無駄
1. a waste; wastefulness; vain; बेकार ; खेर khera ; व्यर्थता ; व्यथृता ; फलविना ;
費用の無駄
खर्चको अपव्यय ; फजुल खर्च ; अनकावश्यक व्यय
そんなことは時間の無駄だ
त्यस्तोले समय नाश (/ खेर) हुन्छ ।
何をやっても無駄だ!
केही (काम) लागेन
この旅は無駄だった
म यो यात्रामा व्यर्थै निस्केछु ।
奴と喧嘩しても無駄だ ’
उससित बहस गरेर फाइदा छैन ।
彼に何を言っても無駄だよ ’
उसलाई सम्झाउन व्यर्थ छ ।
政府は車両のための無駄を減らすべきだ
सरकारले सवारी साधनका लागि हुने अपव्यव घटाउनुपर्छ ।
彼らが払った全ての犠牲が無駄でなかったことが保証された
तिनीहरूले गरेका ती सबै त्यागहरू बेकारमा (/ व्यर्थमा) थिएनन् भन्ने आश्वासन दिइएका थियो ।
無駄な支出
फजुल (/ नचाहिँदो / बिनासित्तिको) खर्च
無駄な努力
व्यर्थ (/ निरर्थक / बिनसित्तिको) प्रयास
どもって口をつく無駄な言葉 「ああ」「ええっと」「そのお」などの無駄な挿入語
थेगो *
無駄な話はよせ
नचाहिँदो कुरा नगर् । ; भएनभएको (/ बेसी / बढी) कुरा नगर् । ; रङ्ग न ढङ्गका कुरा नगर् ।
彼には無駄な忠告だ
उसलाई दिएको अर्ती व्यर्थमा खेर जान्छ । ; अर्ती दिनु व्यर्थ छ ।
いくら風を捕まえようとしてもそれは無駄なことだ
बतासलाई पक्रन खोज्नु निरर्थक हो ।
彼を説得しようとしても無駄だよ
तिनलाई बुझाउन खोज्ने कुनै काम छैन ।
あの人の言うことは無駄なことばかりだ
उसको कुराको केही मतलब (/ अर्थ) छैन ।; उसले ताल नबेतालको कुरा मात्र गर्छ ।
無駄に労する
無駄に大きな声で
अनावश्यक जति ठूलो स्वरले ; नचाहिँदो गरी ठूलो स्वरमा
無駄に私に怒った
ऊ सितैंमा (/ बिनासित्ती / व्यर्थमा / अकारण) मसँग रिसायो ।
彼の努力は皆無駄に終わった
तिनको प्रयास सबै बेकार (/ व्यर्थ) भयो ।
どうして無駄に心配するの
बेकारमा किन पीर गर्ने
水が無駄になっているよ
पानी खेर जाँदैछ ।
招待客があまり来なくて料理が無駄になった
निम्तालुहरू कम आएकाले खानेकुरा त्यसै बिग्रियो (/ नासभयो / बरबाद भयो) ।
その問題において私の努力は無駄にならなかった ’
त्यो समस्यामा मेरो प्रयास लाग्यो (/ मेरो प्रयासले काम दियो) ।
どんなに努力すべきでもその努力は無駄にならない ’
निकै प्रयत्न गर्नुपर्ने हुन सक्छ तर यो प्रयास बेकार जाँदैन ।
彼らの努力は無駄になるだろう
तिनीहरूको प्रयास बेकारमा जानेछ ।
彼はくだらない会議の時間が無駄になった嘆いた
उनले बैठक खोक्रो (/ सारहीन) भएको र धेरै समय खेर गएको भन्ठाने ।
金を無駄にする
पैसा खेर फाल्नु ; पैसा नष्ट गर्नु
つまらないことに時間を無駄にする
नचाहिँदो कुरामै समय फाल्नु
時間を無駄にするな
समय खेर नफाल ।
子供がご飯を無駄にした 「食べ残した」ということ
बच्चाले भात फ्याँक्यो (/ त्याग्यो / छोड्यो)। *
するすると言いながら何もしないで一月を無駄にした
काम गर्छु भनेर उसले एक महिना टाऱ्यो (/ उसले केही नगरी एक महिना बितायो) ।
父は受けた教育を私が無駄にしたと感じた ’
बुबालाई मैले आफ्नो शिक्षालाई खेर फालेको जस्तो लाग्यो ।
君の才能を無駄にするなんて罪だよ
तिम्रो यो खुबीलाईखेर फाल्नु त पापै हो ।
これまでの貴重な訓練を君には無駄にして欲しくないと思う ’
तिमीले पाएको राम्रो प्रशिक्षण त्यसै खेर गएको म चाहन्नँ ।
残された貴重な時間を無駄にはしない ’
बाँकी रहेको अमूल्य समयलाई हामी खेर फाल्नेछैनौं ।