向かう
1. 〔その方に顔を向ける〕
正面に向かう
सीधैं (/ सोझै) हेर्नु
将来に向かう
भविष्यको सामना गर्नु ; भविष्यतर्फ लाग्नु
向かって左側が台所だ
तपाईंको बायाँपट्टि भान्सा हुन्छ ।
窓はぜんぶキルティプルに向かって開いていた
झ्यालहरू किर्तीपुरतिर खुला थिए ।
鳥に向かって銃で発ばーんと撃った
उसले बन्दुकले चरालाई ड्याङ्ङ हान्यो ।
法王は群衆に向かって手を振った
पोपले भीडलाई हल्लाए । ; पोपले भीडलाई इशारा गरे ।
閑散とした観客に向かって熱心に話し掛けた
उसले छर्किएर बसेका स्रोतालाई जोसकासाथ बोल्यो ।
2. 〔~に対して〕
面と向かって悪口を言う ~~
को मुखमा बोल्नु ; मुखमुखैको कुरा काट्नु
親に向かって口答えする
आमाबुबासित मुखमुखै लाग्नु ; आमाबुबालाई ओठजवाफ लगाउनु (/ दिनु) ; आमाबुबाको विरूद्धमा बोल्नु
彼に向かってよくそんな事が言えるね
उहाँको मुखै अगाडि भन्न कति आँट गरेको उहाँको सामुन्ने भन्ने कति आँट
彼女は私に向かって怒った
उसले मलाई रीस गरी । ; ऊ मसँग रिसाई । ; उसलाई मसित (/ मदेखि) रीस उठ्यो ।
彼は私に向かって激怒した
उसले मविरुद्ध रोष (/ रिस) प्रकट गऱ्यो ।
彼は敵に向かって勇敢な行動をとった
उनले शत्रूविरूद्ध साहसी कदम चाले ।
彼らに向かって海の波はどんどん大きくなって行った
तिनीहरूका विरूद्धमा समुद्रका छालहरू झनझन् बढ्दै गए ।
3. 〔~の方向へ行く〕 ~ मा (/ तर्फ / तिर / पट्टि) जानु (/ लाग्नु) ;
ポカラに向かう
पोखरा(मा) जानु ; पोखरातर्फ (/ पोखरातिर / पोखरातरफ) लाग्नु
どんどん終わりに向かう
झन्झनै अन्ततिर पुग्नु
会場に向かうよう取り決める
भेला हुने ठाउँमा जाने प्रबन्ध गरिनु
彼は家に向かった
ऊ घरतिर चल्यो (/ गयो / हिँड्यो) ।
討論会に主賓は向かった
गोष्ठीमा प्रमुख अतिथि पाल्नुभयो (/ जानुभयो / पाउ लाग्नुभयो) ।
彼は朝早く外国に向かって家を後にした
ऊ बिहानै घरबाट परदेशका लागि बिदा (/ बिदाइ) भयो ।
目的地に向かう道がどれか分からない ’
पुग्नुपर्ने ठाँउ जाने बाटो कुन हो भन्ने कुरा पक्का भएको छैन ।
シセラはバラクがタボル山に登ったことを聞くと直ちにすべての戦車と軍を呼び集めキションの奔流の谷に向かった
बाराक ताबोर डाँडामा उक्लेका छन् भन्ने खबर सुनेर सीसराले तुरुन्तै आफ्ना सारा रथ अनि फौजहरूलाई किशोनको खोल्चामा भेला गराए ।
君はどこに向かっているのかい
तिमी कहाँ (तिर) जाँदै छौ
彼は船に向かって泳いでいった
ऊ जहाजतिर पौडेर गयो ।
飛行機はボンベイに向かって飛び立った
हवाईजहाज भुइँ छोडेर बम्बईतिर उड्यो ।
彼らは自分たちの方に向かって下って来ていた
तिनीहरू हामीतर्फ झर्दैथिए ।
4. 〔~の状態になって行く〕
この長期にわたる法的な闘いの第局面に向かおうとしていた
अब उनीहरू यस कानुनी लडाइँको चौथो चरणमा प्रवेश गर्न तयार थिए ।
春に向かっている がなければ「春が始まろうとしている」の意
वसन्त (तर्फ) लाग्दैछ ।*तर्फ
一致に向かって前進する
एकतातर्फ (/ एकापट्टि) अघि बढ्नु
彼は快方に向かっている
ऊ निको हुँदैछ (/ हुन लागिरहेछ) ।
5. 〔歯向かう〕
敵に向かう
शत्रूविरूद्ध अघि बढ्नु ; शत्रूतिर (/ शत्रूतर्फ) बढ्नु
男が向かって来た
एउटा पुरूष मतर्फ (/ मप्रति) आयो ।
風に向かって進む
हावाको विरुद्ध हिँड्नु । ; हावातिर फर्केर हिँड्नु ।