UNOES 日本語・ネパール語辞典用例つき・無料

言う

1. 〔言葉に出す〕 say; speak; talk; भन्नु ; बोल्नु ; वर्णन (/ बयान) गर्नु ;〔語る〕 tell; बोल्नु ; कुरा गर्नु ;

  • 言おうとしたこと

    भन्न लागेको (/ आँटेको) कुरो

  • さあ言ってごらん

    भन्ने कुरा भन!

    *口調によっては「言う事を言え!」

  • だれにも言わないでね

    कसैलाई नभन्नू है ।

  • 「来い」と言っただろ

    आइजा भनेँ ।

  • 彼はなんだかんだと言っていた

    ऊ के–के के–के भन्दैथियो ।

  • 言おうかどうしようか

    त्यो भनूँ कि नभनूँ?

  • 言うは易しい

    काम गर्नु भन्दा त भन्न सजिलै छ ।

  • 言うは易く行うは難し

    मुख एक काम अर्कै । ; कुरामा एक तर व्यवहारमा अर्कै ।

    *諺:「言うのとやるのとでは大違いだ」

  • おい,そうするなって言ってるの聞こえないのか

    ऐ, यसो नगर् भनेको सुन्दैनस्?

  • 希望が全くないと言うわけではない

    आशा मारिहाल्नुपर्ने अवस्था भने छैन ।

  • それはただ言うだけで実践は伴っていなかった

    त्यो गफै मात्र थियो ।

  • 彼はもごもごしか言わない

    ऊ कुरा चपाएर बोल्छ, स्पष्ट भन्दैन ।

  • 私にはまだあなた方に言うべきことがたくさんある

    तिमीहरूलाई भन्ने मसँग अझ धेरै कुरा छन् ।

  • 何てことを言うの

    कस्तो कुरा गरेको? ; के कुरा गर्नुमा यस्तो?

  • 彼が何を言うか聞こうじゃないか

    जाऔं, उसले के भन्दोरहेछ सुनौं!

  • 彼はイギリスに行くと言った

    *幾つもの表現方法がある

  • 何度言えばいいんだ

    कति पटक भन्नु?

  • 君は僕のことをそんな悪く言うのかい

    तिमीले के आरोप लाउँछौ मलाई!

  • 時々そう言うのが聞かれます

    कहिलेकाहीँ यसो भनेको सुन्न सकिन्छ ।

  • 彼は答えて言った,「~」と

    “~.” तिनले जवाफ दिएर (/ दिँदै) भने "~" ।

  • 彼は叫んで言った,「~」

    “~.” तिनले चिच्याउँदै भने, "~ ।"

  • 彼はこう言って話した。「~。」

    “~.” तिनले यसो भनेर कुरा गरे, "~ ।"

    *「言う」と「話す」の使い分けに注意

  • 彼はその本当の理由は何だと言いましたか

    उहाँले त्यसको साँचो कारण के भन्नुभयो?

  • 彼に何を言っても無駄だよ

    उसलाई सम्भाउन व्यर्थ छ । ; उसलाई सम्झाउन बेकार छ ।

  • 僕も彼にはそう言ったんだ

    मैले पनि उसलाई त्यै त भनेको!

  • そんなつもりで言ったのではない

    मैले भन्न खोजेको कुरा त्यो होइन । ; मैले त्यो (/ त्यस्तो) भन्न खोजोको होइनँ ।

  • 危険は過ぎ去った。私が言ってたじゃないか

    खतरा टर्‍यो! मैले भनेकै थिएँ नि ।

  • 彼は友達の家にいたと言うが,別の場所にいたことを私は知っている

    ऊ साथीको घरमा थियो भन्छ तर अन्तै थियो भन्ने मलाई थाहा छ ।

  • 明日と言わずに今日やってしまいなさい

    मोलिको कुरा गर्ने होइन, आजै गरिहाल ।

  • だれも余計なことを言わないようになどとなぜ期待できるだろうか

    अरू कसैले पनि अनावश्यक कुरा नबोलोस् भनेर किन हामी आशा गर्ने त?

  • 仕事をしていると言いはするが私事をしている

    तिनीहरू भन्नु त काम गरिरहेका भन्छन् तर वास्तवमा व्यक्तिगत काम गरिरहेका हुन्छन् ।

  • 「少しでもお金を上げたら」と言いながら嬉しそうに家に帰った

    अलि–अलि भए पनि पैसा दिएर" भन्दै मनमा आनन्द लिएर तिनी घर फर्के ।

  • あのな、お父さんにも言ったんだけど、世にどっぷり漬かっても,自分以外だれのせいにもできないんだぞ

    हेर्, ड्याडीलाई पनि भनिसकेँ संसारमा डुबिस् भने आफैलाई बाहेक कसैलाई दोष दिन पाउँदैनस् ।

連語
言う事・言うこと
  • と言う事は

    भनेपछि ; भनेसी ; (भन्नुको) मतलब

  • ええ?そう言う事・・・

    ए, यस्तो पो कुरो...

  • 言う事は正しいんだが・・・

    उसले भन्ने कुरा त ठीकै छ तर ...

