体
1. 〔身体〕 the body; शरीर ; जिउ / जीउ ; तन tan ; ढाड ; नौनाडी / नौनारी ; अङ्ग–प्रत्यङ्ग * 体の各部; गाथ * 敬意込; काय * 胴;
思いと体
तनमन / मनतन ; मन र शरीर
人間の体
मानिसको शरीर (/ जिउ)
清い体
कञ्चन (/ शुघ / पवित्र) चोला
ぼろぼろの体
जीर्ण (/ गलेको / बूढो / नष्ट / बिग्रेको) शरीर
体半分
अर्धाङ्ग ; आधा अङ्ग (/ शरीर)
体を壊すこと ’仕事のし過ぎや不摂生によって
जिउमारा काम *
体を動かす(運動する)
व्यायाम गर्नु ; कडा शारीरिक परिश्रम गर्नु
体を鍛える
जिउ बनाउनु
体を伸ばす
जिउ तन्कनु (/ तन्काउनु)
体に油を塗る 〔そうすること〕
शरीर चुप्रनु ;चुप्राइ
体を擦って洗う
जिउ माडेर (/ मिचेर / दलेर) नुहाउनु (/ सफा गर्नु)
体がやつれている
जिउ सुकेको छ ।
泳ごうと飛び込む時体がぶるっと震えた
पौडी खेल्न हाम फाल्न लाग्दा आङ जुरुङ्ङ गऱ्यो ।
事故でぶつけたので体(のあちこち)に炎症が起きた
दुर्घटनामा ठक्कर लागेकाले शरीरका अङ्गमा सुजन भयो ।
彼は力が強い。もっとも体も大きい
ऊ बलियो छ । हुन त जीउ पनि ठूलो त ठूलै छ ।
肺結核は体を徐に蝕む病気だ
々सुकेनाश शरीरलाई विस्तारै क्षीण पार्दै लाग्ने रोग हो ।
彼は苦しんで体をねじ曲げた
उसको जिउ दुःखाइले बटारियो ।
明日になったら体が空きます
भोलि मेरो फुर्सत हुन्छ ।
息子には健全な精神と強い体を持ってほしい
छोराको तनमन दुवै तगाडा (/ बलियो) होस् भन्ने म आशा गर्छु । ; छोराको धदय (/ मन) र शरीर दुवै तगडा (/ तन्दुरुस्त) होस् भन्ने म चाहन्छु ।
体を揉んだら痛みが軽くなった
उसले ढाड माडेपछि (/ मालिस गरेपछि) दुख्न कम भयो ।
体の各部
शारीरको प्रत्येक अंग
体の疲れ
शारीरिक थकाइ (/ थकान)
体の衰え
अङ्गक्षय
体の動き
अङ्गचालन ; अङ्गसञ्चालन
体の痛み
शारीरिक पीडा ; जीउ दुखाइ
体の痒み
चीउ चिलाइ
体の虐待
शारीरिक दुर्व्यवहार
体のがっしりした男
तन्दुरुस्त (/ स्वस्थ / मोटोघाटो) परुष
その症状には体の痛み吐きけ嘔吐などがある
यो रोग लाग्दा जीउ दुख्नेवाकवाक लाग्ने र बान्ता हुनेजस्ता लक्षणहरू देखिन्छ ।
体の見た目はがっしりしていた
तिनीहरू हेर्दैमा (/ देख्दा) खाइलाग्दा (/ मोटोघाटो) देखिन्थे ।
体の痛いところに油を塗った
जिउ दुखेको ठाउँमा तेलले मालिस गराइयो ।
体の各部全ては調和よく組み合わされている
सारा शरीर ठीक–ठीक एकसाथ चाँसिएको छ ।
北風が冷たくて体の芯までしみた
उत्तरी हावाले जिउभित्रसम्म चिसो भयो ।
良心を絶えず無視したり抑圧すると体の一部に焼きごてを当てたかのような影響が生じる
अन्तस्करणलाई बारम्बार लत्याउनु शरीरको कुनै भागमा तातो फलामले डाम्नु जस्तै हो ।
乗っている車や電車が加速すると乗客はそれを体で感じる
गाडीमा बस्ने यात्रुहरूले गाडीको गति बढेको महसुस गर्छन् ।
体ではそこにいなくても気持ちにおいてはいるつもりです
म त्यहाँ नभए तापनि मेरो मन त्यहीँ छ जस्तो सच्छु ।
たくさん歩いて体中が痛い
धेरै हिँडेकाले मेरा अङ्गप्रत्यङ्ग (/ अङ्ग–उपाङ्ग) दुखेका छन् ।
転んだので体中あざだらけだ
लडेकाले उसका जिउभरि नीलडाम (/ चोटपटक) छन् ।
2. 〔体の状態〕 health; स्वास्थ्य ;
体の丈夫な(弱い)子
अ)स्वस्थ बच्चा
自分の体に気を配る ’
आफ्नो स्वास्थ्यको ख्याल राख्नु
体の具合がよい(悪い)
म (बे)सन्चो छु ।
体をもっと大切にしなさい
अझ आफ्नो स्वास्थ्यको (/ शरीरको) ख्याल गर्नुस् ।
お体をお大事に
आफ्नो (/ स्वास्थ्यको) ख्याल राख्नुस् ।
あなたの体はいかがですか
तपाईंको स्वास्थ्य (/ शरीर) कस्तो छ
体の調子が悪くて憂鬱だ
कहिलेकाहीँ मेरो स्वास्थ्य बेठीक (/ अशुद्ध / खराब) हुँदा त्यसले मलाई धेरै खिन्न (/ दुःखि) पार्छ ।
貧乏人の体を気遣ってあげてください
गरीबको ज्यानमाथि दया होस् ।
一晩中寝れなかったので体が重い
रातभरिको अनिद्राले जिउ भारी भयो ।