恐れる/畏れる
1. 〔怖がる〕 fear; be afraid of~; ~ सित डराउनु ; डर मान्नु ; भयभीत (/ थर्कमान) हुनु ; तर्सनु / तर्सिनु ; थर्किनु ; आत्तिनु ; दुर्द्वाइ हुनु ;〔恐れさせる〕 scare; make~afraid; अत्याउनु ; तर्साउनु ; त्रास दिनु ; बिच्क्याउनु ; दुर्द्वाइ गराउनु ;
少年は少しも恐れなかった ’
सानो केटोलाई अलिकति पनि डर लागेन ।
彼らは死さえも決して恐れなかった
तिनीहरू मृत्य सँग (/ देखि) डराउँदैनथे ।
彼は集会で語ることを恐れる
उनी सभामा बोल्न धक (/ अप्ठेरो / सङ्कोच) मान्छन् ।
恐れることはないぞお前の友ラフル様が側にいるじゃないか
“” नडरा नतेरो दोस्त राहुल छँदैछ नि ।
三人の恐れない者たち
तीन जना वीरहरू (/ निर्भीकहरू / अभयहरू)
彼はいつも真実を恐れることなく教えていた
उहाँ नडराईकन अरूलाई सही कुरा सिकाउनुहुन्थ्यो ।
2. 〔気遣う〕 fear; be afraid of~; चिन्ता गर्नु ; डर लाग्ऩु ;
最悪の事態を恐れる
सबभन्दा नराम्रो स्थितिदेखि डराउनु ; सबभन्दा नराम्रो स्थितिको लागि चिन्तित हुनु
失敗を恐れずにやれ
असफल हुन्छ कि भनेर नडराइकन गर ।
3. 〔かしこまる〕 ~ सित डराउनु ; डर मान्नु ; तर्सनु / तर्सिनु ; आत्तिनु ; दुर्द्वाइ (/ भयभीत) हुनु ;
父親を恐れて「えっ」すらも言わなかった
बुबाका डरले भाइले चुँक्क पनि गरेन ।
彼は神を少しも恐れない
ऊसँग परमेश्वरको केही डर छैन ।
彼は人より神をずっと恐れた
उनी मानिसको भन्दा परमेश्वरको डर धेरै मान्थे ।