UNOES日ネ辞書日本語⇄ネパール語辞書

1. 〔雨傘〕 an umbrella; छाता ; छत्ता ; छतरी ; घुम ; छत्र ;〔日傘〕 a parasol; a sunshade; घामको छाता ;

  • 一つ傘の下で

    एउटै छातामुनि ; एकछत्रै

  • 傘の形をしたもの

    छत्रक ; छाता (/ छाते) आकारको वस्तु

  • 傘を広げる(すぼめる)

    छाता ओढ्नु (/ खोल्नु / फैलाउनु) (लपेट्नु / बन्द गर्नु)

  • 傘をさして歩く

    छाता ओढेर हिँड्नु

  • 傘が開いた

    छाता छत्रियो (/ ओढियो) ।

  • 弟に傘をさしてあげた

    मैले भाइलाई छाता ओढाएँ (/ छाताले छेकिदिएँ / छाताले ओत दिएँ) ।

  • 傘なしで出掛けた

    ऊ छाताबिना बाहिर गयो ।

  • 雨が降るといけないから傘をお持ちなさい

    पानी परे पनि होस् भनेर छाता बोकेर जानु होला ।

2. 〔保護〕 छत्रछाया ; आश्रय ;

  • 子供たちは親の庇護の傘の下で育つ

    बच्चाहरू आमाबाबुको छत्रछायामा (/ आश्रयमा) हुर्कन्छन् ।

  • 大国の核の傘の下に守られている

    तिनीहरू विश्वशक्तिको छत्रछायामा सुरक्षित भएका छन् ।