避ける
1. 〔望ましくない物事をよける〕 avoid; छल्नु ; टार्नु ; त्याग्नु ; पन्छनु (/ पन्छिनु) ; सँभल्नु * 悪行を避ける; ~ बाट बाँच्नु (/ टाढा रहनु / जोगिनु) ;
甘いものを避ける
गुलिया चीजबाट जोगिनु (/ पन्छनु)
オートバイを避ける
मोटरसाइकलबाट हट्नु
不必要な負債を避ける
अनावश्यक ऋणमा डुब्नदेखि जोगिनु
危険は避けられた
खतरा टऱ्यो (/ टल्यो / पन्छियो)
私たちは危険を避けようとした
हामीले खतराबाट जोगिन (/ बाँच्न / पन्छन) खोज्यौं (/ कोसिस गऱ्यौ) ।
日光を避けて日陰に座った
तिनीहरू घामबाट बाँच्न (/ जोगिन) छायामा बसे ।
身をかわして倒れる木を避けた
रूख ढलेर लाग्नै लाग्दा सर्लक्कै सरीहालेँ ।
これは避けて通れない問題だ
यो हामीले पन्छाउन (/ हटाउन) नसक्ने समस्या हो ।
2. 〔責任などを逃れる〕 shirk; evade; उम्कनु ; पछि हट्नु ; हच्किनु ;
その件についての明言を避けた
ऊ त्यस मामिलाबारे त निश्चित टिप्पणी गर्नदेखि पन्छ्यो । ; ऊ त्यस अवस्थाकोबारेमा भन्नबाट पन्छियो ।
多くの父親が自分の責任を避けて家族を困窮させている
असंख्य बुबाहरूले आफ्नो जिम्मेवारीबाट पन्छिएर आफ्नो परिवारलाई बेसहारा बनाउँछन् ।
3. 〔人に会わないようにする〕 keep away from; shun; पन्छनु (/ पन्छिनु) ; बँच्नु ; ~ बाट (/ देखि) टाढा रहनु (/ बस्नु) ; अलग (/ अलग्गै) बस्नु ; जोगिनु ; टाल्नु ; टार्नु ; छल्नु ;
私を避けるように歩いていった
ऊ परपरै (/ टाढाबाट) हिँड्यो ।
彼は友達を皆避けていた
ऊ एकलै (/ सबैबाट अलग्गै) बस्थ्यो । ; उसले साथी सबैलाई पन्छाउँथ्यो ।
みんなから避けられている
ऊ सबैबाट पन्छिएको (/ टाढिएको) छ । ; उसले सबैको रूखो दुराचार (/ दुर्व्यवहार) भोगेको छ ।
4. 〔遠慮する〕 withhold; रोक्नु ; दिन नमान्नु ;