UNOES 日本語・ネパール語辞典用例つき・無料

-か

1. 〔不確実な事〕

  • どこかで

    कतै ; कुनै ठाउँमा

  • だれかが

    कसैले ; कोहीले ; कोही व्यक्तिले

  • だれか他の友だちを連れて行きなさい

    आफूसँग अरू कोही साथी लैजानू!

  • つになった頃か両親を亡くした

    ऊ बल्लतल्ल (/ केवल / मात्र) चार वर्ष के पुगको थिएँ मैले मेरो आमाबाबा गुमाएँ ।

  • 私たちが乗ろうかと思っていた馬は一頭だけだった

    हामीले आफू चढ्न भनी लगेको घोडा एउटा मात्रै थियो ।

  • 何か仕事ないかとやって来ました

    कुनै काम पाइन्छ कि भनेर नै यहाँ आएको हुँ ।

  • それを作るのに3日かそこら掛かる

    यो बनाउन तीन दिन कि बढी लाग्ला ।

  • 自分が何を言っているのか分かってるの?

    तिमी के भन्दैछौ; होसमा त छौ?

  • 可能かどうか分からない

    मलाई थाहा छैन यो सम्भव छ (कि छैन) ।

  • なぜかその家が嫌いだった 〔特別な理由もなく〕 〔何かの理由で〕

    अकारण (/ अकार्थ / कुनै विशेष कारणबिना) उसलाई त्यो घर मन पर्दैनथ्यो । केही कारणवस उसलाई त्यो घर मन पर्दैनथ्यो ।

  • 私はその中から幾人かでも救えればと願った

    मेरो इच्छा थियो तिनीहरूमध्ये केहीलाई कसैगरि बचाउन सकूँ भन्ने ।

2. 〔選択〕 कि ; कि त *त は強調; वा ; या ; अथवा ;

  • 2人か3人のインタビュー

    दुई वा तीन जनाको अन्तरवार्ता

  • 来れるかどうか分からない

    आउन सक्छु कि सक्दिनँ म जान्दिनँ ।

  • あなたはお茶を飲みますか,それともコーヒー

    तपाईं चिया पिउनुहुन्छ कि कफी (पिउनुहुन्छ)?

  • あなたはお茶かコーヒーを飲みますか

    तपाईं चिया कि कफी पिउनुहुन्छ?

  • 言おうかどうしようか

    त्यो भनूँ कि नभनूँ?

  • 晴れるかどうかわからない

    सफा हुन्छ कि हुन्न थाह छैन ।

  • 助かるかどうかということは

    बच्ने कि नबच्ने भन्ने कुरा

  • 生き残った者たちも殺されたか捕虜にされた

    बाँकी रहेकाहरू या त मारिए वा बन्दी बनाएर लगिए ।

  • あなたか私かどちらかが間違っている

    हामी दुई मध्य एक गलत छौ ।

  • 彼が円熟しているかどうかは別問題だ

    कत्तिको परिपक्क छ; त्यो अर्को कुरा हो ।

  • 我々は彼の側か彼らの側いずれかを取る必要がある

    हामीले कि त उहाँको पक्ष कि तिनीहरूको पक्ष लिनुपर्छ ।

  • そのような努力で問題を改善させたか,悪化させたか

    त्यस्तो प्रयासले समस्याको सुधार गरेको छ या झन् बिगार?

  • 「おい,どっちなんだよ。俺に協力するのかしないのか」「しないわけないだろう」

    “ओइ भन् त; मलाई साथ दिन्छस् कि दिंदैनस्?” “तेरो साथ छोड्ने पनि कुरा आउँछ त!”

  • だれがやったかどうかの判断は彼に任せよう

    कसले गर्‍यो गरेन; त्यसको फैसला उहाँले गर्नुहुनेछ ।

  • 望むか否かはこの質問の答えにかかっている

    चाहन्छौं या चाहँदैनौं; त्यसैमा त्यो प्रश्नको जवाफ निर्भर हुनेछ ।

  • 金の返済はビジネスが成功するかどうかに懸かっているらしい

    पैसा फिर्ता आउने-नआउने कुरा व्यापार चल्ने-नचल्ने कुरामा पो भर पर्दो रहेछ ।

3. 〔疑問〕 के ~ ? * 「 だれ / 何 / 何処 / 何時 / 何処 / いくつ / いくら / 何人 / どう / なぜ / いかに / どの / どんな / いかなる 」 などの疑問詞が伴わない疑問文の頭に必ずつけられる

  • どうしましたか

    के भयो?

