掛かる
1. 〔ぶら下がる〕 hang; झुन्ड्नु / झुण्ड्नु ; लगाइनु ; लर्कनु ; टोगनु ;
くぎに掛かっている帽子
किलामा झुन्डेको (/ लट्केको) टोपी
ひもに洗濯物が掛かった
डोरीमा लुगा झुन्डियो (/ लट्कियो) ।
壁に絵が掛かっている
चित्रहरू पर्खालमा लगाइएका छन् ।
窓には青いカーテンが掛かっていた
झ्यालमा निलो पर्दा झुन्डिएको थियो (/ लगाइएको थियो) ।
2. 〔火などの上に置かれる〕 राख्नु ;
やかんが火に掛かっている
किट्ली आगोमा राखिएको (/ बसेको) छ ।
3. 〔かぶさる〕 be covered; ढाक्नु ; छोप्नु ; ओड्नु ; मोहोर्नु ; पुर्नु ;
ほこりの掛かった本
धुलोले ढाकेको (/ छोपेको) किताब
ニスの掛かった机
बार्निस लाएको डेस्क
虹(もや)が掛かる
इन्द्रेनी (तुवाँलो) पऱ्यो ।
4. 〔降り掛かる〕 लाग्नु ; पर्नु ;
砂糖の掛かったドーナツ
चिनी छर्किएको सेलरोटी
泥(埃)がかかった
धुलो (हिलो) पऱ्यो ।
この花は雨の掛からないところに置きなさい
यो फूललाई पानी नपर्ने ठाउँमा सार ।
5. 〔留められた状態になる〕 लगाउनु ; मार्नु ;
かんぬきの掛かった門
चुकुल लगाइएको ढोका
ドアを開けようと努めたが鍵が掛かっていた
मैले ढोका खोल्ने कोशिश गरें तर त्यसमा साँचो मारेको (/ लगाएको) थियो ।
6. 〔上に置かれる〕 राख्नु ; लगाउनु ;
刀の柄に手が掛かった
तरवारको मूठमा उसले हात राख्यो ।
7. 〔引っ掛かる〕
罠に掛かる
पासोमा (/ फन्दामा) पर्नु
大きな魚が網に掛かった
ठूलो माछा जालमा पक्रियो ।
魚が針に掛かった
माछाले बल्छी टोक्यो ।
すりが警察の罠に掛かった
चोर पुलिसको फेला (/ फन्दामा / पासोमा) पऱ्यो ।
8. 〔回りに渡される〕 लाउनु / लगाउनु ; बेर्नु ;
ひもの掛かった包み
फित्ता बाँधेको पाको
9. 〔設けられる〕
小屋が掛かる
टहरा बन्नु (/ बनाइनु)
10. 〔立て掛けられる〕 राख्नु ; लगाइनु ;
壁にはしごが掛かっていた
भित्तामा सिँढी लगाइएको थियो ।
11. 〔機械などが作動する〕 चल्नु ;
ブレーキが掛からない
ब्रेक लाग्दैन (/ चल्दैन) ।
エンジンが掛からない ’
इन्जिन छुट्टिन्छ (/ खुस्किन्छ / चल्दैन) ।
ここはカンティプル(局)が掛かりますか
यहाँ कन्तिपुर लाग्छ
12. 〔攻める〕
さあ掛かって来い
लैआइजा
二人で賊に掛かって行った
दुई जनाले डाँकूसित जाइलागे ।
13. 〔ある場所に差し掛かる〕
船が岬の沖に掛かったとき嵐に打たれた
जहाज अन्तरीपको नजिक आउँदा (जाँदा) आँधी पऱ्यो ।
14. 〔ある作用を受ける〕 फस्नु ; पर्नु ;
陰謀に掛かった
ऊ एउटा षड्यन्त्रमा (/ छलकपटमा / फन्दामा) पऱ्यो (/ फस्यो) ।
まんまと計略に掛かった
ऊ युक्तिमा सजिलै फस्यो (/ पऱ्यो) ।
彼女は暗示に掛かりやすい
उनी अरूकाको संकेतमा (/ इङ्गितमा) सजिलै पछिन् ।
催眠術に掛かった
उनी अचेत (/ बेहोस) परिन् । ; उनी होस–गुम गराइन् ।
15. 〔身に負う〕
