (/ घरबारविहीन / बेघर) केटाकेटी
洪水で大勢が家なしになった
बाढीमा परेर धेरै परिवार बेघर (/ घरबारविहीन) भए ।
選挙時,指導者たちは家々を回る
चुनाबका बेलामा नेताहरू घरघर (/ प्रत्यक घरमा / हरेक घरमा / घरैपिच्छे) जान्छन् ।
2. 〔自分の家〕 one's home; one's place; घर ; आफ्नो (/ निजी) घर ; गृह / गेह ;
家で作った料理
घरमै पकाइएको खाना (/ परिकार)
家で編んだ生地
घरबुना (/ घरमा बुनेको) कपडा ; घरेलु तानमा बनाइएको कपडा
*家の機織で
~を家に招待する
लाई घरमा निम्त्याउनु (/ बोलाउनु)
家に)帰ったよ
म आइपुगेँ है ।
今彼は家だろう
अहिले ऊ घरमै होला ।
修行僧は家無しだ
जोगीहरू गृहत्यागी हुन्छन् ।
彼は家なしの浪々の身だ
ऊ घरवारविहिन घुमि हिंडने व्यक्ति हो ।
息子は家を出て外国に出稼ぎにいきました
छोरा घर छोडेर विदेशमा काम गर्दैछ । ; छोरा गृहत्याग गरेर परदेशमा काम गर्दैछ ।
家こそが自分のすべてだ
मेरो घर नै मेरो सर्वस्व हो ।
家も土地も金貸しに持っていかれた
घर जग्गा साहूले खायो ।
人々は家にいないことが多い
अक्सर मानिसहरू घरमा हुँदैनन् ।
彼女は家に連れ戻された
उनी घरमा जवरजस्ती फर्काइए । ; उनलाई जवरजस्ती घरमा फर्काइयो ।
だから家を出ちゃえって言ってるんだよ
त्यसैले त घर छोड्दे भनेको नि ।
やっぱり自分の家が一番だ
घुमिफिरी रुम्जाटार ।
*諺:「長旅の末に戻ったらルンジャタール」.रुम्जाटार は,オカルドゥンガ郡の名勝地
家の世話
घरबार ; घरको व्यवस्था ; घरजम ; गृहकर्म / गृहकार्य
家の守り神
गृहदेवता
スッバは今,家の用事で帰省している
सुब्बा अचेल घरकाजमा (/ घरेलु कामका लागि) गएका छन् ।
3. 〔家庭 / 所帯〕 a home; a household; घर ; घरगृहस्थी ; घरसार ;〔一家〕 a family; परिवार ; जहान ; जहानपरिवार ;
代々の家
घराना ; कुल
家の人
परिवार ; गृहजन
家の仕事
घरव्यवहार ; परिवारको व्यवहार ; घरजम *専; घरबार ; गृहस्थी ; घरधन्दा *家の雑用
家の世話をする
घर हेर्नु ; घरव्यवहार (/ घरजम / घरबार / गृहस्थी) गर्नु
あの家は亭主関白だ
त्यहाँको लोग्ने मालिक जस्तै हो । ; त्यहाँको लोग्नेले कठोर हुकुम (/ हैकम) चलाउँछ (/ जमाउँछ) ।
家ではみんな元気だ
मेरो परिवार सबै राम्रो छ । ; मेरा गृहजन सबै राम्रा छन् ।
4. 〔代 々 続いてきた家系〕 a family; घराना / घरान ; कुल ;
家を再興する
घर (/ घराना / कुल) पुनर्स्थापना (/ पुनर्स्थापित) गर्नु
あの娘はちゃんとした家の出だ
त्यो छोरी एउटा आदरणीय (/ शालीन / मर्यादित) घरानाबाट आएकी छे ।