無い
1. 〔存在しない〕 छैन ; नहुने ; नभएको ;
家が無い人たち
घर नभएका मानिसहरू ; घरबारविहीन मानिसहरू
男性には無い女性の特質や能力
पुरुषमा नभएका स्त्रीका गुण तथा योग्यताहरू
市場には何も無い
बजारमा सून्य छ ।
お化けなんて無い
भूत जस्तो त छँदैछैन ।
私の家は無い 〔所帯がない〕
मेरो घर छैन । मेरो परिवार छैन । ; मेरो ठेगाना छैन ।
水も無ければ電気も無い
न पानी छ, न बिजुली (छ) । ; पानी पनि छैन, न त बिजुली (छ) ।
答える者は無かった
उत्तर फर्काउने कोही पनि थिएन ।
この手紙に日付が無い
यस चिठीमा मिति छैन ।
願っても無い機会
सुनौलो मौका
彼らは弟についてあること無いことなんでもしゃべっていった
तिनीहरूले भाइको भए नभएको सबै कुरा बताउँदै गए । .
喧嘩しても何も無かったかのように振舞う
झगडाको बेवास्ता गरेर ऊ अहिले साखिलो (/ साँचिलो / साखुल्ले) हुन खोज्छ ।
*女性はसाँचिली, साखिल्ली
家なんてどこにも無いし,食べるものをろくに無い
घर त छैन–छैन, खाना पनि नखानू?
*「無い」という事実を強調している
これはここには無いぞ。どこか他を探そう
यो यहाँ छैन, अरू कहाँ खोज्नू?
この問題は手のつけようが無い
यस समस्याको कुनै समधान छैन । ; यस समस्यालाई सुल्झाउन सम्भव (/ कुनै उपाय / कुनै तरीका) छैन ।
2. 〔持っていない〕
金が無い
मसित (/ मेरो खल्तीमा) पैसा छैन ।
宗教に興味が無い
धर्मप्रति मेरो चासो छैन । ; मलाई धर्मप्रति चासो लाग्दैन । ; मैले धर्मलाई चासो राख्दिनँ ।
子供が無い
मेरो बच्चा (/ सन्तान) छैन ।
もう言うことは無い
अब मैले भन्ने कुरा छैन ।
希望が全く無いというわけではない
आशा मारिहाल्नुपर्ने अवस्था भने छैन ।
理由も無く戻って行くわけ無いだろう
उनीहरू बिनाकारण किन फर्के होलान् र?
3. 〔なくしたり , 使ったりしてない〕
現金が無い
मसँग पैसा छैन ।
私の本が無い
मेरो किताब हरायो ।
4. 〔来ない〕
彼から電話がまだ無い
मलाई उसबाट फोन् आएछैन ।
5. 〔他に比べるものがない〕
あの時の彼女の喜びようったら無かった
त्यतिसम्म उनी खुसी भएका मैले पहिला कहिल्यै देखेको थिइनँ । ; त्यसबेलाको जस्तो उसको खुसी अहिलेसम्म थिएन ।
6. 〔とんでもない〕
そういう言い方は無いだろう
त्यस्तो भन्नु त हुँदैन नि? ; मलाई त्यस्तो भन्छौ? ; कसरी मलाई त्यस्तो भन्न सक्छौ?