UNOES日ネ辞書日本語⇄ネパール語辞書

入れる/容れる/淹れる

1. 〔中に納める〕 राख्नु ; हाल्नु / हालिनु ; पसाल्नु ; भित्र पसाल्नु ; घुसार्नु ; बहाउनु * 液体; भर्नु ;

  • 迎え入れる

    पसाल्नु ; स्वागत गर्नु ; स्वीकार्नु

  • 窯にまきを入れる

    चुलोमा दाउरा हाल्नु (/ राख्नु)

  • 帽子を箱に入れる

    टोपी बाक्समा राख्नु

  • ブリキの箱に本を入れている

    उसले ट्याङ्कामा किताबहरू राखेको छ । ।

  • たらいに湯を入れる

    बाथमा तातो पानी अहाउनु ;

  • ポケットに手を入れた

    मैले खल्तीमा हात घुसाएँ (/ पसाएँ / छिराएँ) ।

  • ポケットに手を入れたまましゃべった

    उसले गोजीमा (/ खल्तीमा) हात पसालेर (/ हालेर) कुरा गऱ्यो ।

  • 娘がフライパンに菜っ葉をぱっと入れた

    सानीले कराहीमा साग ओइरिन् (/ हालिन्) ।

  • 妹が鍋に野菜を入れた は調理器具に何かに入れる時に使う

    सानीले कराहीमा साग ओइरिन् (/ हालिन्) । *ओइरनु

  • コーヒーにクリームを入れますか

    कफीमा दूध हाल्नुहुन्छ

  • 分のの灯油を入れた

    उनले चौथाईमा मट्टीतेल भरे ।

  • 彼女は手紙を封筒に入れた

    उसले खाममा चिट्ठी घुसारी ।

  • パンクしたチューブに空気を入れた

    मैले प्वाल पारेको टयूभमा हावा भरेँ (/ हालेँ) ।

  • 新しいぶどう酒を古い皮袋に入れる

    नयाँ दाखमद्य पुरानो मशकमा राख्नु

  • 彼は前半に三点入れた

    खेलको पहिलो भागमा उनले तीन गोल हाले ।

2. 〔中へ入らせる〕 भित्र्याउनु ; भित्र ल्याउनु ;

  • 私は妻を入れた

    मैले आफ्नी स्वास्नीलाई भित्र्याएँ ।

  • 風(空気)を入れる

    चिसो हावा छिराउनु

  • 映画館にチケットのない人を入れた

    उसले सिनेमा हलमा विनाटिकटको मान्छे घुसायो (/ घुस्न लगायो / प्रवेश गरायो) ।

  • あの男を屋敷内に入れるな

    उसलाई घरभित्र पस्न नदेऊ है ।

3. 〔収容する〕 हाल्नु ; राख्नु ; अट्नु / आटाउनु ;

  • ~を檻に入れる ~

    लाई बारभिन्न हाल्नु

  • そのホテルには人まで入れられる

    त्यो होटेलमा मानिसहरू एक हजारसम्म बसाउन सक्छ ।

  • 講堂は人入れられる

    भवलमा ५०० जनसम्म अटाउन सक्छ ।

4. 〔はめ込む〕 हाल्नु ; हालिदिनु ; राख्नु ; भर्नु ;

  • 窓にガラスを入れる

    शीशा हाल्नु

  • 基礎を入れる

    जग हाल्नु

  • 電池を入れる

    ब्याट्री राख्नु

  • 電池入れたばっかりなのにもう切れてるよ

    ब्याट्री हालेपछि एत्तिकै सकिहालेछ ।

  • 楔を入れてドアを開けたままにしなさい

    खुला राख्नलाई ढोकामा कीलो लगाऊ ।

5. 〔仕入れる〕 buy; stock; lay in; किन्नु ; खरीद (/ सज्जित) गर्नु ; सामान राख्नु ; भण्डार भर्नु ;〔輸入する〕 import; आयात गर्नु ;〔品物を納入する〕 supply; दिनु ; आपूर्ति गर्नु ;

