示す
1. 〔見せる〕 show; देखाउनु ; पेस गर्नु ;
同研究報告が示す所によると
उक्त अध्ययनको रिपोर्टले देखाएअनुसार
身分証明書を示した
उसले नागरिकताको प्रमाणपत्र देखायो (/ पेस गऱ्यो) ।
ここに示した他にも薬は使用される
माथि लेखिएकोबाहेक अन्य औषधी पनि प्रयोग गरिन्छ ।
実例を示しましょう
आउनुहोस् यहाँ एउटा उदाहरण छ ।
2. 〔見せる〕 show; देखाउनु ; दर्साउनु / दर्शाउनु ;〔発揮する〕 display; पेस (/ प्रदर्शित) गर्नु ; प्रदर्शन देखाउनु ;〔気持ちなどを表す〕 express; प्रकट (/ व्यक्त / संकेत) गर्नु ; जनाउनु ;〔示される〕 be shown; ~ बाट देखाइनु (/ झल्किनु) ;〔暗に〕 imply; द्वयर्थक भनाइनु ;
感謝を示す ’’
कृतज्ञता देखाउनु (/ जनाउनु) ; कृतज्ञता (/ धन्यवाद) जाहेर (/ व्यक्त) गर्नु
思いやり(親切)を示す
विचारशीलता (दाया / कृपा) देखाउनु (/ प्रदर्शित गर्नु)
模範を示す ’~
को उदहारण देखाउनु (/ दर्साउनु / बसाल्नु)
特質を示す
गुण देखाउनु (/ प्रदर्शित गर्नु)
反応を示す ’
प्रतिक्रिया देखाउनु (/ जनाउनु)
服従を示す
अधीनता देखाउनु (/ व्यक्त गर्नु)
身振りで大きさや位置を示す
इशाराले आयाम तथा स्थान देखाउनु
動きを身振りで示す
इशाराले कार्यलाई दर्शाउनु
論理的な考えを示す
तर्कपूर्ण कारणहरू पेस गर्नु
理解と同情を示す
समझदारी र अनुकम्पा देखाउनु
自分の見方を示す ’
आफ्नो विचारधारा प्रस्तुत गर्नु (/ सामु राख्नु)
あなたの詩から愛国心が示されている
तपाईंको कवितामा देशभक्तिको भाव दर्सिएको (/ झल्किएको) छ ।
彼は集会で行儀の良さを示した
उनले सभामा शिष्टाचार दर्साए (/ देखाए / प्रदर्शन गरे) ।
責任感があることを示した
उनले आफूलाई जिम्मेवार प्रदर्शित गरे ।
彼は私が言ったことに興味を示さなかった
मैले भनेको कुरामा उसले केही चासो देखाएन ।
準備が出来ていることを示す ’
तत्परता देखाउनु
3. 〔指し示す〕 औंल्याउनु ; औंलोले देखाउनु ;
教師は生徒の間違いを示した
शिक्षकले विद्यार्थीले गरेका त्रुटिहरू औंल्याए ।
4. 〔時計 / 計器が目盛りを指す〕 say; read; indicate; register; बज्नु ; प्रकट (/ पेस / व्यक्त / संकेत / प्रदर्शित) गर्नु ; जनाउनु ;