  • 君の言う事が分からない

    तिम्रो कुरा म बुझ्दिनँ ।

  • 彼の言う事は意味不明だ

    उसका कुराहरू मिल्दैनन् (/ आपसमा बाझ्छन्) ।

  • 言う事とやる事は違う

    मुख एक काम अर्कै । ; कुरामा एक, तर व्यवहारमा अर्कै ।

  • 彼らは君の言う事は聴くから君が話しなさい

    तिनीहरू तिमीले भनेको कुरा खान्छन् (/ सुन्छन्), तिमी नै कुरा गर ।

  • シタの言う事には今日雨が降るらしい

    सीताको भनाइअनुसार आज पानी पर्छ रे ।

  • 彼の言う事なすこと滅茶苦茶だ

    उसका कामकुरा सबै जथाभावी (/ भताभुंग) छ ।

連語
言わんとする
  • 君の言わんとしている事がよくつかめない

    तिमीले भनेको (/ भन्न खोजेको) कुरा मैले बुझिनँ ।

  • 彼はそこで何を言わんとしておられたのだろう

    उहाँ त्यहाँ के औंल्याउँदैहुनुहुन्थ्यो?

  • 何を言わんとしているのかな,君?

    के भन्न खोज्या, तिमी?

    *गर्‍या, खोज्या などは,カトマンズ訛り

連語
言うと・言えば
  • 一言で言うと

    एउटै शब्दमा (भन्नुपर्दा)

  • それが何かと言うと

    त्यो के हो भने

  • 内側はと言えば錆びている

    भित्रपट्टि भने खिया लागेको छ ।

  • 彼ら(ネパール)はと言うと

    तिनीहरू (नेपाल) भने

  • ポカラと言うとマチャプチュレを思い出す

    पोखरा भनेपछि सधैं मच्छापुछुरेको याद आउँछ ।

  • その本は面白いと言えば面白い

    यो किताव रमाइलो त रमाइलो छ । ; यो किताब रोचक त रोचक छ ।

  • せいぜい彼らが達成したものと言えば隣国との一時的な平和共存くらいだ

    हदैसम्म उनीहरूले प्राप्त गरेको कुरा भनेको छिमेकी राष्ट्रहरूसित केही समयसम्मको लागि शान्तिपूर्ण सम्बन्ध हो ।

  • 大半は悲嘆に暮れていたが,彼らはと言えば陽気に振舞っていた

    अधिकांश शोकविह्वल भएतापनि तिनीहरू भने उज्यालो व्यवहार गर्दैथे ।

  • 始めのは一人の人の振る舞いと関係し,二番目はと言うと,その人の性格と関係している

    पहिलो, एक जना व्यक्तिको व्यवहारसित सम्बन्धित छ भने दोस्रो चाहिँ उनको व्यक्तित्वसित सम्बन्धित छ ।

2. 〔音をたてる〕 make a noise; आवाज निकाल्नु (/ गर्नु) ; कराउनु ;

  • 車はかたかた言わせて走った

    गाडी खटखट आवाज निकाल्दै (/ गर्दै) गयो ।

3. 〔尋ねる〕 ask; सोध्नु ;

  • 何の用かと彼は言った

    उसले मलाई के चाहियो भन्यो (/ भनी सोध्यो) ।

4. 〔命令する〕 tell; order; अह्राउनु / अराउनु ; आज्ञा (/ आदेश / हुकुम) दिनु ; फर्माउनु ; हुकुम गर्नु ;〔依頼する〕 ask; अनुरोध (/ आग्रह) गर्नु ;

  • 言われるままそこに行った

    ऊ अह्राइएझैं त्यहाँ गयो । ; भनेबमोजिम उ त्यहाँ गयो ।

  • あなたの言う通りにします

    तपाईंको वचनमा गर्छु । ; तपाईंको कुरा खान्छु । ; तपाईंले भनेअनुसार गर्छु ।

  • お父さんや家族をここに連れて戻って来なさいと言いなさい

    तिनीहरूलाई आफ्नो बुबा अनि सबै परवारहरू लिएर यहाँ फर्कन भन्नू ।

  • 彼は他に言われなくても率先して行動した

    अरूले नअह्राई उसले आफ्नै विचारले काम गर्‍यो ।

  • 主人は料理番にもっと料理を寄せて置くように言った

    मालिकले भान्सेलाई अझ नजिक खाना राखिदिन भने ।

  • 私を助けるよう彼女に言ってください

    त्यसलाई भनिदिनोस् त्यसले मलाई सघाओस् भनेर ।

連語
言う事
  • 言う事を聞かない子

    चल्ने (/ चन्चल) बच्चा ; नमान्ने बदमास ; अनाज्ञाकरी बच्चा

  • 言う事を聞く

    लाई मान्नु ; ~को कुरा सुन्नु (/ मान्नु)

