UNOES日ネ辞書日本語⇄ネパール語辞書

決め込む

1. 〔決意する〕 वाचा (/ कटिबद्ध) हुनु ; निधो (/ अठोट / निश्चित) गर्नु ;

  • 本を毎日読むと決め込んだ

    मैले किताब दिनहुँ पढ्ने अठोट (/ निर्णय / पक्कापक्की / निश्चय / ठहर) गरेँ ।

  • いったん決め込んだらがむしゃらに進む

    एकचोटि जान्छु भनेपछि ऊ अघि बढ्छ बढ्छ ।

2. 〔決める〕 निश्चित गर्नु ; निष्कर्ष निकाल्नु ;

  • 彼女が犯人だと決め込むのはまだ早い

    उही नै हो अपराधी भनेर पत्याइहाल्ने बेलै भएछैन ।

  • 誰か他の人が彼の元に行くだろうと決め込まないでください

    अरू कोही व्यक्ति उनीकहाँ गइदिन्छन् नि भनेर नसोच्नुहोस्‌ ।

  • そのように決め込まないでください

    यस्तो निष्कर्षमा तुरुन्तै नपुग्नुहोस्‌ ।

3. 〔一方的に決める〕 मानिलिनु ;

  • 私たちはここで決め込むことはできません

    हामी यसमा ठोकुवा गरेर भन्न त सक्दैनौं ।

  • 私は彼が成功するものと決め込んでいた

    उनी पक्का सफल हुनेमा मेरो कुनै शंका थिएन ।

4. 〔ふりをする〕 टोपल्नु ; ढोंग रच्नु ; ~ को रूपमा चिनाउनु ; बहाना (/ ढोंग / देखवटी अभिनय) गर्नु ; स्वाङ पार्नु ;

  • 彼女は居留守を決め込んだ

    उनले घरमा नबसे जस्तो भइटोपलिन् ।

  • 聖人を決め込んで悪事を働く人がいる

    धर्मी भई टोपलेर भित्रभित्रै जाली काम गर्नेहरू छन् ।