結婚
1. a marriage; matrimony; विवाह / बिवाह * サ; बिहा / बिहे ; विवाह–बन्धन ; घरबार ; बालविवाह * 幼くして取り決められた結婚;
恋愛結婚
प्रेम विवाह (/ बिहे)
お見合い結婚
मिलाइने (/ मिलाइएको) विवाह (/ बिहे)
伝統的な結婚
परम्परागत विवाह (उत्सव)
法的結婚
कानूनी (/ कानूनबमोजिमको) विवाह
駆け落ち結婚
भगुवा–विवाह
異民族間の結婚
बिहाबारी
幼い結婚
बाल–विवाह
兄より弟が先にする結婚
परिवित्ति
不釣り合いの結婚 〔カーストによる〕差別的
अनमेल विवाह ;अनमोल विवाह *
結婚は古い遺産だと思う人たち
विवाहलाई पुरानो परिपाटी सम्झनेहरू
結婚を祝う 〔祝辞を述べる〕’’~__〔式祝宴を行う〕~
लाई को विवाहमा (/ को विवाहको लागि) बधाई (/ स्वाबासी) दिनु ;/को विवाह उत्सव मनाउनु
結婚を申し込む ~
लाई (विहे) प्रस्ताव राख्नु
ご結婚おめでとうございます
तपाईंको विवाहमा (/ विवाहको लागि) तपाईंलाई बधाई छ ।
彼との結婚関係は解消した
उसले तिनीसँगको विवाह बन्धन टुटाई ।
彼らの結婚は破綻寸前だ
तिनीहरूको विवाह भत्कन लागेको अवस्थामा रहेछ ।
彼らの結婚(関係)は崩れ始めている
उनीहरूको विवाह–बन्धन टुट्दैछ ।
彼女は当時を振り返って「私たちの結婚を救えるものなど絶対にないと思っていました」と語っている
“” त्यो समय सम्झंदै उनी भन्छिन् ः “मेरो विवाह कुनै पनि हालतमा बच्न सक्तैन भनी म निश्चित थिएँ ।”
結婚の手続きを扱う役人
विवाह–अधिकारी
結婚の行列 花婿が嫁を迎えに行く。その参列者は
जन्त *जन्ती
結婚の絆くびき
/विवाह–बन्धन ; वैवाहिक बन्धन (/ सम्बन्ध)
結婚の誓い
दाम्पत्य कर्तव्य ; विवाह वाचा
結婚の誓いに対する忠誠
दाम्पत्य–कर्तव्यप्रति (/ विवाह–वाचाप्रति) बफादारी (/ इमानदारी)
結婚の誓いが解消した
विवाहको वाचा रद्द भयो ।
彼は今結婚の準備で忙しい ’
अहिले उहाँ विवाहको तरखरमा व्यस्त हुनुहुन्छ ।
結婚のために彼女は市民権を得ようと労し続けている
बिवाहको लागि नै उनले नागरिकता लिन खोजिरहेकी छिन् ।
ある国では結婚の半分は離婚に終わっている
केही देशमाविवाह गर्नेहरूमध्ये आधा जतिले अन्तमा गएर सम्बन्ध विच्छेद गर्छन् ।
結婚している人 女 法; 女 女
विवाहितविवाहिता जोडाजोडी ; उढाउढी
結婚したばかりの夫婦
विहे भर्खरै गरेको दम्पत्ति ; विवाह गर्नमा भर्खरैको दम्पत्ति
兄より先に結婚する弟
परिवेत्ता ; परिवित्त भाइ
結婚していない
अविवाहित
正式に結婚する
कानूनी रूपले विवाह गर्नु
なんで結婚しないんだ ’
किन विहे गर्दैनौ
近く結婚します ’
म चाँडो (/ विहे) गर्दैछु ।
皆が結婚するわけではない
सबैले विवाह गर्दैनन् ।
ハリとギタが結婚することになった
हरि र गिताको बिहाको कुरो टुङ्गो (/ निर्णय / निधो) भयो ।
ぜんぶ理解して彼女と結婚した
सबै कुरा बुझेर मैले उसलाई विहे गरें ।
彼は仕事と結婚している
ऊ काममा एकचित्तले लागेको छ ।
年若くして結婚した
कलिलो (/ कम / बालककालको) उमेरमा नै उनको बिहा भयो ।
一人の姉は去年やっと結婚して行った
एउटी दिदी पोहोर साल मात्र विवाह गरेर गई ।
若くして慌てて結婚するのは良くないよ
कलिलो उमेरमै हतारपतार बिवाह गर्नु राम्रो होइन ।
結婚して一年も経たないうちに深刻な問題を抱えるようになった
विवाह गरेको वर्ष दिन नबित्दै तिनीहरूको जीवनमा गम्भीर समस्याहरू उठ्न थाले ।