UNOES日ネ辞書日本語⇄ネパール語辞書

向ける

1. 〔向かせる〕 turn; fix; स्थिर राख्नु ; मोड्नु ; ताक्नु ; खिच्नु ;〔注意 / 気持ち〕 turn; be attaracted; आँखा गाड्नु ; आकर्षित गर्नु ; सम्बोधन गर्नु ; लगाउनु ; (ध्यान) खिच्नु ;

  • 窓の方に顔(目)を向ける

    झ्यालतिर मूख (आँखा) मोड्नु

  • 顔を上に向けて

    मुख ताकेर (/ लक्ष्य गरेर)

  • 注意を自分に向かせる向けさせる ’

    /अरूको ध्यान आफूतिर मोड्नु

  • 獲物を向けて銃を構える

    सिकारलाई बन्दुकले ताक्नु (/ लक्ष्य गर्नु / सौभ्याउनु)

  • 印刷面を上に向けてセットしなさい

    छापिने भागलाई मास्तिर फर्काउने गरी सेट गर्नुहोस् ।

  • 運転手はバスを東方に向けた

    चालकले बस पूर्वतर्फ मोड्यो (/ फर्कायो / बदल्यो / लगायो) ।

  • ピストルを男に向けた

    उसले त्यो मान्छेतिर (/ मान्छेलाई) पिस्तोल(ले) ताक्यो ।

  • 新しい事態に皆の注意を向けた

    उसले नयाँ स्थितिमा सबैको ध्यान खिच्यो ।

  • どんな事柄に注意を向けるべきか

    के कस्ता कुराहरूलाई ध्यान दिनुपर्छ

  • 彼はもう一度その点に皆の注意を向けた

    उनले त्यो कुरातर्फ (/ कुरामा) हामी सबैको ध्यान पुनकेन्द्रित गराए ।

  • 起き得る困難にも私たちの注意を向けている

    उठ्ने चुनौतीहरूमाथि पनि हाम्रो ध्यान आकर्षित गर्छ ।

  • 私に矛先を向けた

    उसले मलाई भालाको चुच्चोले ताक्यो ।

  • 彼は望遠鏡を空に向けた

    उसले दूरदर्शक यन्त्र आकाशतिर घुमाए ।

  • 居間は海に向けて窓を広くとった

    बैठक कोठाको झ्याल समुद्रतिर फर्काएर ठूलो बनाइयो ।

2. 〔めがける〕 लाग्नु ; जानु ; राख्नु ;〔ねらう〕 aim at (/ for)~; ~ को उद्देश्य (/ लक्ष्य) राख्नु (/ गर्नु) ; लक्षित हुनु ; सोझ्याउनु ; ताक्नु ;

  • アジアに向けて出発した

    उनीहरू एसियाको यात्रामा (/ भ्रमनमा) निस्के (/ लागे / छोडे) ।

  • 討論会に主賓は足を向けた

    गोष्ठीमा प्रमुख अतिथि पाल्नुभयो (/ जानुभयो / पाउ लाग्नुभयो) ।

  • 目的地に向かう道がどれかはっきりしない

    पुग्नुपर्ने ठाउँ जाने बाटो कुन हो भन्ने कुरो पक्का भएछैन ।

3. 〔行かせる〕 send ; जानदिनु ; जान लगाउनु ; पठाउनु ;

  • 使者を向ける

    हुलाकी (/ कटकाल) पठाउनु

4. 〔充てる〕 apply to~; सुम्पनु ; असाइनमेन्ट दिनु ; तोक्नु ; नियोजना (/ विनियोजना / निर्दिष्ट / निर्धारित / बाँडफाँड) गर्नु ; खटन पटन गर्नु ; खटाउनु ;

  • 心を研究に向けた

    उसले दिमागलाई पढाइका (/ अध्ययनका) लागि खटायो (/ सुम्प्यो) ।

  • 金を旅費に向けた

    मैले त्यो पैसा यात्राका लागि लगायो (/ खटायो) ।