UNOES日ネ辞書日本語⇄ネパール語辞書

ぴったり

1. 〔くっつく様子〕

  • ぴったりした服 ぴったりくっついた;〔腰の部分が〕

    कसिएको (टम्म भएको) लुगा ; छिपिक्क टाँसिएको लुगा *नितम्बकस

  • 汗(水)に濡れてぴったりとくっついた服

    पसिनाले (पानीले) लफलफउँदो (/ लफलफ) लुगा

  • ぴったりとくっつく

    च्यापच्याप (/ च्याटच्याट) टाँस्नु(/ टाँसिनु)

  • 子供は母親の胸にぴったりとくっついていた

    बालक आमाको छातीमा टपक्क (/ टप्प / लपक्क) टाँसिरहेको थियो ।

  • 女の子は壁にぴったりくっついて座っていた

    केटी भित्तामा चपक्क (/ टपक्क) टाँसिएर बसेकी थिई ।

  • やつがぴったりくっついて来た

    ऊ मसँग ट्यास्स टाँसिन आयो ।

  • 磁石が鉄にぴったりくっついた

    चुम्बक फलाममा ट्यास्स टाँसियो ।

  • この子はどこへ行くにも私にぴったりついて来る

    यो केटो जहाँ जाँदा पनि मसँग लिसो लाग्छ ।

2. 〔きちんと合う様子〕

  • 洋服屋は布を切ってぴったり合わせた

    दर्जीले कपडा काटेर चट्ट (/ चटक्क) मिलायो ।

  • 米が容器ぴったり入った

    चामलले भाँडो ट्याम्म भयो ।

  • 箱のふたがぴったり合った

    बट्टामा बिर्को ट्याप्प (/ ट्याम्म) मिल्यो ।

  • ふた(ドア)をぴったり閉める

    बिर्को (/ ढोका) ढप्प (/ ढयाप्प) लगाउनु

  • 部屋のベッドを壁の方にずらしたらぴったりになった

    कोठामा खाटलाई भित्तातिर धकेलेपछि सुहायो ।

  • 二人は呼吸がぴったりと合っている

    दुई जनाको कामकुरा ठ्याक्क मिलेछ । ; उनीहरू दुई जनाको तालमेल छन् ।

連語
ぴったりの
  • ぴったりの環境

    अनुकूल हावापानी

  • ぴったりの結婚相手が見つからない

    ​​​​​विवाहको लागि मेरो मनले खाएको मान्छे भेटेकै छैनँ ।

3. 〔急に中止する様子〕

  • 風がぴったりやんだ

    हावा शान्त भयो ।

  • 車が目の前でぴったり止まった

    एउटा गाडी मेरो ठयाक्क अगाडि नै एक्कासि रोकियो ।

  • 飲酒をぴったり止めるは決して大きなことではない

    रक्सी चटक्कै छोड्दा चुकाउनुपरेको मोल कुनै ठूलो कुरा हुनेछैन ।