UNOES日ネ辞書日本語⇄ネパール語辞書

信じる

1. 〔信仰する〕 believe in~; ~ को (/ लाई) विश्वास गर्नु ; ~ मा विश्वस्त हुनु ; ~ लाई मान्नु ;

  • 宗教を信じる

    धर्म मान्नु (/अँगाल्नु) ; धर्मप्रति आस्था राख्नु

  • 何でも信じる

    अन्धविश्वास (/ अन्धभक्ति) गर्नु ; अन्धभक्त हुनु (/ भएर लाग्नु) ; एकोहारो भक्त हुनु

  • これが真理だと信じないのか ’

    हे यही सत्य हो भनेर तिमीलाई विश्वास लाग्दैन

2. 〔本当と思う〕 believe; विश्वास गर्नु ; मान्नु ; ~ मा विश्वस्त हुनु ; ~ सँग विश्वाससाथ हिड्नु ; पत्याउनु ; पत्यार गर्नु ;〔信じさせる〕 make~ believe; ~ लाई विश्वस्त गराउनु ; विश्वास दिलाउनु (/ गराउनु) ;

  • 何でも信じる

    जे पनि पत्याइहाल्नु (/ विश्वास गरिहाल्नु)

  • 彼は隣人が言うことを信じる

    ऊ छिमेकीले भनेको मान्छ ।

  • 貧富の差は運命の仕業だと彼は信じている

    धनी र गरिब हुनुलाई ऊ भागभोगको खेल मान्छ ।

  • 信じないなら自分で行って見てきな ’

    नपत्याए आफै गएर हेर ।

  • そんな言い草をだれが信じるものか

    त्यस्तो बहाना को'ले पत्याउँछ र

  • 何だよ信じないのか

    ओइके हो पत्यार लागेन

  • あなたを信じていますよ

    तपाईंको विश्वास मसित छ ।

  • 君の言うことは信じるよ

    जे तिमीले भन्छौ त्यसमा म विश्वस्त छु नि ।

  • しゃっくりをすると誰かが噂していると信じられている

    कसैले सम्झँदा बाडुली लाग्छ भन्ने विश्वास छ ।

  • いいえと言えば信じるかい

    मैले होइन भनें भने पत्याउँछौ

  • 私は彼の言うことを信じた

    उहाँले भन्नुभएको कुरा मैले विश्वास गरें ।

  • いつかきっと帰れると信じている

    म एक दिन त्यहाँ फर्कने आसमा (/ आशामा) छु ।

連語
信じられない
  • 信じようのない話し

    हावाबाजी ; हावा (/ हावादारी / उडन्ते / अविश्वसनीय) कुरा (/ गफ)

  • 信じられない話だ

    त्यो उडन्ते (/ हावा / पत्यार नलाग्दो) कुरा हो ।

  • 君の話は信じられない

    बाहियात कुरा गर्छौ ।

  • それはちょっと信じられないな

    त्यसलाई विश्वास गर्न साह्रो छ । ; त्यो मलाई पत्यार लागेन ।

  • 彼の言うことは何一つ信じられないね ’

    मलाई उसले भनेको कुनै कुरा विश्वास लाग्दैन ।

  • 僕はこのことを信じられませんでした ’

    मैले त यो कुरा विश्वासै गर्न सकिनँ ।

3. 〔信用する〕 trust; put a trust on~;~ मा विश्वस्त हुनु ; भरोसा राख्नु ; ~ लाई विश्वास गर्नु ; मान्नु ; ~ सँग विश्वाससाथ हिड्नु ; पत्याउनु ; पत्यार गर्नु ;

  • 信ずべき人

    भरपर्दो (/ विश्वासयोग्य) व्यक्ति

  • 信ずべき筋

    विश्वसनीय (/ भरपर्दो) सूत्र

  • 彼は信じられないわ ’

    मलाई उसको भरै लाग्दैन ।

  • 嘘つきが本当のことを言ってもだれも信じないよ

    ढँटुवाले सत्य नै बोले तापनि कसैले पत्याउँदैन त ।

  • 未経験な者は自分で聞くこと何でも信じてしまう

    निर्बुद्ध मानिसले आफूले सुनेको एक एक कुरा पत्याउँछ ।