真ん中
1. 〔中心〕 the center; the middle; केन्द्र ; केन्द्रबिन्दु ; मध्यविन्दु ; मध्य ; माझ ; बीचको भाग ; नाभि ; आधारशीला ;
部屋の真ん中にある机
कोठाको बीचमा भएको डेस्क
湖の真ん中にある島
तालको ठ्याक्क बीचमा परेको टापू
森の真ん中に
वनको माझमा (/ बीचमा)
コートの真ん中に選手は集まった
चौरको केन्द्रमा (/ माझमा) खेलाडीहरू भेला भए ।
庭の真ん中に噴水がある
बारीको ठ्याक्क बीचमा एउटा फोहोरा छ ।
立って真ん中に来なさい
उठ र बीचमा उभ ।
不幸のどん底の真ん中にあって神にこう叫んだ
आफ्नो असह्य वेदनामा तिनी परमेश्वरलाई यसरी पुकार्छन्
その待望の人が彼らの真ん中で教えていた
मानिसहरूले लामो समयदेखि प्रतीक्षा गरिरहेका व्यक्ति अब उनीहरूकै माझमा थिए ।
真ん中の点
मध्यम (/ माझको / बीचको / केन्द्रीय) बिन्दु
真ん中の部分
मध्यभाग ; माझको (/ बीचमा पर्ने) भाग
2. 〔中央の線〕
道路の真ん中を歩くな
बाटोको बीचमा नहिडं ।
彼女はケーキを真ん中から分けた
उनले केक ठीक आधा पारीन् ।
3. 〔中間〕
真ん中のレベル(高さ)
मध्यम (/ मझौलो) स्तर (/ उचाइ)
二つの山の真ん中
दुई पहाडको मध्य (/ अन्तराल / बीचको अन्तर)
真ん中の道を行く
मध्यम मार्गमा जानु ; बीचमा पर्ने बाटोमा जानु
真ん中の状態
मध्यम (/ साधारण / सामान्य / नबढी वा नघटीको) अवस्था
道の真ん中で彼女に会った
मैले बाटोको ठ्यक्क बीचमा उनलाई भेटेँ ।
これは真ん中の娘です 娘三人の中の真ん中なら
यो मध्यम छोरी हो । ; *माहिली
月の真ん中で
महिनाको बीचमा ; मध्ये महिनामा