越す
1. 〔横切る〕 cross; काट्नु ; पार गर्नु ; तर्नु ; एक छेउबाट अर्को छेउ जानु ;〔通り過ぎる〕 pass; पार गर्नु ; जानु ;
川を越す
खोला तर्नु (/ पार गर्नु)
多くの峰を越して歩き続けた
म धेरै दिन पर्वतमालाहरू हिंडेरै पार गरेँ ।
幾つもの谷を抜けたり峠を越えたりしてひたすら進んだ
उनी उकाली ओराली गर्दैभन्ज्याङहरू पार गर्दै तिनी लगातार हिंडिरहे ।
2. 〔時を過ごす〕 pass; spend; समय बिताउनु ; बित्नु ;
この島で冬を越していた
उहाँ हिउँद काट्न यस टापुमा रोक्नुभएको थियो ।
コウノトリは暖かい地方で冬を越す
सारसहरू न्यानो ठाउँमा गएर जाडो छल्छन् ।
3. 〔「峠」と併用して「絶頂を過ぎる」〕 नाघ्नु ; पार गर्नु ;
激しい嵐も峠を越した
प्रचण्ड (/ उग्र) आँधी चरमबिन्दु नाघिसक्यो ।
暑さも峠を越した
गर्मी त्यसको चरमबिन्दु (/ पराकाष्ठा) नाघिसक्यो ।
4. 〔経過する〕
期限を越しているからこの切符は無効だ
यस टिकटको म्याद सकेको छ ।
月が越したらお前にじゃらじゃら金を渡してくれるのは彼だ ’’
महिना मरेपछि तँलाई खनखन पैसा गनेर दिने उही हो क्या
5. 〔追い抜く〕 उछिन्नु ; अघि जानु ;
6. 〔引っ越す〕 move; सर्नु ; सरुवा गर्नु ;
彼らはポカラに越した
उनीहरू पोखरामा बसाईँ सरे ।
新しく隣に越してきた人
मेरो नयाँ छिमेकी ; पल्लो घरमा सर्नेभएको छिमेकी
叔父も越してきて一緒に住むようになった
काका पनि हामीसितै बस्न आउनुभयो ।
7. 〔来る / 行く〕 पाल्नु ; * 最も敬意度が高い; जानु ; आउनु ;
どうぞ私の家にお越しください
कृपया मेरो घरमा पाल्नुहोस् ।
またお越しください
आउँदै गर्नुस् ।
どちらにお越しですか
कता (/ कहाँ) जान लाग्नुभएको
夕方時までにお越しください
कृपया साँझ पाँच बजेभित्रै आउनुहोस् (/ आईपुग्नुहोस्) ।
8. 〔まさる / 抜きんでる〕
度を越した高温で我慢比べをする
तापक्रम अचाक्ली बढाएर सहने प्रतिस्पर्ध गर्नु
同じ物なら安く買うに越したことはない
कम पैसामा किन्न सकिन्छ भने बेकारमा किन धेरै पैसा तिर्ने
敬意を表わす点で度を越すこともあり得る
कहिलेकाहीँ आवश्यकताभन्दा बढी आदर देखाउने सम्भावना पनि हुन्छ ।
お買い得には変わりないが事実を知っているに越したことはない
हुन त सस्तो होला तर सबै कुरा राम्ररी बुझ्नु बेस हो ।