困難
1. a difficulty; a hardship; कठिनाइ ; मुस्किल ; धौधौ ; तकलिफ ; अन्योल ; चुनौती ;〔厄介なこと〕 trouble; दु :ख ; झ्याउ ; समस्या ; दिक्क ;
治療の副作用による困難
उपचारले गर्दा प्रतिकूल असरहरूका उतारचढाउहरू
困難を覚える
कठिन (/ गाह्रो) महसुस गर्नु
どんなに困難でも
सुख दुःखमा पनि ; जति गाह्रो भए पनि
困難に満ちている
कठिनाइहरूले भरिनु
困難を克服する
कठिनाइ (/ बाधा) जित्नु (/ पार गर्नु) ; चुनैतिको सामना गर्नु
困難に立ち向かう
समस्याहरूसित लड्नु ; परिणाम भोग्नु (/ भोगिहाल्नु)
彼女は敢然に困難に立ち向かった
तिनले निर्धक्क भई कठीनाइको सामना गरिन् ।
彼は困難が待ち受けていることを知っていた
कठिनाइहरूले आफ्नो बाटो ढुकिरहेको छ भनेर तिनलाई थाह थियो ।
困難を調整してくれて君にはとても感謝している
असजिलो टारिदिएकोमा तिमीलाई मुरीमुरी धन्यवाद ।
坂を歩いた時病人には困難だった
उकालो हिँड्दा बिरामीलाई निकै धौधौ (/ कष्ट / पीडा / दुःख) भयो ।
家政を切り回すのが困難だ
उनलाई घरको व्यवहार धान्न कष्ट (/ आपत / सङ्कत) छ ।
思わぬ困難にぶつかった
सोच्दै–नसोचेको समस्यामा हामी पर्यौं ।
ここの生活はとても困難だ
यहाँ जीवन अत्यन्तै कष्टदायी (/ कष्टकर) छ ।
様な理由で困難に思える時もあるものだ
々विभिन्न कारणले गर्दा सबै बेलाबेलामा गाह्रो जस्तो देखिने घडीहरू पार गर्नुपर्ने हुन्छ ।
辞書の説明を読むだけではその言葉を理解するのは困難だっただろう
शब्दकोशको परिभाषा मात्र पढेर त्यो शब्द बुझ्नलाई कत्ति हम्मेहम्मे पर्थ्यो होला ।
行くに困難な区域
दुर्गम (/ विकट / जान कठिन) क्षेत्र
順調な時も困難な時も
सजिलो वा अप्ठयारो जस्तोसुकै परिस्थितिमा
ひどく困難な時期の体験
विकट (/ डरलाग्दो / भयङ्कर) समयका अनुभव
困難な状況が訪れると
संकटकालीन स्थिति आइपर्दा
彼はそのような困難な道を採った
उनले त्यस्तो गाह्रो बाटो छाने (/ रोजे) ।
私の困難な状況を彼は無視した ’
मेरो गाह्रोसाँगुरो (/ खाँचो / अप्ठेरो परेको स्थिति) उसले टारिदियो ।
困難な時期に彼は私の避難所のようになった
सङ्कट परेको बेला उनले मलाई ओत (/ शरण / आश्रय) दिए ।
当然これは困難な仕事になるだろう は必ず文章の始めに来る
पक्कै पनि यो चुनौतिपूर्ण काम हुनेछ । *पक्कै पनि