彼に窃盗の疑いが掛かった
उसलाई चोरीको दोषी ठहराइयो (/ ठानियो) ।
人に迷惑が掛かるよ
तिमीले अरूलाई दुःख दिनेछौ ।
16. 〔声などを掛ける〕
電話掛かりましたか
फोन लाग्यो
彼から電話が掛かって来た
उसबाट फोन आयो ।
誘いが掛かっても行かない
निम्त्याइए पनि म जानेछैन।
17. 〔会議などに取り上げられる〕
裁判に掛かる
मुद्दामा पर्नु
その事件は今裁判に掛かっている
त्यो केस अहिले मद्दामा परिरहेछ ।
その件は会議に掛かった
त्यो विषय गोष्ठीपत्रमा पऱ्यो ।
18. 〔心に留まる〕
父の容体が気に掛かる
मलाई बुवाको अवस्थाबारे चिन्ता लाग्छ ।
その問題が心に掛かっている
त्यो समस्या मनमा बसिराख्छ ।
19. 〔世話を受ける〕
年を取っても息子に掛かりたくない
बुढो भए पनि छोराको हेरचाह त लिन चाहदिँन ।
医者に掛かった方がいいよ
तिमी डाक्टरकहाँ जँचाउँदा हुन्छ ।
彼女は多くの医者に掛かってはいろいろな苦痛に遭わされ自分の資産をすべて使い果たしていた
उसले थुप्रै डाक्टरबाट उपचार गराएर धेरै दुःख भोगिसकेकी थिईअनि आफ्नो सारा सम्पत्ति खर्च गरिसकेकी थिई ।
20. 〔費やされる〕 पर्नु ; लाग्नु ;
金が掛かった
पैसा लाग्यो ।
金の掛からない人 金がないから
बेखर्ची (/ खर्च नभएको) मान्छे*
この修理に幾らか掛かりますか
बनाउन (/ मरम्मतलाई) कति लाग्छ (/ पर्छ) ।
時間が掛かる
समय (/ बेर) लाग्छ ।
時間が掛かろうと掛かるまいと
चाहे थोरै समय लागोस् वा धेरै
何でそんなに時間掛かってるの ’
कत्ति बेर (/ समय) लगाको
一晩中掛かってもその作業は終わらせなくてはならない
रातभरि लागे लागोस् ; त्यो काम चाहिं नसकाई हुँदैन ।
合計万ルピア掛かった
जम्मा ५०;००० रूपियाँ लाग्यो ।
相変わらずこの子には手が掛かる
यो बच्चा हुर्काउन अझ धेरै दुःख हुन्छ (/ अझ धेरै माया चाहिन्छ) । ; यो बच्चा हुर्काउन धेरै माया दिने हातहरू चाहिन्छ (/ धेरै दुःख भोग्नुपर्छ) ।
この仕事はあまり手が掛からない
यो सजिलो (/ सरल) काम हो । ; यस कामको लागि त धेरै दुःख गर्नु पर्दैन ।
21. 〔保険などの契約がある〕
彼女に万の生命保険が掛かっている
उसको ज्यानमा दुई करोडको जीवन बिमा लगाएछ ।
22. 〔課される〕
それには使用料が掛かります
त्यसमा भाडा लाग्छ ।
この品にはパーセントの税金が掛かる
यस सामानमा तीन प्रतिशतको कर लगाइदिएछ ।
23. 〔上演される〕
縁日には見せ物が掛かる
चाडपर्वमा तमाशा देखाउँछ ।
24. 〔着手する〕
大仕事に気を引き締めて掛かる
दृढतासाथ (/ दृढप्रतिज्ञासाथ) ठूलो काम शुरु गर्नु ; ठूलो काम गर्नमा कम्मर कस्नु
食事の後片付けに掛かろう
ऋब टेबलको सफाई सुरु गरौं ।
25. 〔扱われる〕
君に掛かると彼も形無しだ
तिमीले बोल्दा उहीँ पनि काम–नलाग्दो हुन्छ ।
26. 〔初めから思い込む〕
やる前から出来ないと決めて掛かるものではない
सुरु नगरीकन आउँदैन भने सोच्नु गलत हो ।