落ちる/堕ちる/墜ちる
1. 〔落下する〕 fall; खस्नु ; तल झर्नु ; गिर्नु ; पर्नु ; लाग्ऩु ;
穴に落ちる
खल्डोमा खस्नु
石が足に落ちた
एउटा ढुङ्गा खुट्टामा लाग्यो ।
木から葉っぱ(みかん)が落ちた
रूखबाट पात खसे (/ तल झरे / गिरे) । ; रूखबाट सुन्तला खस्यो (/ झऱ्यो / तल हुत्तियो)
弟があちこちに落ちているみかんを集めた
भाइले छरिएका (/ यताउता झरेका) सुन्तलाहरू सँगेल्यो ।
川に落ちたが何ともなかった ’
ऊ नदीमा खसे तापनि उसलाई केही भएन ।
バスが泥沼に落ちた
बस धरापमा (/ दलदलमा) भासियो (/ फस्यो) ।
話している内に涙がぽたりと落ちた
कुरा गर्दागर्दै आँसु टपक्क (/ तप्प) टप्कायौ ।
泥沼には近付くなよ。落ちるからね ’
दलदलतिर नजाऊ भासिन्छ ।
汗が血のしたたりのように落ちていた
पसीना रगतका ठूला–ठूला थोपाजस्तै भुइामा खसिरहेका थिए ।
額から汗がぽたぽた落ちた
मेरो निधारबाट पसीना तपतप (/ तरतर / कलकल) खस्यो ।
頭に鳩の糞がボトッと落ちてきた ’
परेवाको दिसा मेरो टाउकोमा ध्याप्प (/ भ्यात्त) बस्यो ।
本が棚の後ろの隙間に落ちた
किताब दराजपछाडि चेपियो (/ अड्क्यो) । ; किताब दराजपछाडिको चेपमा पऱ्यो ।
2. 〔崩れる〕 collapse; खस्नु ; एक्कासि लड्नु ;〔陥没する〕 cave in; तलतिर खस्नु (/ झर्नु) ; गिर्नु ;〔壁などが崩れる〕 crumble; ढल्नु ; लड्नु ; टुक्रा पर्नु ;
吊り橋が落ちた
झुलुङगे पुल तल खस्यो ।
上の階で物が激しく打ち合う音がして天井が落ちてくるのではないかと心配になりテーブルの下に飛び込んだ
माथिल्लो तलामा सामानहरू जोड जोडसित बज्रिरहेको आवाज सुन्ने बित्तिकै छत नै तल खस्ने त होइन भन्ने डरले म फुत्त उफ्रेर टेबुलमुनि लुकें ।
3. 〔降る〕 पर्नु ; वर्षिनु ;
突然雨が落ちて来た
अचानक पानी पर्न थाल्यो ।
4. 〔太陽 / 月が沈む〕 set; अस्ताउनु ;
日が落ちたね
अँध्यारो (/ साँझ / रात) पऱ्यो ।
最近は日が落ちるのが早くなった
आजकाल सूर्यास्त छिटो भएछ । ; आजकाल सूर्य छिटो अस्ताउँदोरहेछ ।
5. 〔ついていたものが取れる〕 come off (/ out); झर्नु ; निस्कनु ; खस्नु ;〔色が薄れる〕 fade ; उड्नु ; खुइलिनु ; सर्नु * 他に移る; जानु ; फिक्का हुनु ;
落ちやすい色
उड्ने (/ खुइलिने) रङ
髪が落ちる
कपाल झर्नु
皮膚(木)の皮が落ちた
छाला (रूखको बोक्रा) खुत्तियो (/ लाछियो / उक्कियो) ।
洗ったら色が落ちた
धोएपछि रङ्ग गयो ।
6. 〔抜ける / もれる〕 हराउनु ;
私の名前がリストから落ちている
मेरो नाम नाम–सूचीबाट हरायो (/ हराएको छ) ।
7. 〔金が使われる〕 कमाउनु ; आउनु ;
観光客のおかげでたくさんの金が落ちた
धेरै पर्यटक आएकोले ठूलो कमाइ भयो ।
8. 〔つきものが離れる〕
女から悪霊が落ちた 〔祈祷で〕
आइमाइबाट दुष्टात्मा निस्क्यो ।
9. 〔落第する〕 fail; flunk; बिराउनु ; फेल (/ असफल) हुनु ; ओर्लनु ; खस्कनु ; पतन हुनु ;
僕は試験に落ちた
म जाँचमा फेल भएँ । ; मैले जाँचमा फेल खाएँ ।
入試で落ちた
म प्रवेश परीक्षामा फेल भएँ ।
10. 〔程度が低くなる〕 घट्नु ; कम हुनु ; कमजोर हुनु ; बिग्रनु ;
記憶力が落ちる ’
स्मरणशक्ति घट्नु
効果性が落ちる
प्रभावकारिता घट्नु
走者は観衆をちらりと見たとたん速度が落ちた
धावकले दर्शकहरूतिर मिलिक्क हेर्नासाथ उसको दौडको गति कम भयो ।
病人の熱が落ちた
बिरामीको ज्वरो ओर्ल्यौ (/ घट्यौ / कम भयौ) ।
体重が以前のよりも落ちている
मेरो ओजन पहिलेको भन्दा घटेको छ ।
彼女の健康は落ちていた
उसको स्वास्थ्य विग्रँदैथ्यो ।
11. 〔ある状態になる〕 पर्नु ; पुग्ऩु ; फस्नु ; डुब्नु ; भासिनु ;
深い眠りに落ちる
मस्त निद्रामा पर्नु
絶望の淵に落ちた
म आशाहीन अन्धकारमा भासिएँ ।
彼らは恋愛関係に落ちた
तिनीहरू आपसमा प्रेमप्रसंगमा परे ।
大変な苦境に落ちた
तिनीहरू घोर संकष्टमा परे ।
砦は敵の手に落ちた
किल्ला शत्रुको कब्जामा गयो ।
12. 〔敵 / 人の所有となる〕 खस्नु ; पर्नु ;
砦は敵の手に落ちた
किल्ला शत्रुको कब्जामा गयो (/ पऱ्यो) ।
13. 〔手形が現金になる〕
来月日に手形が落ちる
अर्को १ गते बिल पैसामा साट्न पाइन्छ ।
14. 〔堕落する〕 बिगार्नु ; भ्रष्ट पर्नु ;फस्नु ;
不道徳に落ちる
अनैतिकतामा फस्नु
話が落ちた
कुरा बिग्रियो । ; कुराको गुणस्तर घट्यो ।
15. 〔ひそかに逃げる〕
都を落ちて行く
राजधानीबाट सुटुक्क (/ सुट्ट) भाग्नु