泣く
1. 〔声を出して〕 cry; आवाजसित रुनु ; धेरै रुनु ;〔わんわん〕 ठूलो स्वरले रुनु ; चिच्याएर रुनु ;〔涙を流して〕 shed tears; weep; आँसु झार्नु ; आँसु बगाएर रुनु ; पिलपिल रुनु * ぽろぽろと;〔すすり泣く / 泣きじゃくる〕 blubber; sob; धुरूधुरू (/ अन्ना - धुन्नसँग / ग्वाँ - ग्वाँ) रुनु ; स्वाँक्क स्वाँक्क गर्दै रुनु ; रुवाबासी गर्नु ;〔しくしく〕 wail; lament; सुक्कलुक्क रुनु ; पिलपिल गर्नु ;〔子供がめそめそ泣く〕 whimper; पिलपिल गर्नु ; अतालिनु ; रुन्चे बोली गर्नु ;〔わっと泣き出す〕 break down; एक्कासि रून थाल्नु ; अभिभूत हुनु ; च्याँ गर्नु * 幼児が;〔べそをかく〕 be ready to cry; स्वाङ गर
嬉しくて泣く
आनन्दले (/ हर्षले) रुनु
悲しくて泣いた
दुःख लाग्नाले (/ लागेकोले / लागेको हुनाले) म रोएँ ।
傷の痛みに患者は泣いた
घाउको पीडाले बिरामी रोयो ।
なんで泣いてるの
किन रुँदैछौ
妹の重病でしくしく泣き出した
बहिनी सिकिस्त बिरामी परेकाले ऊ पिलपिलाउन (/ पिलपिल गर्न) थाली ।
大声を出して泣き出した
ऊ डाँको (/ चर्को आबाज) छोडेर रुन थाली ।
泣かずにはいられなかった
म नरोई सकिनँ । ; मैले आँसु थाम्न सकिनँ ।
赤子が夜中じゅう泣いた
बालक रातभरि रोयो ।
子供があーんと泣き出した
बच्चाले च्याँ (/ पीँ) गर्न लाग्यो । ; बच्चा चिच्याइचिच्याइ रुन लाग्यो ।
母は泣きながら娘に秘密を打ち明けた
आमाले छोरीलाई आफ्नो गुप्त कुरो रोइकन (/ आँसुसित) खुलाईन् ।
彼女が死んで家の者は一斉に泣いた
उनी मर्दा घरमा रुवाबासी (/ रोइकराइ) मच्चियो ।
小さい頃よく泣いたものだ
म सानो हुँदा धेरै रुन्थें ।
彼女は今にも泣きそうだった
ऊ रून आँटेकी थिइ ।
実家に行く度に親を見て泣く
म माईत गएपिच्छे (/ म हरेक पटक माईत जाँदा) आमाबुबा देखेर रुन्छु ।
彼女は恥ずかしくて泣いた
लाजले ऊ रोई ।
彼女は外に出ておいおいと泣いた
तिनी बाहिर निस्केर धुरूधुरू रोइन् ।
彼女は深く傷つき泣くだけ泣いた
उनको साह्रै चित्त दुखेर रुनसम्म रोइन् ।
泣くのをこらえた
उनले आँसु थामिन् ।
泣きたいだけ泣きなさい
जति रुन मन लाग्छ त्यत्तिकै रोओ ।
もう再会することはないと言う彼の言葉を聞いて皆すすり泣いた
「」तिनीहरूले उनलाई फेरि देख्नेछैनन् भनी उनले बताउँदा तिनीहरू सबै अन्नाधुन्नसँग रोए ।
喜ぶ者たちと共に喜び泣く者たちと共に泣きなさい
आनन्द गर्नेहरूसँग आनन्द गररुनेहरूसँग रोओ ।
いつも自分でがっかりして泣く以外は何もできなかった
म आफै चित्त दुखाएर रुनेबाहेक अरू केही गर्न सक्दिनँथेँ ।
泣きながら言う
रोईरोईकन (/ रुँदै) कुरा गर्नु
泣きながら蒔く者は歓喜をもって刈り取る
रुँदै छर्नेहरू आनन्दले कराउँदै कटनी गर्नेछन् ।
2. 〔つらい思いをする〕
中退したら後で泣くぞ
बीचमा पढाइ छोड्यौ भने पछि दुःख (/ रुनु पर्ने) हुन्छ ।
3. 〔無理に我慢する〕
これ以上は泣けませんよ
योभन्दा बढी त हामीलाई आउँदैन ।