軽い
1. 〔目方が少ない〕 light; हल्का ; हलुको , 複 हलुका ; हलुङ्गो , 複 हलुङ्गा ; छरितो , 複 छरिता , 女 छरिती ; सजिलै उचाल्न (/ बोक्न) सकिने ;
軽いかばん
हलुको (/ छरितो / सानो) झोला
軽い荷物 どの語にも「小さくて容易だ」という意味合いを含む
हलुको (/ छरितो / सानो) भारी *
軽くする
हल्का (/ कम) गर्नु ; घटाउनु
私のくびきは心地よく私の荷は軽い
मेरो जुवा सजिलो र मेरो भारी हलुको छ ।
2. 〔軽快な〕 हलुको , 複 हलुका ; हलुङ्गो , 複 हलुङ्गा ; हल्का ; हलौं ; हह्रुँगो ; प्रफुल्ल ; प्रसन्नचित्त ;
軽い返事
छरितो (/ फुर्तिलो) उत्तर
軽い色
हलुका (/ फिका / मधुरो) रङ
身のこなしの軽い人
छरितो (/ फुर्तिलो / सहज) मान्छे
水浴したら体が軽くなった は「凧」。凧が飛ぶように軽い気持ちになったということ
नुहाएपछि मेरो जिउ चङ्गा (/ हलका / फुर्तिलो / जाँगरिलो) भयो । *चङ्गा
3. 〔程度がひどくない〕 slight; light; हल्का ; हलुको , 複 हलुका ; हलुङ्गो , 複 हलुङ्गा ; गर्न (/ सहन) सक्ने ;
軽い罰
हलुको (/ हलुङ्गो / धेरै कडा नभएको) सजाय
軽い熱(風邪)
हलुका (/ थोरै / अल्प) ज्वरो (रूघा)
軽く触れる
हल्कासँग (/ हल्कासित) छुनु
軽くする
हल्का (/ कम) गर्नु ; घटाउनु
扉を軽く開けた
उसले ढोका हलुका खोल्यो ।
傷が軽くてよかった
खुशीको कुराघाउ त हलुका भयो ।
症状が軽いうちに治療を始める
रोगले गम्भीर रूप लिन अगावै उपचार शुरु गर्नु
栄養ある食事と軽い運動を取るのは良いことだ
पोषिलो खाना खानु र हल्का व्यायाम गर्नु बेस हुन्छ ।
この薬は痛みを軽くしてくれる
यो औषधीले दुःखाइलाई कम गराउँछ ।
自ら負うべき罰が幾らかでも軽くなったのか
आफूले भोग्नुपर्ने दण्ड केही कम होला कि
4. 〔気楽である〕 सजिलो ; आरामदायी ; हलुको , 複 हलुका ; हलुङ्गो , 複 हलुङ्गा ;
軽い話
हलुका (/ हलुङ्गो / गम्भीर नभएको) कुरा ; सजिलो कुराकानी
軽い気持ちでその仕事を引き受けたのは間違いだった
हलुकासित त्यो काम लिएको नै गल्ती भयो ।
彼らと軽く付き合っているだけではない
तिनीहरू हाम्रा चिनेजानेका व्यक्तिहरू मात्र होइनन् ।
心も軽くピクニックに出掛けた
हलुको मनले म वनभोज गएँ ।
集会を軽く見てると思われたら言いなりに仕事させられることになるぞ ’’
हामीले सभालाई हल्का ठान्छौं भने त उसले जहिले मन लाग्यो तहिले काम अह्राइहाल्छ नि ।
5. 〔淡白 / 量が少ない〕 सजिलै पच्न सक्ने ;
軽い食事
हल्का खाना ; खाजा
軽い味付け
हलुका (/ मन्द / मधुरो) स्वाद
朝食は軽く済ませた
बिहान नास्ता खाएँ ।
彼らは軽くあいさつしたりたわいのない話をするだけだ
तिनीहरूले हामीलाई अभिवादन गरेर झटपट कुराकानी टुङ्ग्याइहाल्छन् अथवा सामान्य कुराकानी मात्र गर्छन् ।
6. 〔容易な〕 सजिलो ;
軽い仕事
सजिलो (/ हल्का) काम
軽く見てはならない ’
त्यो चानचुने कुरा त होइन । ; त्यसलाई हलुकासित लिनु हुँदैन ।
軽く考える 〔軽くみなす〕~
हियाउनु ; हलुकासित सोच्नु ; हेलाँ गर्नु ;लाई चानचुनु ; खेलाँची ठान्नु ; हलुकासित लिनु ; तुच्छ ठान्नु ; बेवास्ता (/ उपेक्षा) गर्नु
7. 〔軽率である〕
軽い話し
हावा (/ हावादारी / उडन्ते / अविश्वसनीय) कुरा (/ गफ)
彼は軽い人間だ
ऊ हावा (/ हलुको / उडन्ते) मान्छे हो । ; ऊ मूर्ल (/ बुद्धिहीन) छ ।
問題を軽く扱った
तिनले समस्यालाई खेलाँची ठाने । ; तिनले समस्यालाई हलुकासित लिए ।