暮れる
1. 〔季節が終わりになる〕 अन्त हुनु ;
秋が暮れた
शरद ऋतु गइसक्यो (/ अन्त भयो) ।
2. 〔 … しながら時を過ごす〕
悲嘆に暮れた夫婦
शोकाकुल दम्पती ; शोकले छटपटाएको (/ व्याकुल) दम्पती ; शोकमा डुबेको दम्पती
悲嘆に暮れる 第一人称には用いない;
दुःखीले (/ उदासले / शोकले) पीडित (/ भग्न हृदयको / शोकविह्वल) भएको हुनु ; शोकाकुल हुनु *आतुर हुनु ; विलौना गर्नु
涙に暮れる
अन्नाधुन्न रुनु
思案に暮れる
तर्कवितर्कमा (/ तरङ्गमा) डुबिरहनु ; मनमा विचार खेलाइरहनु
遺族は涙に暮れた
शोकाकुल परिवार शोकमा डुबिरहे । ; शोकाकुल परिवार शोकले छटपटाइरहे (/ व्यकुल भइरहे) ।
〔夜になる〕 साँझ (/ रात / अँध्यारो) पर्नु ; घाम डुब्नु (/ अस्ताउनु) ;
日が暮れる前に
घाम डुब्नुको (/ डुब्नुभन्दा) अघि
日が暮れてから
घाम डुबेपछि ; साँझ परेपछि
日が暮れてから家に帰った
साँझ (/ अँध्यारो) परेपछि म घर फर्केँ ।
日が暮れようとしている
घाम डुब्न लागेछ । ; साँझ पर्न लागेछ ।
まもなく日が暮れるでしょう
अब चाँडै घाम (/ दिन) डुब्ला ।
日が暮れると夕方になる ’
घाम अस्ताएपछि साँझ पर्छ ।
日がとっぷり暮れた
रात (/ अँध्यारो) पऱ्यो ।
とかくするうちに日が暮れた
यताउता गर्दा गर्दा सूर्य अस्तायो ।