UNOES 日本語・ネパール語辞典用例つき・無料

前

1. 〔顔の向いている方〕 सामु (/ सामुन्ने) ; अभिमुख ; अगि (/ अघि) ; अगाडि ;

  • 前をご覧

    सामुन्ने (/ अगिल्तिर / अगाडि) हेर त ।

  • まっすぐ前を見なさい

    तिम्रो अगि (/ सामु / सामुन्ने) सीधा हेर । ; अगि (/ सामु / सामुन्ने) एक टक लाएर हेर ।

  • 君たちは私の前を歩いて行きなさい

    तिमीहरू मभन्दा अगिअगि जाओ ।

  • ラフル,前を見ろ!

    राहुल, अगाडि!

連語
前の
  • 前の壁

    सामुन्नेतिरको (/ अगाडिपट्टिको) भित्ता

連語
前に
  • 前にする

    अगाडि उभ्याउनु ; देखाउनु ; उभ्याउनु ; सामु (/ सामुन्ने) पार्नु

    *「目立たせる」の慣用表現

  • 前に進む

    अगि बढ्दै हुनु (/ जानु)

  • 前に進むことも後ろに戻ることもできない

    हामी अगि बढ्न पनि सक्दैनौं, पछि हट्न पनि सक्दैनौं ।

  • 自分の前に置かれた喜びのために

    आफ्नो सामन्ने (/ सामु / अगि) राखिदिएको आनन्दको निम्ति

  • それは君の目の前にあるじゃないか

    त्यो तिम्रो ठ्याक्क अगाडि नै छ नि । ; त्यो तिम्रो आँखाको सामुन्ने छ नि ।

  • 彼はその子を守ろうと剣を振るって一歩前に進み出た

    उनी तरबार लिएर बच्चालाई बचाउन अघि सरे ।

  • それから,バターと乳,それに自分が調えた若牛を取り,その人たちの前に置いた

    तब तिनले दही, दूध र त्यो पकाएको बाछाको मासु लगेर उहाँहरूको सामु टुक्राए ।

2. 〔面前〕 सामने (/ सामु / सामुन्ने) ; अभिमुख ; अघि ; समक्ष ; ~ पूर्व *「 東 」 が原義だが पश्चिम「 西 」 が 「 ~の後 」 とはならない;

連語
前で
  • ~の前で責任を負う

    ~समक्ष जिम्मेवार हुनु

  • 公衆の前で話すのが怖い

    आम जनतालाई बोल्न मलाई डर लाग्छ । ; सार्वजनिक रूपमा बोल्न मलाई डर लाग्छ ।

  • 彼の話しのせいでよそ様の前で恥をかいた

    उसका कुराले पराईका मुखेन्जी (/ सामुन्ने / अगाडि) लाजमर्दो भयो ।

  • 彼はじいさんの前で一つ提案した

    उसले बूढासमक्ष प्रस्ताव राख्यो ।

  • 彼の前で偉そうにするなんて夢にも思わない

    उहाँको सामु ठूलो हुन खोज्ने विचार मेरो मनमा पटक्कै छैन ।

  • 彼はみんなの前で否定しながら言った「私は知らない」

    तिनले उनीहरू सबैका सामु इन्कार गरेर भने, “म जान्दिनँ ।”

  • 発音を改善する別の方法は,だれか言葉の正しい発音をよく知っている人の前で読むことだ

    उच्चारणमा उन्नति गर्न सकिने अर्को तरीका, शब्दहरू राम्ररी उच्चारण गर्ने कसैको अगाडि पढ्नु हो ।

3. 〔正面〕 सामु (/ सामुन्ने) ; अभिमुख ; अगि (/ अघि) ; समक्ष ;

