意識
1. 〔知覚〕 consciousness; सजगता ; चाल ; चेत ; चेतना ; होस / होसहवास ; सुर ; संज्ञा ;
意識を失う
अचेत (/ बेहोस / बेसुर) हुनु ; चेतन (/ चेतना / होस) गुमाउनु ; होस (/ होसहवास) उड्नु
意識が戻る
होस (/ सुर / चेतना) फर्किनु (/ फर्केर आउनु) ; चेत (/ चेतन / होस) खुल्नु
死人に意識はない
मरेकाहरू अचेत (/ बेसुर) हुन्छन् ।
意識ある生命のみが苦楽を味わえる
चेतनले (/ सजीव प्राणीले) मात्र सुखदुखको अनुभव गर्न सक्छ ।
彼には何の意識もなかった 字:「彼は何も感じなかった」
तिनले केही पनि महसुस गरेनन् । *
患者の意識がなくなっている
बिरामीको सुर (/ होस / चेतना) हराएछ (/ गएछ) ।
彼女は気絶したが直ぐに意識が戻った
ऊ मूर्च्छा परी तर चाँडै होसमा आई ।
時間後に意識を回復した
पाँच घण्टापछि मेरो होस (/ सुर) फर्क्यो ।
2. 〔認識 / 自覚〕( self-)awareness; ( आत्म)सजगता ; सचेतता ; सतर्कता ; होसियारी ; चाल ; चेतन ;
社会改革への意識
समाजसुधारको चेतना (/ होस / चेत / बोध)
悪いことをしないという意識
खराब काम नगर्ने चेत (/ सुझ / बोध)
時代への意識
युगचेतना
永遠性への意識
अनन्तकालको चेतना (/ सचेतता / सतर्कता)
無意識に
अज्ञानताले ; अजानमा ; अन्जानमा ; बेसुर भई
彼に罪の意識がない
ऊसित केही पनि दोषी महसुस छैन ।
彼には時間(距離)の意識がない
उसलाई समयको (दूरीको) होशै छैन।
彼は責任に対する意識が強い
उसमा आफ्नो जिम्मेवारीप्रति बलियो भावना छ ।
意識せずに
अज्ञानताले ; नसोची ; अन्जानमा ; बेसुर भई
安全を常に意識する
सुरक्षाबारे सधैं सचेत (/ सजग / जागा) हुनु (/ रहनु)
努力するよう意識する
प्रयास गर्न सजग (/ होसियार / सतर्क) हुनु
我が意識しようとしまいと
々हामीले) चाल पाएका होऔं वा नहोऔं
彼女はだれかに後をつけられているのを意識していた
उनले कसैले पिछा गरिरहेको चाल पाएकी थिइन् ।
トラブルに巻き込まれそうで意識させられた
झमेलामा परिने डरले सजग (/ सतर्क / सचेत / सावधान) भइयो ।
自ら意識すれば彼の習慣も改善されるだろう
चेतना (/ अन्तर्ज्ञान) खुलेपछि उसको बानी आफै सप्रन्छ ।
改善する意識があれば彼の進歩は速くなるだろう
सुधारको चेतना (/ होस / बोध) भएमा उनको विकासले गति लिन्छ ।
その時はこのことを全く意識してなかった ’
यस कुराको त्यसबेला मलाई पटक्कै होस थिएन ।
私は彼のことを全く意識せずにサインしてしまった
मैले उनीबारे सोच्दै नसोची सही गरिहालेँ ।
意識的な犯罪
जानाजानी गरेको अपराध
意識の流れの手法
चेतनाप्रवाहको सीप
意識的な努力をする 字:「不断の努力をする」
सजग भई प्रयास गर्नु ; अथक प्रयास गर्नु *
意識的に敬意を示す
होस पुऱ्याएर आदर देखाउनु
意識的であれ無意識であれ
जानाजानी वा अनजानमा
それは彼が意識的にしたことだ
त्यो त उसले जानाजानी (/ जानीबुझीकन) गरेको हो ।
意識的にしたわけではないから許してください
मैले चाल नपाई गरेकोले क्षमा गर्नुस् ।
話そうとして息を吸うとき胸の上のほうだけを膨らませないよう意識的に努力してください
कुरा गर्दा सास अलिकति मात्र तान्ने बानी छुटाउन अथक प्रयास गर्नुहोस् ।
悲しみの渦中にいても別のことを考える時間を意識的に取るのがよい
शोकबाट ध्यान अन्तै मोड्न केही समयको लागि पीडा कम गर्न मदत गर्ने गतिविधिमा व्यस्त हुनु मदतकारी हुन्छ ।
3. 〔思想 / 感情〕
仲間意識
सँगी भाव ; सँगी भएको चेतना (/ संवेदना)
階級意識
वर्गभेद ; वर्गबाट उत्पन्न हुने घमण्ड