UNOES 日本語・ネパール語辞典用例つき・無料

-も

1. 〔もまた〕 too; also; either; पनि ; समेत ; सहित ; तथा ; लगायत ;

  • 私も含めて全員

    हामी सबै, म लगायत (/ समेत)

  • 金も銀も銅も

    चाहे सुन, चाहे चाँदी, चाहे तामा

  • 君もか

    तिमी नि?

  • 私も来ません

    म नि (/ पनि) आउँदिनँ ।

  • 私もそうよ

    म पनि त त्यही हो ।

  • 君もそうしなさい

    तिमी पनि त्यसै गर ।

  • 「お早う」「私からもお早う」

    गुड्मर्निङ्ग ।" "मेरो (तर्फबाट) पनि गुड्मर्निङ्ग ।"

  • 私が行っても大丈夫かな

    म गए पनि हुन्छ?

  • 私も行って大丈夫かな

    म पनि गए हुन्छ?

  • 水もなければ電気もない

    न पानी छ न बिजुली (छ) । ; पानी पनि छैन, नत बिजुली नै (छ) ।

  • 私たちも物理学の専門家も引力について十分に理解できていない

    गुरुत्वाकर्षण शक्तिबारे न हामीले पूर्णतया बुझ्न सकेका छौं न त पोख्त भौतिकशास्त्रीहरूले नै बुझ्न सकेका छन्‌ ।

  • 私も彼を知っている

    म पनि उनलाई चिन्छु ।

  • 君も行って楽しんで欲しいと私も思うよ

    तिमी पनि गएर रमाइलो गरेको म चाहन्छु नि ।

  • 彼は僕にアドバイスと共に金もくれた ~と言うだけでも十分かもしれない ~

    उनले मलाई सल्लाह दिएअनि पैसा पनि ।भने मात्र पनि पुग्न सक्छ ।

  • 入院期間は症状によっても違うが,普通1~2ヶ月もすれば十分だろう

    अस्पतालमा बस्ने अवधि लक्षणअनुसार फरक हुन्छ र साधरणतया १ देखि २ महिना जति बसे पुग्छ ।

  • でもお父さん,あなたが分かっていないのもこのことなんです

    तर ड्याडी, तपाईंले नबुझेको कुरा पनि त्यो हो ।

  • それからここともおさらばだ

    त्यसपछि यहाँबाट फूट!

  • そしてお前にもそうして欲しいと願っている

    अनि तैले त्यसै गरोस् भन्ने चाहन्छु ।

  • 君が悪態をつかないから,私も悪態をつかなくて済むのよ

    तिमीले फोहोर नबोलेपछि मैले कसरी बोल्नु? तिमीले बोलेको नसुनेपछि मैले कसरी बोल्नु?

  • ウパスナもそう言ってたぞ,「この人には参った」って

    उपासना पनि त्यसै भन्थी । यो केटा कमालको छ है ।

  • 彼は私にも乗って一緒に座るよう勧めた

    तिमीले मलाई पनि छोडेर तिनको साथमा बस्नलाई बिन्ती गरे ।

2. 〔同種の事物の列挙〕 and; as well as; र ; तथा ; अनि ;〔二つの物のとき〕 both...and; दुवै पनि ;

