先ず
1. 〔最初に〕 first (of all); सुरूमा ; आरम्भमा ; पहिलो कुरा ; (/ सबैभन्दा) पहिला ; प्रथमतः ; सर्वप्रथम ;〔何よりも〕 above all; सबैभन्दा माथि ;
どうして先ず私に話さなかったんだ
किन पहिल्यै नभनेको?
先ず,彼らはタバコを吸うなんてことはないし,その名前すら聞かれない
पहिलो कुरा, तिनीहरूले चुरोट खान त परै जाओस् यसको नाम समेत लिंदैनन् ।
先ずは家からその家畜業者を追い出す連中を探そう
सबैभन्दा पहिला, त्यो गाईवस्तु व्यापारीलाई हाम्रो घरबाट घोक्य्राउन इन्साफ गर्नेहरूलाई भेटौं ।
来いよ,先ずはハードウェアの達人・ビノドを紹介しよう
आइज, पहिला हार्डवेयर मास्टर विनोदलाई चिनाउँछु ।
あなたがまず歩み寄ったので彼らはどれほどほっとしたことか
तपाईं आफै अघि सर्दा तिनीहरूले कस्तो ढुक्क महसुस गरेको हुनुपर्छ ।
売れる需要があるかどうか先ず考えるべきだ
बेच्नको लागि बजारमा माग छ कि छैन भनेर पहिल्यै विचार गर्नुपर्छ ।
2. 〔ともかく / 何はともあれ〕 हालको निम्ति ; केही समयका लागि ;
先ず一休みしませんか
जस्तो भए पनि आराम गरौं न हुन्न?
先ず一安心
हालैको निम्ति ढुक्कै भयो ।
3. 〔たぶん / まあ大体〕 लगभग ; प्रायः ; धेरैजसो ; अक्सर ; झण्डै ; करिब / करीब ;
さて,困ったことになるのは先ず間違いないだろう
अब समस्या हुने कुरा त लगभग पक्का नै छ ।
私は雨季には先ず村へは行かない
वर्षा–ऋतुमा म प्रायः (/ अक्सर) गाउँतिर जाँदिनँ ।
先ずは大丈夫,うまく行くよ
अब धेरैजसो राम्रै जान्छ जस्तो लाग्छ ।
大概の状況で私たちはすべての事実を知ることは先ずできない
प्रायजसो अवस्थामा हामीलाई सबै सत्यतथ्य थाह हुँदैन ।