泳ぐ
1. 〔よろめく〕 totter; lose one's balance; लड्ला जस्तो गरी हिँड्नु ; लरबराउनु ; सन्तुलन गमाउनु ;
つまずいて前に泳いだ
ऊ ठेस खाएर अगाडि लड्यो ।
2. 〔押し分けて進む〕 धल्केनु ; घचेट्नु ;
人ごみの中を泳ぐ ’
भीडमा धल्केनु (/ घचेट्नु)
3. 〔世渡りをする〕 swim; get along; युक्तिले उम्कनु (/ निस्कनु) ; पार गर्नु ;
世の中を泳ぐ
संसारमा भौंतारिनु
時流に乗って(逆らって)泳ぐ
समयको प्रवृत्ति अनुसार (विपरित) पौडनु
〔水中で〕 swim; पौडी खेल्नु ; पौड्नु / पौडिनु ; खियाउनु ;〔魚 / 水鳥などが〕 sail; बग्ऩु ; पार गर्नु ;
湖で泳ぐ
पोखरीमा पौड्नु (/ पौडिनु / पौडी खेल्नु)
川を泳ぎ渡る
नदी पौडेर तर्नु
流れに従って泳ぐ
पानीको प्रवाहसँगसँगै (/ प्रवाहअनुसार) पौड्नु
流れに逆らって泳ぐ
पानीको प्रवाहविरुद्ध (/ धारको विपरीत दिशामा) पौड्नु
実は全然泳げないんだ
साँचो कुरा भन्नुपर्दा मलाई पौडन आउँदै आउँदैन ।
子供たちが池で泳いでいる
ठिटाठिटीहरू पोखरीमा जलक्रीडा (/ जलविहार) गर्दैछन् ।
魚が小川をスイスイ泳いでいる
माछा खोलामा सुलुलुलु बग्दछन् ।
泳いでいて足がけいれんした
पौडँदा उसको खुट्टा बाउँडियो ।
彼は船に向かって泳ぎ始めた
ऊ जहाजतिर पौडेर गयो ।
泳ぎ方を手を取って教えてくれた
उहाँले मलाई (हात पसारेर / हात बढाएर) पौडने तरीकाबारे एक–एक गरी सिकाइदिनुभयो ।
泳げないのにだれかを助けようと水の中に飛び込むのは実際的じゃない ’’
पौडी खेल्न आउँदैन भने कसैलाई बचाउन पानीमा हाम्फाल्नु व्यवहारिक हुँदैन ।