  • 男も女も老いも若きも皆で

    पुरूष तथा स्त्री, जवान तथा वृद्ध सबैले

    *「老いも若きも」は順番が逆になる

  • 足だけでなく,手も頭も洗う

    खुट्टा मात्र होइन, तर हात र शिरसमेत धुनु

  • 彼らは彼だけでなく彼の弟も殺す策略を弄した

    तिमीहरूले उनलाई मात्र होइन तर उनको भाइलाई समेत मार्ने षड्यन्त्र रचे ।

  • 僕もお父さんも君をとめることはできないんだ

    न मैले न ड्याडीले तँलाई रोक्न सक्नुहुन्छ ।

  • 君の行動で彼を喜ばせることも悲しませることもできる

    तिम्रो आफ्नो व्यवहारले उहाँलाई जखुसी वा दु:खी बनाउँन सक्छ ।

  • 何処にも彼がやったとも彼女がやったとも書かれていない

    यसमा कतै पनि न त तिनले न उनले गरे भनी उल्लेख गरिएको छ ।

3. 〔さえ〕

  • 水もない

    पानी पनि छैन ।

    *पानीसमेत छैनは前者より強い意味

  • 違いはなかったともいってよい

    भिन्नता नै थिएन भने पनि हुन्छ ।

  • 一つも残さないだろう

    एउटै कुरा पनि छोडिनेछैन ।

  • そこは摂氏50度にもなる

    त्याहाँ ५० डिग्री सेल्सियससम्म हुन्छ ।

  • 熱が38度9分もあった

    उसको तापमान (/ तापक्रम) १०२ ताप फारेनहाइटसम्म थियो ।

4. 〔全て〕

  • 何も見えなかった

    केही पनि देखिएन । ; हेर्नको लागि केही थिएन ।

  • どこも悪いところはない

    कतै (/ कहीँ) गलत (/ गल्ती) छैन ।

  • だれもが彼の勝利を信じていた

    सबै जनालाई विश्वास थियो कि उसले जित्छ भनेर । ; उसले जित्छ भनेर सबै ढुक्क थिए ।

  • 町はどこもかしこも雪景色だった

    पुरै सहर (/ गाउँ) हिउँले ढाकिएको थियो ।

5. 〔強調〕 ~ चाहीं ; पनि ; समेत ;

  • 1度だけでなく2度も

    एकचोटी मात्र होइन दुईदुई चोटि

  • 彼が亡くなって3年も経たない内に

    उसको मृत्यु भएको ३ वर्ष भन्दा कम समयमा

  • 3時間も待った

    म तीन घण्टासम्म बसें

  • 3日もあればやれますよ

    मेरो विचारमातिन दिन जतिमा यो सकाउँछु होला ।

  • 時間も議論したが彼は考えを変えなかった ’

    हामीले एकघण्टासम्म बहस गर्‍यौं तर उसले विचार बद्लेन ।

  • 彼らは年に3度も長旅をする

    उनीहरू वर्षको तान-तीनचोटि यात्रा गर्छन । तिनीहरू एक वर्षमा तीन पटक सम्म यात्रा गर्छन ।

  • もう4年も過ぎたんだ!

    चार-चार वर्ष भैसक्यो नि

  • 我々が考えもしない時に

    हामीले सोच्दै नसोचेको समयमा ; हामीले नचिताएको समयमा ।

  • 少年は少しも怖くなかった

    सानो केटालाई अलिकति पनि डर लागेन । केटाको मुहारमा अलिकति मात्र पनि डर थिएन

  • 何週間も前からこのコンサート,楽しみにしてるって言ってるのに!

    हप्तौं अघिदेखि यो कन्सर्ट हेर्ने भनिराखेको थिएँ ।

6. 〔含みを持たせて〕

  • わずかな違いすらなかったとも言える

    भिन्नता नै थिएन भने पनि हुन्छ ।

  • そのような訳でこの説は間違っているとも言える

    त्यसकारण यो विचार गलत भन्न पनि सक्छ ।

慣用表現

〔接続助詞〕

〔たとえ~でも〕

  • 彼にはその気もないが

    उसले नचाहँदा-नचहाँदै पनि

  • 行っても行かなくてもよい

    तिमी गए पनि नगए पनि हुन्छ ।

  • あの店はいつ行っても決して開いていない

    त्यो पसल जहिल्यै गए पनि खुल्ला हुँदैन ।

  • あんな悪い店,どこに行っても見つからない

    त्यस्तो नराम्रो पसल चाहिँ कहीँ पनि पाइन्दैन ।

  • あの店に,だれも正直者はいない

    त्यसको पसलमा कोही पनि ईमानदार (/ ईमानदारी) छैन ।

  • あの店に,何も良い物は売っていない

    त्यसको पसलमा केही पनि राम्रो चीज बिक्री गरिएको छैन ।

  • いつ行っても留守だった

    जहिले गए पनि ऊ बाहिर ।

  • 遅くとも7時には帰るでしょう

    ढिलोमा पनि ७ बजेसम्म त ऊ फर्कन्छ होला ।

〔係助詞〕