UNOES 日本語・ネパール語辞典用例つき・無料

仕方がない/仕方ない

1. 〔どうにもならない〕 केही उपाय नै छैन ।

  • 仕方ないよ

    के गर्ने? ; सम्भव छैन ।

  • 仕方ない.やるしかない

    खैर, गर्नै पर्छ ।

    *खैर は「なるようになるさ」の意

  • 雨が降ったら仕方ないね

    पानी पर्‍यो भने म रोक्न सक्छु? ; पानी पर्‍यो भने म केही गर्न सक्दिनँ ।

  • 家の都合で学業をやめることは仕方なかった

    घरव्यवहारले गर्दा म पढाइ छोड्न विवश (/ बाध्य / लाचार) भएँ ।

  • 雨では延期するより仕方がない

    पानी परे पछि नसारी हुँदैन ।

  • そんな事を気に病んでも仕方がない

    त्यस्तो कुरामा चिन्ता गरे पनि के काम?

  • 家が時々散らかるのは仕方ない

    कहिले–काहीं घर अस्तव्यस्त हुनसक्छ ।

  • 言っても仕方ないですが,彼は自分が何を得損なっているかすら知らないんです

    त्यसको के कुरा गर्नु, त्यसलाई त आफूले के गुमाइरहेको छ, त्यो पनि थाहा छैन ।

連語
仕方なく
  • 仕方なく離婚した

    म सम्बध बिच्छेद गर्न विवश (/ लाचार / बाध्य) भएँ । ; म सम्बन्ध बिच्छेद गर्न बाध्यतामा परेँ ।

  • 仕方なくその仕事を引き受けた

    मैले नाकको चालले त्यो काम स्वीकार्नु पर्‍यो । ; म त्यो काम स्वीकार्न बाध्य भएँ ।

  • 彼は仕方なく出ていった

    बाध्यताले गर्दा उसले छोड्नुपर्‍यो ।

  • 結局は仕方なく私がこの仕事をする羽目になった

    आखिरमा यो काम गर्ने टाँसो मलाई नै आइलाग्यो । ; आखिरमा यो काम गर्न मलाई बाध्यता भयो ।

2. 〔手の付けようもなく駄目な〕 खतम ;

  • 全くあの男は仕方のないうそつきだ

    ऊ सुधार्न नसकिने ढँटुवा हो ।

3. 〔たまらない〕 मरिमेट्नु ; सकसक लाग्नु ;

  • 試験結果を聞きたくて仕方がない気持ち

    परीक्षाफल सुन्ने चौचौ (/ खुलदुली / खसखस)

  • 好きで仕方がないもの

    विशेष अभिरुचि

  • 飲みたくて仕方がない

    नपिइकन त सक्दै–सक्दिनँ ।

  • 彼に会いたくて仕方ない

    उसलाई भेट्न म एकदमै इच्छुक छु ।

  • 薬のせいで眠くて仕方がなかった

    औषधीले (गर्दा) मलाई निद्रा लागेको लागेकै थियो ।

  • カラスは神社に行って捧げものを食べたくて仕方なかった

    कौवा मन्दिरमा गएर प्रसाद खान पल्केको थियो ।

  • 出たばかりの彼の小説を読みたくて仕方なくなった

    मलाई भरखर निस्केको उनको उपन्यास पढ्ने कौतूहल जाग्यो ।

    *कौतूहल जाग्नु は「好奇心がわく」