同じ
1. 〔性質や種類の共通〕 the same as~; ~ जस्तै ; जस्तो गरेर ;〔そっくりの〕 identical to; हुबहु ; मिल्दोजुल्दो ; एकै रूप ; एक किसिमको ; एकनास ; एउटा ; एक ; उस्तो ;
同じ年
समान (/ एउटै) उमेर
同じ年の人
दौंतर ; समवयस्क दामल ; समवयी (/ समान उमेरको) व्यक्ति
同じ形
एकाकार (/ एकै किसिमको अर्को) रूप ; समान आकार बनेको रूप ; एकै रूपमा देखिएको रूप
同じ顔
हुबहु (/ एकै किसिमको अर्को / मिल्दोजुल्दो) अनुहार
同じ話題 〔共通の〕
समान (/ समानाधिकरण / साझा / सहमत हुन सकिने / समान आधार भएको) विषय
同じ願い
आमराय ; धेरैको एकै विचार
同じ日に (「その日に」
एकै दिनमा ; सो दिनमा *
去年の同じ月
गत वर्षको सोही महिना
同じ屋根の下の家族
एकाघरको (/ सगोलको / एउटै छतमुनि बस्ने) परिवार
同じ宗教の人同じ信仰を持つ人
/सहधर्मी ; एउटै विश्वास भएको व्यक्ति
全く同じ
एकनास ; एउटै खालको ; बराबरको
ほぼ同じ 〔ほとんど〕
लगभग एउटै ; धेरथोर (/ कमबेसी / थोरबहुत) उस्तै ; हुबहु / हूबहू ;धेरथोर उस्तै ; हुबहु / हूबहू ; काटीकुटी
同じでない
असमान
同じことを繰り返す
एउटै कुरा दोह्याउनु
彼は私と同じ背丈だ
उसको र मेरो समान (/ बराबर / तुल्य) उचाइ छ ।
結局は同じことだね ’
आखिर एउटै हो त नि ।
彼は昔と同じだ
ऊ जस्ताको त्यस्तै छ । ; ऊ पहिला जस्तो थियो अहिले पनि त्यस्तै छ ।
彼らの話は同じだ
तिनीहरूको कथा समान (/ जस्ताको त्यस्तै / एउटै किसिमको) भयो ।
家のドアは皆同じ作りだ
घरका ढोकाहरू सब एकसमान छन् ।
先日もそうだったが今日も同じだ
अस्ति जस्तो थियो आज पनि त्यस्तै ।
遠くから見るとあの二つの山は同じに見える
परबाट हेर्दा ती दुइटा रूख एकरूप (/ समान रूप ; एकनासको) देखिन्छ् ।
その面で女性も男性も同じだ
यस सन्दर्भमा महिलाहरू पनि पुरुष सरह नै देखिन्छ ।
いっつも同じことでぶつくさとうるさいな
जहिले पनि एउटै कुरामा कचकच ।
読むのと書くのは同じではない
पढ्नु लेख्नु सरह हुनेछैन ।
君の考えと私のとは同じだ
तिम्रो विचार मेरोसँत मेल खायो ।
どれを選んでも同じことですよ
जुन भए पनि कुरा एउटै हो । ; जन चीज तपाईंले रोज्नुभए पनि आखिर एउटै हो ।
病状は昨日と同じだ
उसको (अवस्था) हिजो जस्तै थियो आज पनि त्यस्तै छ ।
兄はスポーツを好まず私も同じだった
खेलकूद दाइलाई मन परेनन त मलाई पनि ।
それは全部同じ寸法同じ形であった
ती सबै एउटै नाप र एउटै आकार भएका थिए ।
彼らは同じ屋根の下に住んでいた
उनीहरू सगोलमा (/ एकाघरमा / एउटै घरमा) बस्थे ।
彼とは同じ釜の飯を食った仲だ
हामी सगोलका दाजुभाइ हौं । ; हाम्रो भातभान्सा नछुट्टिएको सम्बन्ध हो ।
子供たちは皆同じではない
सबै छोराछोरी एकनास हुँदैनन् ।