  • 彼はその商社から灯油を入れている

    उनी त्यही कम्पनीबाट मट्टीतेल किन्छन् (/ ल्याउँछन्) ।

  • 赤のスラックスを入れていますか

    तपाईंसित रातो पैंट राखिएको छ तपाईंले रातो पैंट राख्नुभएको छ

  • このサイズしか入れていません

    हामीसित यही साइज मात्र छ ।

  • 当店は学校に文房具を入れています

    हामी स्कूलहरूमा स्टेसनरी पुऱ्याउने गर्छौं ।

6. 〔雇用 / 採用する〕 hire; employ; ( ज्यालामा) काम दिनु (/ गराउनु) ;〔弁護士など〕 retain; वकीलको सेवा प्राप्त गर्नु ;

  • 新入社員を入れる

    नयाँ मान्छेलाई काममा ल्याउनु ; नयाँ मान्छेलाई काम दिनु

7. 〔外から加える〕

  • 薬を入れたスープ

    औषधि हालेको सुरुवा

  • 鎌を入れる

    हँसिया लगाउनु

  • 焼き金を入れる

    तातो फलामले डाम्नु

  • 疑いを入れる余地がない

    शंका गर्ने ठाउँ छैन ।

8. 〔承認 / 容認する〕

  • 人の願いを入れる ~

    को माग स्वीकार्नु

  • 土地を万ルピアの抵当に入れる

    आफ्नो जग्गा एक करोड रूपियाँमा बन्धक राख्नु

9. 〔仲間に加える〕

  • 彼を仲間に入れる

    उसलाई दलमा जोर्नु ; उसलाई दलको सदस्य बनाउनु ; दलमा उसको साथ लिनु

  • 彼はその社会に入れられない

    ऊ समाजमा अग्राह्य व्यक्ति हो । ; समाजको कोही पनि उसलाई मन पराउँदैन ।

10. 〔学校 / 病院に入れる〕 send; पठाउनु ;

  • 友人は息子を寄宿学校に入れた

    साथीले छोरालाई आवासीय विद्यालयमा (/ बोर्डिङ स्कूलमा) थन्कायो (/ राख्यो) ।

11. 〔含める〕 include; मुछिनु ; संलग्न गर्नु ;

  • 女子を入れて(入れずに)人だ

    केटीहरू समेत (/ लगायत / सहित) (बाहेक / रहित / विना) २०० जना छन् ।

  • 私は番目の子どもで私も入れて他に人の兄や姉たちと一つの大きなベッドで寝ていました

    म आठौं सन्तान थिएँ र मलगायत अरू सात जना दाइदिदी एउटा ठूलो पलङमा सँगै सुत्थ्यौं ।

12. 〔入金する〕 पैसा तिर्नु ; पैसा जम्मा गर्नु ;

  • 今月の家賃は入れましたか

    यस महिनाको भाडा तिरिसकेको छ

  • 娘は食費を家に入れている

    छोरीले हामीलाई खानाको खर्च बुझाउँछिन् (/ दिन्छिन्) ।

13. 〔投票する〕 vote; भोट दिनु (/ हाल्नु) ;

  • だれに入れてよいか分からない

    कसको भोट हाल्दा हुन्छमलाई थाहा छैन ।

14. 〔念頭におく〕

  • 彼の言葉を考慮に入れた

    मैले उनको शब्द मनमा (/ ध्यानमा) राखें । ; मैले उनको शब्दमा ध्यान दिएँ ।

15. 〔集中する〕

  • 気合を入れて勉強(仕事)する

    मन लगाएर (/ दिएर) पढ्नु (काम गर्नु) ; कम्मर कसेर पढ्नु (काम गर्नु)

  • 身を入れて仕事をしたのでうまくいった

    अङ्ग पुऱ्याएर उसले काम गरेकाले सफल भयो ।

16. 〔茶やコーヒーを〕 बनाउनु ;

  • 茶を入れる

    चिया बनाउनु

  • 「コーヒーはどのように入れましょうか」「半のミルクコーヒーでお願いします」

    々“” “” “कस्तो कफी मनपर्छ ” “आधा कफी र आधा दूध ।”

17. 〔機能させる〕 खोल्नु ; चलाउनु ;

  • 機械のスイッチを入れる

    मेशिन लगाउनु (/ खोल्नु)

18. 〔耳に〕

  • お耳に入れたいことがあります

    एउटा कुरा तपाईंलाई सुनाउन चाहिरहेको छु ।