問題
1. 〔試験問題〕 a question; प्रश्न ; सबाल / सवाल ;〔解答に計算 / 作図などを必要とする問題〕 a problem; प्रश्न ;
問題の正しい答え
प्रश्नको सही (/ ठीक) जवाफ
問題に答える
उत्तर (/ जवाफ) दिनु (/ निकाल्नु)
数学の問題を解く
म्याथको उत्तर निकाल्नु (/ खोल्नु / खुलाउनु)
一つ問題を出しましょう
एउटा प्रश्न (/ सबाल) निकालूँ (/ सोधूँ) ।
2. 〔解決すべき事柄〕 a question; a problem; समस्या ; प्रश्न ; चुनौति ; मामिला ; सबाल ; उपद्रव ; बबाल * 大問題;〔係争点〕 an issue; प्रश्न ; चुनौति ; विवाद ; मामिला ; झगडा ;〔課題〕 a subject; कुरा ; विषय ;
生死に関わる問題
जीवन र मृत्यृको सवाल
世界的問題
विश्वव्यापी चुनौती (/ समस्या / प्रश्न)
金銭上の問題
पैसाको मामिला (/ समस्या)
問題の答え
समस्याको (/ सबालको) एउटा समाधान
問題を抱える
समस्या भोग्नु
問題に正面から取り組む
समस्याको सीधै सामना गर्नु
人口過剰は世界の問題だ
अति जनसंख्या सबैलाई असर गर्ने समस्या (/ प्रश्न / सबाल) हो ।
これは大した問題には思えない
त्यो त यो कुरासित खासै सरोकार छैन जस्तो छ ।
彼らは問題を抱え落胆している
उनीहरू आपत्मा परेर निराश भएछन् ।
良心の関係する問題が生じた
अन्तस्करणसम्बन्धी प्रश्नहरू उठे ।
問題だらけで圧倒された
समस्यै समस्याले मलाई हल न चल पाऱ्यो । ; समस्याले मलाई पुरै गाभेको छ ।
次にやって来る問題に圧倒されている
々म एकपछि अर्को समस्याको बोझले दबिएको छु ।
これは避けて通れない問題だ
यो हामीले पन्छाउन (/ हटाउन) नसक्ने समस्या हो ।
この問題は手のつけようがない
यस समस्याको कुनै समधान छैन । ; यस समस्यालाई सुल्झाउन सम्भव (/ कुनै उपाय / कुनै तरीका) छैन ।
その問題について話すのはやめておきましょう ’「するまでもない」の慣用表現
त्यसबारे (/ त्यस विषयबारे) त कुरै नगरौं । *
あなたの意見は問題の中心を外れている
तपाईंको अभिप्राय (/ विचार) विषयबस्तुभन्दा (/ मूल विषयभन्दा) बाहिर गएछ ।
彼は体力や知力を尽くして問題に当たった
तिनले बल–बुद्धि लगाएर समस्याको सामना गरे ।
結婚して一年も経たないうちに深刻な問題を抱えるようになった
विवाह गरेको वर्ष दिन नबित्दै तिनीहरूको जीवनमा गम्भीर समस्याहरू उठ्न थाले ।
その問題はまだ宿題だ
त्यो हल गर्न अझै बाँकी नै छ ।
3. 〔論争 / うわさの材料となるもの〕 मामिला ; विवाद ; विषय ; समस्या ; वार्ता ; वार्तालाप ;〔もつれ , 紛糾〕 entanglement; झमेला ; झगडा ;
問題発言
शंकास्पद शब्दहरू
~を問題にする ~
लाई विवादको विषय बनाउनु
宗教を問題にする
धर्मको कुरा उठाउनु
不必要な問題を止める
अनावश्यक झमेला रोक्नु
私たちは)小さな個人差を大きな問題にしてしまった
सानातिना भिन्नताहरूलाई ठूलो विवादको विषय बनाइसक्यो ।
問題は私たちがそれを求めるかと言うことです
यस्तो प्रश्न उठ्छ–के हामी यो माग्छौं
ここのはまだ問題にもなりません。なぜなら世界中がこの問題に陥っているからです
यहाँ कुरा त परै जाओस् (/ यहाँको कुरा त कता हो कता)संसारभरि नै यही समस्यामा फसेको छ ।
問題の映画
फिल्म जसको चर्चा हुँदैछ
問題の多い作品
विवादास्पद काम
4. 〔困った事柄〕 trouble; कष्ट ; बाधा ; फन्दा ; समस्या ;
問題だらけの
समस्याग्रस्त ; समस्यै समस्या भएको
問題を起こす
समस्या खडा गराउनु ; उपद्रव मचाउनु
問題に陥る
फन्दामा पर्नु
ラフルには何の問題もないようだ
हाम्रो राहुललाई त कुनै आपत्ति छैन ।
幸福でいるなら問題を減らすことにもなる
आनन्दित भए त्यसले समस्याहरूलाई नगण्य तुल्याउन सक्छ । / आनन्दले समस्यालाई हराउन सक्छ ।
若者は悪い交わりが原因で問題に陥いるものだ
खराब संगतमा परेर नै त जवानहरू समास्यामा पर्छन् ।
問題のない人生
समस्यामुक्त जीवन
何も問題のない生活を送っている人などだれもいない ’
कसैको जीवन पनि समस्याबाट पूर्णतः मुक्त छैन ।