同じ(ような)境遇(事件)
समान (/ उस्तै / एउटै किसिमको / जस्ताको त्यस्तै) परिस्थिति (घटना)
それ自体死んだのと同じようなものだ
त्यो स्यंम मरेको तुल्य हुन्छ ।
砂糖と塩は同じように見える
चिनी र नुन उस्तै देखिन्छ ।
同じように彼も虚弱だった
त्यसैगरीउनी पनि निर्बल भए ।
彼は犬を子供と同じように扱う
ए आफ्नो छोरासित जस्तो व्यवहार गर्छ कुकुरसित पनि त्यस्तै व्यवहार गर्छ ।
2. 〔同一である〕 the same; एकै किसिमको ; एकनासको ; एउटा / एउटै ; एक / एकै ; उस्तो / उस्तै ; त्यस्तो / त्यस्तै ;
同じ型の
एकरूपी ; एकनासको
家のドアは皆同じ作りだ
घरका ढोकाहरू सब एकसमान छन् ।
私は同じ場所にじっとしてられない ’
म एकै ठाउँमा बसिरहन मन सक्दिन ।
これら二つのテーブルは同じ製品だ
यी दुई टेबल एकसमान छन् ।
このいすは僕のと同じだ
यो मेच मेरो जस्तै छ ।
状況は同じでも分裂する家庭とそうでない家庭がある
जुन परिस्थितिले गर्दा एउटा परिवार विभाजित हुन्छ त्यही परिस्थितिवश अर्कौ परिवार विभाजित नहुन पनि सक्छ ।
子供たちの生みの親がみな同じとは限らない
सबै छोराछोरी एकै आमाबाबुका हुँदैनन् ।
3. 〔等しい〕 equal; बराबर ; समान ; एकनास ;
同じ権利
समानताको (/ बराबरको / समान) हक (/ अधिकार)
同じ物
समान (/ बराबर / गुणस्तरको) चीज
人を自分に対するのと同じように愛する
आफैलाई जस्तैगरी अरूलाई प्रेम गर्नु
それは殺人と同じだ
त्यो हत्या सरह (/ बराबरै) हुन्छ ।
寝ることは食べることと同じくらい重要だ
सुत्नु भनेकै खानु जत्तिकै महत्त्वपूर्ण छ ।
それに徴用されることは中立を妥協することと同じだ
त्यसैमा भर्ती हुनु तटस्थतामा सम्झौता गर्नु सरह हो ।
向こうの田んぼもこちらの田んぼも米は同じだ
ओल्लो र पल्लो खेतमा धान एकनास (/ बराबरको / एउटै खालको / समान) छ ।
牛乳と水を同じ量だけ混ぜてお茶を入れた
उसले चियाको लागि दूध र पानी बराबर (/ उस्तै–उस्तै) मिसायो ।
その希望について彼と同じほど強い確信を抱いているべきだ
त्यो आशाबारे हामी पनि उहाँ जत्तिकै निश्चित हुनु पर्छ ।
彼女は何もないのと同じ状態になった
उनी नहुनु सरहकी भई ।
女王の要求は命令と同じだ ’
रानीको उनुरोध हुकुमको वरावर हो ।
信仰も業が伴っていないならそれだけでは死んだも同じだ
विश्वास पनि कामरहितको छ भनेत स्वयं मरे तुल्य हुन्छ ।
彼は金と幸福は同じだと思っている
ऊ पैसा र सुख एकै मान्छ ।
彼はすべての人を同じく扱う
उहाँ जसँग पनि बराबर ढंगमा व्यवहार गर्नुहुन्छ । ; उहाँ जसित पनि निष्पक्ष हुनुहुन्छ ।
人の目に直に見ない他の責務も同じく重要だ
मानिसहरूले प्रत्यक्ष नदेख्ने अन्य जिम्मेवारीहरु पनि उत्तिकै महत्त्वपूर्ण हुन्छन् ।
4. 〔 「 同じ … なら 」 の形で , どうせ … なら〕
同じ出掛けるなら早いほうがいい
जाने हो भने त छिटै जाऔं ।