  • なかなか言う事を聞かない 〔動詞〕〔形容詞〕

    सहजिनु ; पुलपुलिनु ; नमान्नु ;अटेर ; चन्चल ; अनाज्ञाकरी

  • うちの子は全然言う事を聞かないのよ

    छोरा मेरो कुरा मान्दै मान्दैन त नि । ; छोरा भनेझैं गर्दै गर्दैन त नि ।

  • 一二度言う事を聞かないからと子供を反抗者呼ばわりできない

    एक दुई पटक आज्ञा नमान्दैमा छोराछोरीलाई विद्रोही भन्न मिल्दैन ।

5. 〔考えなどを述べる〕 remark; state; भन्नु ; विचार व्यक्त गर्नु ; टिप्पणी गर्नु ; बताउनु ;

  • 正しいことを言う

    सही कुरा गर्नु

  • 名前と住所を言う

    नामधाम (/ नाम र ठेगाना / नामनिसाना) बताउनु

  • もっともなことを言いなさい

    कामको कुरा गर ।

  • 彼の言わんとすることが彼らには深く感じた

    उनीहरूलाई उनको विचारको अर्थ गहकिलो लाग्यो ।

  • ここで~と言うことを言っているですか

    भन्ने यहाँ भनाइ हो?

  • まず何を言うかより何をやるかを考えるべきだ

    भन्ने कुराहरूभन्दा पहिले गर्ने कुराहरूबारे सोच्नुपर्छ ।

6. 〔批評する〕 make a comment; ~ को टिप्पणी (/ टिका–टिप्पणी) गर्नु ;〔助言する〕 advise; give advice; counsel; सल्लाह दिनु ; अर्ती दिनु ; सिफारिस गर्नु ; परामर्श दिनु ;

  • 医者の言う事を聞きなさい

    डाक्टरको सल्लाह मान ।

  • 「彼が我々の王となるのか」と言ったのはだれだ

    उसले हामीमाथि राज्य गर्नेछैन भन्ने को हो?

  • 私の主人が悪いなんて,どうどうとよく言えたものね

    मेरो श्रीमानलाई यस्तै दोष लगाउने आँट कसरी गर्नुभो?

  • 彼は私にこう言うだけが精一杯だった。「~」

    “~.” तिनले मलाई केवल (/ मात्र) यति भन्न सके, "~ ।"

  • あなたが言ってもすぐに聞くとは限らない

    भन्ने बित्तिकै ऊ तपाईंको कुरा मान्न तयार हुँदैन ।

7. 〔表現する〕 express; अभिव्यक्ति (/ व्याख्या / वाक्य प्रयोग / मर्तरूप / विवरण) गर्नु ;

  • 私は~と言う風に感じた

    मलाई ~जस्तो (/ जस्तै) लाग्यो ।

  • うまく言えない気持ち

    अकथनीय भावनाहरू

  • 彼女は英語で思うことが言えます

    उनी एंग्रेजीमा मनको कुरा व्यक्त गर्न सक्छिन् ।

  • 彼の善人さについて何も言うことはない

    उनी असल हुन् भन्ने कुरामा दुई मत छैन ।

8. 〔呼ぶ / 称する〕 call; बोलाउनु ; भन्नु ;

  • ~と言われている

    भनिन्छ: "~" (भनेर) ।

  • 喜幸と言う名の人

    योसियुकि नाम (गरेका / भएका) व्यक्ति

    *योसियुकि भन्ने नामको व्यक्ति は日本語の直訳; योसियुकि नामधारी (/ नामक / नाम भएका) व्यक्ति

  • 開拓者はだれのことを言いますか

    अग्रगामी कसलाई भनिन्छ?

  • 週をとも言う

    साता साताहप्तालाई साता पनि भन्दछन् ।

  • これはネパール語で何と言いますか

    यसलाई नेपाली भाषामा के भन्छ (/ भनिन्छ)?

  • ネパール語でやかん)は何と言いますか

    नेपाली भाषामा लाई के भन्छ (/ भनिन्छ)

  • 成功している人とは結局だれのことを言うんだ

    सफल व्यक्ति वास्तवमा कसलाई भन्ने?

9. 〔うわさする〕 भन्नु ; हल्ला गर्नु ;

  • 良く言われること

    मनपर्दा कुराहरू

  • 人のことを良く言う

    अरूको प्रशंसा गर्नु

  • 人のことを悪く言う

    अरूको कुरा काट्नु

10. 〔口添えする〕 say a word in recommendation; भन्दिनु ; सम्झाउनु ; सिफारिस गर्नु ;

  • 娘のことを彼に一言言ってもらえたら嬉しいです

    छोरीको विषयमा एकचोटि उहाँलाई सिफारिस गरिदिनुभए साह्रै राम्रो हुन्थ्यो ।

11. 〔つもりで言う〕 mean; चाहनु ; अभिप्राय हुनु ;

  • 何言ってんの

    के कुरा गरेको? ; के भन्दैछौ?

  • どう言うこと

    के भन्न खोजेको (/ खोजेकी)?

    *खोजेकी は相手が女性の場合

  • この子は何を言っているんだ

    यो केटो के भन्छ?

  • 何もそれが本当だと言うわけではない

    त्यो सत्य हो भनेको त होइन ।