  • 前から回ってください

    अगाडिपट्टिबाट जानुस् ।

  • 彼は中庭の前までの幅を測った

    तिनले भित्रको मूल–ढोकाको बाहिरपट्टिसम्म नापे ।

  • 恥ずかしくて彼女の顔を前から見られなかった

    लाज लागेर मैले उनको मुख सीधैं हेर्न सकिनँ ।

連語
前の
  • 前の壁 〔前方にある壁〕〔正面側の壁〕

    सामुन्नेतिरको (/ अगाडिपट्टिको) भित्ता ;सामुन्नेतिरको (/ अग्रभागको) भित्ता

連語
前に
  • 家の前に庭園がある

    घरसामु (/ घरको सामुन्ने / घरको अगाडि) बगैंचा छ ।

  • 家の前に車が止まった

    घरसामु (/ घरको बाहिर) गाडी थामियो (/ रोकियो) ।

4. 〔物の先の方〕

  • 前から5番目の席

    अगाडिबाट पाँचौं सीट

  • 前の車に衝突した

    अगाडिको गाडीलाई उसको गाडीले ठक्करदियो ।

  • 前につける

    अगाडि जोड्नु

5. 〔ある事柄と対した時の状況〕

  • 悪い影響力の前に屈する

    खराब प्रभावसामु झुक्नु

  • 彼女の面影が目の前にちらつく

    मलाई उसको याद मनमा झ्याट् झ्याट् आइरहन्छ ।

6. 〔今より以前〕 अगाडि ; अगि / अघि ;

  • 少し前までここにいた

    ऊ केही बेरअगि यहीँ थियो । ; ऊ एकछिन अगि (/ अगाडि) यहीँ थियो ।

  • 50年前に

    पचास वर्ष पहिलै (/ अगि नै)

  • 私が前から言ってたじゃないか

    मैले भनेकै थिएँ नि ।

連語
前から
  • ずいぶん前から観察して来たことなんだけど

    यो धेरै समयदेखि देख्दै आएको त हो...

  • 彼とは5年前からの仲間付き合いだ

    ऊ र म पाँच वर्षदेखिको मित्र हौं । ; मैले उससित पाँच वर्षदेखि मित्रता गाँसेको छु ।

連語
前の
  • 前の校長

    अघिको (/ पहिलाको / भूतपूर्व) प्रधानाध्यापक

  • 前の仕事を辞める

    पहिलो (/ पहिलाको) काम छोड्नु

  • 2ヶ月前のことだが

    यो त अहिलेभन्दा दुई महीना अगाडिको कुरा हो ।

  • お前は前のだれよりも勝って悪くなった

    दुष्टयाइँमा तँभन्दा अघिकाहरु सबैलाई तैँले उछिनिस् ।

  • 今回の教科書を買ってから前の学年の教科書を売った

    मैले यसपालीको कापी–किताब किनिसकेपछि अघिल्लो कक्षाको बेच्न सकेँ ।

連語
前に
  • 幾らか前に

    अलि (/ अलिक) समय अगाडि (/ अगि)

  • もう10年前に気づいていたらと思いますよ!

    १० वर्ष अगाडि नै मैले यो याद गरेको भए हुनेथियो ।

  • ご覧,このことは前にも話しただろう

    हेर, यसबारे हामीले पहिला पनि कुरा गरिसक्यौं ।

  • 彼女が来る前に我々は立ち去った

    उनी आउनुअगावै हामी हिँड्यौं ।

7. 〔ある時より以前〕 पहिलो ; पहिले ; बाँकी ; अगाडि ; अघि ; ~ पूर्व *「 東 」 が原義だが पश्चिम「 西 」 が 「 ~の後 」 とはならない;

  • キリスト前の出来事

    मसीहीपूर्व घटना

  • それは彼自身が死ぬ前の夜のことだった

    त्यो चाहिँ उहाँ मर्नु(भन्दा)अघिको रात हो ।

  • 結婚前の準備

    विवाहपूर्व तयारी

  • 時分前だ ’

    आठ बज्न दश मिनेट बाँकी छ ।

  • ~の前に踏むべき肝要な段階

    ~अघि चाल्नुपर्ने अत्यावश्यक कदम

  • 集会の前に戻ってくるから

    सभाअघि नै आइपुग्छु ।

  • 結婚の前に良く考えた方が良いよ

    विवाहपूर्व राम्ररी विचार गर्नु बेस हो ।

  • 何年か前に一度,東部山岳地方を歩いた時のことだった

    केही वर्षअघि एकपल्ट पूर्व पहाडतिर डुल्दाको कुरा हो ।

8. 〔順序の先の方〕

  • 前からの約束があります

    मसित एउटा भेट्ने काम छ ।

連語
前の
  • 前の半分

    क (/ अगाडिको) भाग

  • 前のページに

    अघिल्लो पानामा

  • 前の記事に述べられていたように

    अघिल्लो लेखमा उल्लेख गरिएझैं