語る
1. 〔話す〕 talk about~; tell; ~ बारे बोल्नु ; भन्नु ; वर्णन गर्नु ; ~ को कुरा गर्नु ; ~ लाई सम्बोधन गर्नु ;〔物語る〕 narrate; कथा भन्नु ; वर्णन गर्नु ;〔語らせる〕 make~ talk about; बोलाउनु ; बोल्न लगाउनु ;
彼女が語る通り
उनको भनाइअनुसार
彼に対して語った言葉
उसलाई सम्बोधन गरेका शब्दहरू
討論会で既に語られた話題
गोष्ठीमा पहिले कथित (/ वर्णित / उल्लिखित) विषय
語るに価する〔形容詞として〕
कथनीय ; भन्नुपर्ने ; कथन गर्न लायक ; वर्णनीय ; कथ्य
素晴らしい話を語る
मिठो वचन बोल्नु
権威ある仕方で語る
अधिकारपूर्वक बोल्नु
彼に集まりで問題について語らせた
मैले उनलाई सभामा समस्याहरूबारे बोलाएँ (/ बोल्न लगाएँ) ।
彼は経験談を語ってくれた
उहाँले आफ्ना अनुभवहरू बताइदिनुभयो (/ सुनाइदिनुभयो) ।
推測に基づいて語らないように
अनुमानको भरमा कुनै पनि टिप्पणी नगर्नू ।
語ることより行うことの方が雄弁だ
बोलीभन्दा काम प्रभावकारी हुन्छ ।
落ち着いた話し手は楽な気持ちで語る
निर्धक्क वक्ता भनेको आरामसित भाषण दिने वक्ता हो ।
彼は自分が語る通りに行動する
उहाँले आफू जो हँ भन्नुहुन्छ त्यही हुनुहुन्छ र जे गर्छु भन्नुहुन्छ त्यो गर्नुहुन्छ ।
要点はゆっくりと語るべきだ
मुख्य बुँदाहरूलाई ढिलो गतिमा प्रस्तुत गर्नुपर्ने हुन्छ ।
この件に関して彼は一言も語らなかった ’
यस विषयमा उसले केही भनेन ।
心に満ちあふれているものの中から口は語る
मनमा जे प्रशस्त छ; मुखले त्यही बोल्छ ।
2. 〔朗読する〕 recite; narrate; कथा पढ्नु ;
〔おのずと示す〕 देखाउनु ; भन्नु ; बोल्नु ;
あなたの祈りがあなたについて語る
तपाईंका प्रार्थनाहरूले तपाईंबारे बताउँछन् ।
いすの温もりが彼女が先ほどまで座っていたことを語っていた
कूर्सीको तातोपनले गर्दा केही समय अघिसम्म त्यहाँ उनी बसेकी थिइन् भनेर देखाउँदैथियो ।