UNOES日ネ辞書日本語⇄ネパール語辞書

落ち着く

1. 〔気持ちが静まる〕 become composed; शान्त हुनु ; शान्तसित बस्नु ; चुप (/ चुपचाप) लाग्ऩु ; ढुक्क हुनु ;

  • 落ち着きなさい 〔静かにしなさい〕

    डराउनुपर्दैन । ; नडराऊ । शान्तसित बस । ; चुपचाप लाग ।

  • 夜落ち着いて寝れなかった

    मैले बेचैनीसाथ रात बिताएँ । ; म आरामले सुत्न सकिनँ ।

  • 苦しい時も彼は落ち着いている

    उहाँ दुख पर्दा पनि धीर (/ धैर्यवान् / स्थिर) भएर बस्नुहुन्छ ।

連語
落ち着いた
  • 落ち着いた老人

    शान्त स्वभावको (/ नरम) बूढो मान्छे

  • 落ち着いている

    निर्धक्क हुनु ; ढुक्क हुनु

  • 彼に落ち着いた職がない

    उसँग केही स्थायी पेशा छैन ।

  • 落ち着いた話し手は楽な気持ちで話す人だ

    निर्धक्क वक्ता भनेको आरामसित भाषण दिने वक्ता हो ।

連語
落ち着かない
  • 落ち着かない心

    बेचैन (/ अशान्त) मन

  • 親友が到着しかけているから嬉しくて落ち着かない

    मित्र आइपुग्न लागेकाले म खुशीले छटपटाएछु (/ छटछट भएछु) ।

  • 彼と一緒にいると落ち着かない

    ऊसँग बस्दा म असजिलो महसुस गर्छु । ; ऊसँग बस्दा मलाई अप्ठ्यारो लाग्छ ।

  • 許しを求めずして彼の気持ちは落ち着かなかった

    उहाँले माफी नमागी सुखै पाउनुभएन ।

  • 彼らは私たちがろくに食事も取れず落ち着かないのを見て自分たちの家に泊めてくれた

    हामीले राम्ररी खाना नखाएको र निराश भएको देखेर उहाँहरूले हामीलाई आफ्नै घरमा लैजानुभयो ।

連語
落ち着いて

2. 〔物事が安定する〕 settle (down); बस्नु ; स्थिति मिल्नु ; कायम (/ स्थायी / स्थिर) रहनु ;〔静まる〕 calm (down); शान्त हुनु ;

  • 落ち着いた生活

    चिन्ता र उत्तेजना नभएको जीवन

  • 状況が落ち着いた

    स्थिति बस्यो (/ कायम रहयो/ मिल्यो) ।

  • 家族争議が落ち着いた

    पारिवारिक मामिलाको तेरीमेरी भयो ।

  • 病状は今落ち着いている

    रोगीको स्थिति अहिले सामान्य (/ स्थिर / सन्तुलित) छ ।

  • 嵐が落ち着いた

    बतास थामियो (/ रोकियो / शान्त भयो) ।

  • 嵐の後の状況は落ち着いた

    आँधीबेहरीपछि वातावरण सामान्य (/ स्थिर / सन्तुलित) भयो ।

  • 日もすると天気も落ち着くだろう

    दुई–तीन दिन पछि मौसम पनि स्थिर रहन्छ होला ।

  • 騒ぎは週間後に落ち着いた

    एक हप्तापछि कोलाहल शान्त हुँदै गयो ।

  • 状況が落ち着くまで少し待てば賢かったものを ’

    परिस्थिति अलि साम्य नभएसम्म केही समय कुरेको भए बुद्धिमानी हुन्थ्यो होला ।

3. 〔ある場所 / 地位に納まる〕 settle (down); स्थिर रहनु (/ बस्नु) ; बस्नु ;

  • 彼には落ち着く所がない

    उसको ठेगाना (/ बसाइको टुङ्गो) छैन ।

  • 弟は首都に落ち着いている

    मेरो भाइ राजधानीमा राम्ररी बसेको (/ जमेको) छ ।

  • 「ここにでも落ち着くか」。そんな気になった

    “” “अब यही बसूँ” त्यस्तो मनमा आयो ।

  • 彼は長年あちこちさまよったあげくここに落ち着いた

    उ लामो समयसम्म घुमेपछि बल्ल एक ठाउँमा बस्यो ।

4. 〔結果として定まる〕 स्थिर रहनु (/ बस्नु) ;

  • 落ち着く所はそこしかない

    हामीले पुग्ऩुपर्ने अरू कुनै निष्कर्ष छैन ।

  • 結局行くことに落ち着いた

    बल्ल जाने निधो गऱ्यौं ।

5. 〔はででない〕

  • 落ち着いた色(服)

    सादा (/ भड्किलो नभएको) रङ (लुगा)