  • これは何ですか

    यो के हो?

  • これ,手に入りますか

    के यो पाइन्छ?

    *会話ではकेが省かれることが多い

  • 何だよ,信じないのか

    ओइ; के हो? पत्यार लागेन?

  • それは難しく見えますか,それとも見えませんか

    त्यो अप्ठेरो देखिन्छ कि देखिन्न?

  • そのことからあなたが望むような結果を得ましたか

    के यसबाट तपाईंले चाहनुभएको जस्तो परिणाम प्राप्त भयो?

4. 〔提議 / 勧誘〕

  • 散歩に出かけませんか

    हामी घुम्न जाऊँ ।

  • お茶を飲もうじゃありませんか

    चिया खाऔं न ।

  • 君がどんな計算をするか見てみようじゃないか

    तिमीले कसरी हिसाब गर्छौ हेरूँ ।

  • 仕事の前に少し買物をしませんか

    काम गर्नुभन्दा अगाडि थोरै किनमेल गरौं न, कि कसो?

  • 今度また会いましょうか

    फेरी अर्को पटक भेटौं न?

  • 冷たい(飲み物)の飲みますか

    चिसो पिउने?

  • タクシー(医者)を頼みましょうか

    तिम्रो लागि ट्याक्सी (/ डाक्टर) बोलाऊँ?

5. 〔同意を求めた依頼〕

  • じゃあこれで,電話を切りましょうか

    अब म फोन राखूँ?

  • 辞書を貸してくれませんか

    म तपाईको शब्दकोष चलाउन सक्छु?

6. 〔反語〕

  • 何を言ってんだか。分かったわ,もう十分!

    के भन्छ; भन्छ । छोड्दे यो कुरा!

  • そのことをだれが予見出来ただろうか

    कसले सोच्छ त्यो?

  • 断ればいいじゃないか

    किन नाइ भनेनौ?

  • 嘘なんかつくもんか

    किन मैले झूट बोल्ने?

  • 「それが君の一番の願いじゃないのかい」「もちろんだよ!」

    त्यो नै तिम्रो सबैभन्दा ठूलो बिन्ती होइन र?" "पक्कै पनि!"

7. 〔非難 / 驚きなど〕

  • またダルバートか

    के फेरि दालभात?

  • 彼らはもはや意地悪ではないではないか

    उनीहरू पहिलेजस्तो कठोर रहेनछन् ।

  • ほんの数ヶ月のことじゃないか

    केही महिना त हो नि ।

  • 気でも狂ったのか

    दिमाग खुस्क्यो कि केहो? ; बौलायौ (/ बहुलायौ) कि क्या हो?

  • お前だってずっと運転してたじゃないか?

    तैंले चाहिं पिएको छैनस्; हगि!

  • 凄いな,もうぜんぶ考え尽くしたみたいじゃないか

    ओहो! तैंले त एउटा एउटा सोचिसकिस् कि क्या हो ।

  • なんだ、大臣の弟って君だったのか

    मन्त्रीका भाइ तिमी नै हौ त!

  • だれが来たかと思えば君じゃないか

    को आएछ भनेको त तिमी पो रहेछौ!

  • 俺は何もしてないじゃないか!

    मैले केही गरेको छैन!

  • 日本で戦争が起きてるじゃないか

    जपानमा (पो) लडाइँ (पो) परेहो रहेछ ।

    *驚きを表す「पो」はどちらにも置ける

  • それについて調査すると言うことですか

    यसबारे जाँच गर्ने हो भने नि?

8. 〔念を押して〕

  • いいかい,頼んだよ

    ख्याल राख है, ख्याल । ; अब यो तिम्रो काम हो है, तिम्रो ।

  • いいかい,あの子は問題の種だけ探し歩いているんだ。そして探し出してもいる

    हेर्; त्यो केटोले बत्ती बालेर समस्या खोज्दैछ । अनि त्यसले भेट्टाउँछ पनि ।

慣用表現

《 副助詞 》

《 終助詞 》