UNOES日ネ辞書日本語⇄ネパール語辞書

ぱっと

1. 〔急に / 一時に〕 झट्टै ; झिमिक्क ; चाँडै ; सुटुक्क ;

  • ぱっと飛び起きる

    स्वाट्ट (/ झट्ट) उठ्नु

  • 砂糖菓子を口にぱっと入れた

    लड्डु मुखमा झटपट हाल्नु ; लड्डु कप (/ क्वाप्प / कप्प) पार्नु

  • 鳥がぱっと飛び立った

    चरो सुइँय्य (/ हुर्र / भुर्र) उड्यो ।

  • 彼は身をぱっとひるがえして川に飛び込んだ

    ऊ बुरुक्क (/ खुरुक्क / सरक्क) उफ्रेर खोलामा हाम फाऱ्यो ।

  • 彼はぱっと立ち上がった

    ऊ जुरुक्क उठ्यो ।

  • 明かりがぱっとついた

    बत्ती धपक्क बल्यो ।

  • ゆらゆら揺れるろうそくの火はぱっと消えた

    त्यो धिपधिपाइरहेको ज्योति झ्याप्प (/ एक्कासि) निभ्यो ।

  • その話を聞いて心の中にぱっと火がともった

    त्यस कुरा सुनेर मेरो मनमा अति (/ धपक्क / हुलुलुलु) जोस जग्यो ।

  • ぱっと思い出した

    मैले झल्यास्स सम्झेँ ।

  • 風が吹くとぱっと電気が消えた は電球の玉が切れかける時のジジジという音

    हावा लाग्दा बत्तीहरू झ्यापझ्याप निभे । *झ्यापझ्याप

  • 建物はぱっと燃え上がった

    घर आगोले एकाएक (/ धपक्क) बल्यो ।

  • つぼみがぱっと開いた

    कोपिला फक्रक्क फक्रियो (/ फुल्यो) ।

  • 知らせはぱっと広がった

    खबर स्वाट्ट (/ डढेलो जस्तो) फैलियो ।

  • 米の籠を袋でぱっと覆った

    उसले चामलको डालो बोराले झपक्क (/ झ्याप्प / ढपक्क) छोप्यो ।

  • 彼はぱっと部屋から出ていった

    ऊ कोठाबाट स्वाट्ट (/ खुरुक्क / सुटुक्क) निस्केर गयो ।

  • 彼女の手からぱっと雑誌をつかみ取った

    उसले उनको हातबाट पत्रिका स्वाट्ट तान्यो ।

  • 畑のとうもこしがぱっと芽を出した

    बारीमा मकै टुसुक्क उम्रे । ; बारीमा मकैका टुसा पलाए ।

2. 〔きわだってよい様子〕

  • 赤いサリを切ると彼女はぱっとはえた

    रातो साडी लगाउँदा उनको अनुहार धपक्क बल्यो ।